इटहरी । ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन यो आयोजना सुरु गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कु
इटहरी । मुन्दुम पदमार्ग पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गर्दै पर्यटन नीति मसौदामाथि दुई दिने बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको हो । कार्यक्रममा मुन्दुम पदमार्गलाई दिगो, समावेशी र प्रतिस्पर्धी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित तयार गरिएको पर्यटन नीति मसौदामाथि सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो । बदलिँदो विश्व परिवेश, दिगो विकासको आवश्यकता, डिजिटल प्रविधिको प्रयोग, जलवायु परिवर्तन तथा पर्यटकको रुचिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै
इटहरी । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो । दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै मार्ग निर्माणमा खटिएको अनुभवी आरोहीको टोली सफलतापूर्वक शिखरमा पुगेर डोरी टाँग्ने काम सम्पन्न भएको टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसनले अफ नेपालले जनाएको छ । कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उहाँसहित
इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घटनाका पीडित छन् । ७० वटा आगलागीका घटनामा घर क्षति भएका परिवारलाई १६ लाख पाँच हजार रुपियाँ र आगलागीमा परी मृत्यु भएका दुई जनालाई एक लाख ५० हजार रुपियाँ राहत दिइएको छ । यस्तै, बाढी तथा पहिरोमा परी मृत्यु भएका ५४ जनाका परिवारलाई
इटहरी। निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।दल त्याग वा परिवर्तन गरेका जनप्रतिनिधिलाई पदमुक्त गरिएको निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादी र नेकपा ९माओवादी केन्द्र० लगायतले पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी बनाएपछि लामाले दल त्याग गरी नेकपा ९एमाले० मा प्रवेश गर्नुभएको थियो । जिल्ला समन्व
इटहरी । सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा “परिवर्तनका लागि एकता” भन्ने मूल नाराका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतना सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक अभियन्ता, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मनिषा थापाको संयोजन तथा एड्भोकेसी अफिसर समोन जी.सी.को सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा समुदायले भोग्दै आएका बहुआयामिक चुनौतीबारे गहन विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै थापा र जी.सी.ले समाजको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन सचेतनामूलक अभियानलाई विद्यालय तहसम्म विस्तार गर
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको आयोजना र वडा कार्यालयको सहकार्यमा ‘नागरिक सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको छ । प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरको सभाध्यक्षता तथा वडाध्यक्ष कृष्ण कुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय गरी करिब ५० जनाको सहभागिता थियो । कार्यक्रममा सहभागी
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मिक्लाजुङ उद्योग वाणिज्य संघको प्रथम अधिवेशनबाट अमृत कुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश बस्नेत, उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा कोमल प्रसाद ढकाल, वाणिज्य सचिवमा गणेश भट्टराई, उद्योग सचिवमा विनोद दर्नाल तथा कोषाध्यक्षमा सचिन कुमार रौनियार चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुरेन्द्र कुमार दाहाल, उपेश पौडेल, चन्द्रकला भण्डारी, नारायण ढुङ्गाना र मुकेश शाह रौनियार चयन हुनु भएको छ । अधिवेशनले बुद्धिलाल निरौलाको
इटहरी । ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । इन्टरनेट र टेलिफोनको समस्या रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा आउको हो । नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएसँगै दुर्गम गाउँहरु फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा इन्टरनेटको सुविधा भएको छ । घुन्सास्थित तीन हजार ८५० मिटर उचाइ रहेको डाँडामा फोरजी इन्टरनेटको टावर राखिएको छ । निरन्तरको वर्षा र हिमपातसहित प्रतिकूल मौसमकाबिच टावर निर्माण तथा आवश्यक प्रविधि जडानको कार्य सकिएपछि बुधबारदेखि फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवा मिङ्माडण्डु शेर्पाले जा
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो । बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.