समाज

    Showing ३,१९१-३,२०० of ९,३६६ items.
  • कार्यालय तोडफोडले ताप्लेजुङको सिदिङ्वामा दसैंअघि भुक्तानी ठप्प

    इटहरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजातसमेत लिएर गएका  कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनै पनि भुक्तानी गर्न प्राविधिक र व्यावहारिक दुबै हिसाबले कठिन रहेको भुक्तानी गर्न नसक्ने जनाएको छ । साथै यसबाट उत्पन्न हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्नेसमेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै अहिलेसम्म ठप्प रहेको कार्यालय सञ्चालनको वातावरण ब

    • प्रकाशित मितिः असोज २, २०८२
    • २२३ पटक पढिएको
  • सुनसरीमा लागूऔषधसहित दुई किशोर पक्राउ

    इटहरी । विशेष सूचनाका आधारमा सुनसरी प्रहरीको टोलीले इनरुवा नगरपालिका–४, बसचौकस्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपालिका–५ का १७ वर्षीय दिप्सन कार्की र रामधुनी–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन् । उनीहरूलाई चेकजाँच गर्दा दिप्सनको साथबाट १।७४ ग्राम ब्राउनसुगर र ४४० पिस ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • २२८ पटक पढिएको
  • खोटाङमा युवतीको बलात्कारपछि बीभत्स हत्या

    इटहरी । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि युवतीको बीभत्स हत्या भएको छ। उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले

    • प्रकाशित मितिः असोज २, २०८२
    • २१४ पटक पढिएको
  • दमक नगरपालिकाका प्रमुख प्रशासकीय भवनमा २३ करोडको क्षति

    इटहरी। जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो प्रारम्भिक रुपमा गरिएको क्षति विवरण भएको उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र दमकल समेत आन्दोलनकारीहरुको निशानामा परेको उहाँले बताउनुभएको छ । दमक नगरपालिकासँग दुईवटा दमकल रहेका थिए । कार्यालय परिसरमा नै एउटा एम्बुलेन्स पनि रहेको थियो । एम्बुलेन्स पूर्ण रुपमा जलेको र दमकलमा भने धेरै क्षति पुगेको थापाले बताउनुभयो । दमकललाई चाँडो बनाएर सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वा

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३०८ पटक पढिएको
  • प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    इटहरी।  भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ । यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रे

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३४९ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने एक दर्जन घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिनयतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा नं। २ ढुङ्गेसाँघु, वडा नं। ४ साँघु तथा वडा नं। ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिरोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै वडा नं। ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं। ५ मा एक घर

    • प्रकाशित मितिः असोज २, २०८२
    • २१२ पटक पढिएको
  • जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दुहबी र खनारमा श्रद्धाञ्जली - दीप प्रज्वलन

    सुनसरी / जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दुहबी र खनार लगायत देशभर श्रद्धाञ्जली सभा सहितको दीप प्रज्वलन गरिएको छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। बुधबार साँझ मृतक शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न जेन-जि समूह दुहबी र खनारको आयोजनामा स्थानीय युवा तथा सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी बत्ती बालेर मौन धारण गरेका थिए।उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।देशव्यापी रूपमा भएको ज

    • प्रकाशित मितिः असोज १, २०८२
    • ८२६ पटक पढिएको
  • जेनजी आन्दोलनः कोशी प्रदेशमा १० जनाको मृत्यु, ५ जनाको पहिचान खुल्न बाँकी

    इटहरी । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीका घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको मात्र सनाखत भएको र बाँकी ५ जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृतक परिवार वा आफन्तले दाबी नगरेकाले शव पहिचानमा ढिलाइ भइरहेको हो । झापाको बिर्तामोड अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर इटह

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३९१ पटक पढिएको
  • जेनजी आन्दोलनबाट प्रदेश सरकारलाई करोडौंको क्षति

    इटहरी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई क्षतिको विवरण पेश गर्नुभएको हो । प्राप्त तथ्याङ्क अनुसार, आन्दोलनका कारण प्रदेशभरका ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ । तीमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटा भवन आंशिक क्षतिग्रस्त भएका छन्। सवारीसाधन तर्फ आन्दोलनकारीले २ सय ३७ वटा सवारीसाधनमा क्षति पु¥याएका छन्। तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको प्रदेश सरकारको विव

    • प्रकाशित मितिः असोज १, २०८२
    • २५० पटक पढिएको
  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    इटहरी । भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन् । चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ । तर, आवश्यक पू

    • प्रकाशित मितिः असोज १, २०८२
    • २६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]