इटहरी । सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित बौद्धधाम क्षेत्रमा एक व्यक्ति मृत फेला परेका छन्। मृतक पाँचथर फाल्गुनन्द गाउँपालिका घर भइ हाल सूर्योदय–३ मा बस्दै आएका ३३ वर्षीय एगेस नेम्बाङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। नेम्बाङ विगत सात दिनदेखि हराइरहेका थिए। उनी हाल दाइ जितबहादुर नेम्बाङको घरमा बस्दै आएका थिए। स्थानीयको जानकारीपछि प्रहरीले शव फेला पारेको हो। फेला परेको शवलाई फिक्कल अस्पतालमा लगेर पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।
इटहरी । उदयपुरको त्रियुगा नगरपालिका ३ चाँपस्थित बगरटोलकी एक महिलाको ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोहि ठाउँ निवासी शङ्कर राईको श्रीमती २४ वर्षिया रमिला राईलाई स्थानीय गेरुवा खोलको डिलमा माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरेपछि घटनास्थलमै मृत्यु भएको हो । यस घटनाका विषयमा थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको सुरक्षा टोली घटनास्थल तर्फ पठाइएको तथा मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाइले बताउनुभयो ।
इटहरी । विराटनगर महानगरपालिकाले आइतबारबाट सेवा प्रवाह औपचारिक रुपमा सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवाहरुमध्ये निश्चित सेवाहरुलाई सुचारु गरिएको र क्रमश थप सेवाहरु सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये ६ वटा वडा कार्यालयहरु आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ । यद्यपि महानगरपालिकाले बिस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थ
इटहरी । सुनसरीस्थित कोशी व्यारेजबाट एक पुरुषले हामफालेका छन्। सप्तकोशी पुलको ६ नं। ढोकाबाट ६२ वर्षीय पुरुषले हामफालेका हुन्। उनले चटपटे खाएपछि नदीमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झापाको कमल गाउँपालिका लखनपुर टोल निवासी लैनबहादुर थापाले चटपटे खाएका थिए। त्यसपछि उनले आफ्नो लाइसेन्स चटपटे दोकानेलाई हस्तान्तरण गरेपछि कोशी नदीमा हामफालेका हुन्। स्थानीयले घटनाबारे थाहा पाएलगत्तै प्रहरीलाई सूचित गरे। कोशी व्यारेजबाट वरिष्ठ प्रहरी नायव निरीक्षक बलराम यादवको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेपनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ।
इटहरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट शनिबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १७ औँ नगर सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२र८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा सहरी योजन
इटहरी । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ । विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स
इटहरी। ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका – २, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएको स्थानीय सञ्चबीर लिम्बुले जानकारी दिनुभयो । शनिबार बिहान ७ बजेको समयमा उनीहरूले गुलेलीले कालो प्रजातिको अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको लिम्बुले जानकारी दिनुभयो । घटनापछि तत्कालै सान्थाक्रा प्राथमिक स्वास्थ्य चौकी लगिएकोमा आइतबार बिहान २ बजे पेम्बा साङ्बुको ज्यान गएको लिम्बुले बताउनुभयो । मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गाल
इटहरी | पारस अटोमोबाइल्स, इटहरीले यस वर्षको दशैं–तिहार लक्षित गर्दै TVS "Festive Exchange" कार्यक्रम गर्ने भएको छ । असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस विशेष अफरमा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी साधन घर लैजाने मौका पाउने छन् ।कार्यक्रम अन्तर्गत ग्राहकहरूले आकर्षक सुविधा पाउने छन् । जसमा १ लाख रुपैयाँसम्मको नगद छुट, १००० जनासम्मलाई ८ हजार रुपैयाँ बराबरको भाटभटेनी शपिङ भौचर, नागरिकता र लाइसेन्स भए पुग्ने तत्काल वित्तीय सुविधा, एक्सचेन्ज गर्दा अतिरिक्त १० हजार रुपैयाँको मूल्य थप सुविधा, साथै निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर उपलब्ध गराइनेछ ।यससँगै TVS कम्पनीले
इटहरी । धनकुटामा रहेको औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । ६० वटासम्म साना उद्योग सञ्चालन गर्न सकिने क्षमता भएको औद्योगिकग्राममा गत आर्थिक वर्षमा २ वटा उद्योग थप हुँदा १६ वटा उद्योग सञ्चालनमा आएका छन्। स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४५ वर्षपछि औद्योगिकग्राम सञ्चालनमा आएको थियो । यस अघि १४ वटा उद्योग स्थापना भए पनि गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग संचालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिनुभयो । ग्राम सम्म पुुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो तर, औधोग
इटहरी । सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । फिदिममा शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आशिष तावा र दिपेश गुप्ता सचिवमा अनिश राई सचिव र कोषाध्यक्षमा शुष्मा राना मगर कोषाध्यक्ष रहनुभएको छ । यसैगरी चक्र शङ्कर, किरण वान्तावा, गणेश घिमिरे, प्रवेश राई, सूर्य आङदेम्बे, कविता राई, निशान सावाँ, सौगात खान र रोमन न्यौपाने निर्वाचित हुनुभएको सङ्घले जनाएको छ । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको आशनबाट उद्घा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.