समाज

    Showing ३२१-३३० of ११,१३४ items.
  • ९० करोड लागतको केरौन सबस्टेशनको काम अन्तिम चरणमा, असोजमै ट्रान्सफर्मर चार्ज गर्ने तयारी

    इटहरी। मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन १३२र३३ केभी सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका वायरिङ, ट्रान्सफर्मर जडान र पोल विस्तारलगायत अधिकांश काम सम्पन्न भइसकेका छन्। आयोजनाका इन्जिनियर राजेश साहका अनुसार असोज १७ गते हाईटेन्सन लाइनबाट सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उनले बताए।२०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजना असोजभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सबस्टेशन सञ्चालनमा आएप

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १३६ पटक पढिएको
  • महाधिवेशन प्रतिनिधिमा दर्नाल निर्विरोध निर्वाचित

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा वीरबहादुर दर्नाल ‘वीरु निर्विरोध निर्वाचित भएका छन्।शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट समावेशी दलित कोटातर्फ दर्नाल निर्विरोध निर्वाचित भएका हुन्। समावेशी दलित कोटामा दर्नालसँगै गजेन्द्र नेपालीको उम्मेदवारी परेको थियो। अन्तिम समयमा नेपालीले दर्नाललाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।यता दलित कोटातर्फ भने चार जनाको उम्मेदवारी परेको छ। उम्मेदवारबीच सहमति जुट्न नसकेपछि उक्त कोटामा आइतबार असोज ११ गते निर्वाचन हुने भएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ९७ पटक पढिएको
  • कम्प्युटर सीपसँग जोड्न विद्यार्थीलाई अतिरिक्त कक्षा

    इटहरी। विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० मा रहेको श्री प्रकाश माध्यमिक विद्यालयले विद्यार्थीलाई कम्प्युटर सिकाउन सुरु गरेको छ । विद्यार्थीलाई कम्प्युटर सीपसँग जोड्ने छुट्टाछुट्टै समूह बनाएर शनिवबार र आइतबार कम्प्युटर सिकाउन थालिएको विद्यालयले जनाएको छ । विद्यालयमा उपलब्ध १७ वटा कम्प्युटर मर्मतसम्भार गरी विद्यार्थीलाई प्रयोगात्मक रूपमा कम्प्युटर शिक्षा दिन थालिएको प्रकाश माविले जनाएको छ । विद्यालयका अनुसार कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई समूह विभाजन गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । नियमित पठनपाठन प्रभावित नहोस

    • प्रकाशित मितिः असोज ११, २०८३
    • २०४ पटक पढिएको
  • विराटनगरमा अर्को साता मुख्यमन्त्री सम्मेलन

    इटहरी। विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो ।सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् । कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउने एजेण्डा तय गरिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघियतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल हुने बताए । प्रदेशहरुको आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको उनले जानकारी दिए ।सरकारले कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १०२ पटक पढिएको
  • पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

    इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् ।दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेशागत क्षेत्रबाट प्रतिनिधित्वको आकांक्षा व्यक्त गरेका हुन् । १४ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यसपटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् । अधिकारी १४ औँ महाधिवेशनमा झिनो म

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ७८ पटक पढिएको
  • भाडाको कोठामा कुहिएको अवस्थामा भेटियो झापाकी हेमाको शव, हत्या आरोपमा श्रीमान् पक्राउ

    इटहरी। झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र फेला परेको थियो । हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका विप्लवलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ ।माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ९० पटक पढिएको
  • हर्क साम्पाङले जेठी श्रीमतीलाई अंश दिनुपर्ने अदालतको फैसला, आखिर के हो दिलमायासँगको मुद्दाको वास्तविकतारु

    इटहरी। धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ । दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको उल्लेख गरेकी छन् । आफूहरूबीच कानूनबमोजिम अंशबण

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १२४ पटक पढिएको
  • मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

    इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् ।लामो समयदेखि ठुला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबिच समन्वय र सहजीकरणका लागि समिति गठन गरेका हुन् ।किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नुपु शेर्पा, सचिवमा मिथुन साँवा तथा सदस्यमा राजन कार्की, दोर्ची शेर्पा, रनध्वोज थलङ, अजय थलङ, नरेश साँवा, सूर्य लिम्बू, रिमोश लिम्बू, सिंहमान साँवा, प्रणय थलङ, मोतिहाङ थलङ, दावा छेतेन शेर्पा र सुरे

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ७७ पटक पढिएको
  • शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

    इटहरी। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।  इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्देवाले ३७औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो । उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपिय

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ६२ पटक पढिएको
  • ३९८ किलो गाँजासहित स्कार्पियो नियन्त्रणमा

    इटहरी। मोरङ प्रहरीले विराटनगरबाट ३९८ किलो लागुऔषध गाँजासहित एक स्कार्पियो नियन्त्रणमा लिएको छ ।विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा शनिबार राति प्रहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा गाँजासहितको स्कार्पियो नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरीको चेकिङ टोली देखेपछि युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ रा

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]