इटहरी । गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ । धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । मगरको शवलाई उहाँका दुई छोरीले दागबत्ती दिनुभयो । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो । श्रीमान्को मृत्युको खबर सुनेर विद्या मगरको भदौ ७ गते मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा पर्नु भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी पर्नु भएका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको स्थ
इटहरी । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसका अवसरमा खोटाङमा आज आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल ९जुरेस० सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जनाले रगत दान गरेका हुन् । कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैंक पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभयो । रत्नपार्कमा बि
इटहरी । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर सडक हस्तान्तरण भएर सडक डिभिजन कार्यालय विराटनगर मातहत आएको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट सडक डिभिजनमा हस्तान्तरण भएको हो । छ लेन सडक आयोजना इटहरीका इन्जिनियर तथा सूचना अधिकारी दुर्गा मण्डलका अनुसार ९५ प्रतिशत भौतिक प्रगति र ९४ प्रतिशत प्रगति भइसकेको छ । उहाँका अनुसार अब सुनसरीको दुहबीमा एक हजार आठ सय मिटर, तरहराको जङ्गल खण्डमा पाँच किलोमिटरमा अझै काम चालु छ । ठेक्का रकम आठ अर्ब ८४ करोडमध्ये अब ४० करोड भुक्तानी दिन बाँकी रहेको
इटहरी । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा
इटहरी । इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपना प्रणाली (जिआइइएस) नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को १८ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोगमा अत्याधुनिक मेसिन जडान गरी कार्यान्वयनमा ल्याइएको हो । उक्त मेसिन रोङ–४, भालुझोडाका किसान राजन लिम्बूको अलैँची बगानमा जडान गरिएको छ । उक्त स्टेसनलाई ‘रोङ हिमालयन अलैँची जिआइइएस स्टेसन नेपाल’ नाम दिइएको छ । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चाइन एकेडेमी अफ साइन्सको प्राविधिक सहयोगमा उक्त मेसिन जडान गर
इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ। बुधबार इटहरीस्थित सोल्टी होटलमा भएको उक्त कार्यक्रममा ११ जना फाइनल प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाएका थिए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो। फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए।ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य लिएको छ। फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनस
भोजपुर | टेम्केमैयुङ गाउँपालिकाको पिङडाडा–पाँचधारे खण्ड सडक स्तरोन्नतिको लागि सर्वे कार्य सम्पन्न भएको छ। नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ३ करोड रुपैयाँ बजेटअन्तर्गत यो सडक स्तरोन्नति कार्यान्वयनमा ल्याइने भएको हो।सडक स्तरोन्नति योजनाअनुसार सडकको धेरै भागमा सोलिङ गर्ने, पाँचधारे बजार क्षेत्रमा ढलान गर्ने, साथै आवश्यकता अनुसार नाली र ग्याबियनको व्यवस्था गरिनेछ। यस कार्य सम्पन्न भएपछि वर्षायाममा समेत सहज रूपमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले यसले गाउँपालिकाको सामाजिक, शैक्षिक तथा आर्थिक गतिविधिलाई थप सुगम बनाउने विश्वास व्यक्त गरेका छन्।सर्वे कार्यक्
काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटा मन्त्रालयसँग सम्पर्कमा आएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्री पृथ्वीशुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीमार्फत सम्पर्क गरेका हुन्।“मेटाको सिंगापुरस्थित एक अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका रहेछन्,” प्रवक्ता ठाकुरले भने।उनका अनुसार मन्त्रालयले मेटाको मागअनुसार दर्ता तथा सूचीकरणका ल
इटहरी | इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मुहम्मद मुस्तफा (स.अ.स.) को १५००औँ जन्मोत्सवको अवसरमा इटहरीको माया घरमा शुक्रबार १४६ जनालाई नि:शुल्क खाना वितरण गरिएको छ।कार्यक्रम अहले सुन्नत वेलफेयर सोसाइटी इटहरी र नेपाल मुस्लिम समाज इटहरी नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।कार्यक्रममा अहले सुन्नत वेलफेयर सोसाइटी इटहरीका अध्यक्ष हजरत मिया, नेपाल मुस्लिम समाज इटहरीका अध्यक्ष मो. नसरुदिन मिया, अहले सुन्नतका सचिव सोएब हाफिजि, नेपाल मुस्लिम समाज इटहरीका सभापति तथा विशिष्ट अतिथि एम. डि. नौसाद, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, कोषाध्यक्ष लक्ष्मी बराल र नेपाल मुस्लिम समाज कोश
इटहरी । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका मानेभञ्ज्याङस्थित बाल कल्याण गृह र तुम्लिङटार मनकामना मन्दिर परिसरको वृद्धाश्रममा विशेष च्यारिटी भ्रमण गरिएको छ । दुईदिने कार्यक्रममा अनाथालयका बालबालिकालाई स्कुल ब्याग, स्वेटर, टिसर्ट, कापीकलम तथा खाजा सामग्री वितरण गरिएको थियो भने वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल, खाजा, लुगाफाटा, खाद्यान्न र नगद सहयोग प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो । सो अवसरमा सामाजिक कार्यकर्ता सुनिता श्रेष्ठले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो। साथै सेवक अभियानका अभियन्ता, सहयोगी दाताहरु र भ्रमण टोलीलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.