इटहरी | इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मुहम्मद मुस्तफा (स.अ.स.) को १५००औँ जन्मोत्सवको अवसरमा इटहरीको माया घरमा शुक्रबार १४६ जनालाई नि:शुल्क खाना वितरण गरिएको छ।कार्यक्रम अहले सुन्नत वेलफेयर सोसाइटी इटहरी र नेपाल मुस्लिम समाज इटहरी नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।कार्यक्रममा अहले सुन्नत वेलफेयर सोसाइटी इटहरीका अध्यक्ष हजरत मिया, नेपाल मुस्लिम समाज इटहरीका अध्यक्ष मो. नसरुदिन मिया, अहले सुन्नतका सचिव सोएब हाफिजि, नेपाल मुस्लिम समाज इटहरीका सभापति तथा विशिष्ट अतिथि एम. डि. नौसाद, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, कोषाध्यक्ष लक्ष्मी बराल र नेपाल मुस्लिम समाज कोश
इटहरी । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका मानेभञ्ज्याङस्थित बाल कल्याण गृह र तुम्लिङटार मनकामना मन्दिर परिसरको वृद्धाश्रममा विशेष च्यारिटी भ्रमण गरिएको छ । दुईदिने कार्यक्रममा अनाथालयका बालबालिकालाई स्कुल ब्याग, स्वेटर, टिसर्ट, कापीकलम तथा खाजा सामग्री वितरण गरिएको थियो भने वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल, खाजा, लुगाफाटा, खाद्यान्न र नगद सहयोग प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो । सो अवसरमा सामाजिक कार्यकर्ता सुनिता श्रेष्ठले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो। साथै सेवक अभियानका अभियन्ता, सहयोगी दाताहरु र भ्रमण टोलीलाई
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ । वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक कुखुरा वितरण गरिेने गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बत
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ। आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् । फेसबुक, ट्वीटर एक्स, वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।
काठमाडौं : सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यस्तो निर्णय गरेको हो।स्रोतका अनुसार मन्त्रालयमा बसेको बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। आज (बिहीबार) देखि नै ती सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाइनेछ।मन्त्रालयले भने, दर्ता प्रक्रिया सुरु गर्ने सामाजिक सञ्जाललाई क्रमशः खोल्ने निर्णय गरिएको छ ।सर्वोच्चको परमादेशसर्वोच्च अदालतले बुधबार सामाज
इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाको डम्पिङ डाईटमा स्थानीबासीको अबरोधपछि रोकिएको फोहोर १५ दिन पछि उठ्न थालेको छ । गाईघाट बजारमा १५ दिनदेखि फोहोर नउठेर दुर्गन्धित बनेको फोहोर उठ्न धमाधम उठाउन थालिएको हो । त्रियुगा नगरपालिकाका– ११ गाईघाट बजारका वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख सुमन्त कोईरालाको बिशेष पहलमा फोहोर उठन थालिएका हुन । कोईरालाले जिम्मेवारी लिएसँगै बजारको फोहर बिसर्जनको समस्या समाधान भएको हो । गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिका–१२ को बिसनपुर ५ को दमौती, कहिले ६ को चुरे क्षेत्रमा कहिले चप्पन क्षेत्रमा बिर्सजन गर्दै आएको थियो । तर, स्थानीयले त्यस क्षेत्रम
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू क्रमशः निष्क्रिय हुँदै जाने बताएका छन्।सरकारले दिएको सूचीकरणको समयसीमा सकिएको भोलिपल्ट बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिंदै उनले सर्वोच्च अदालतको आदेशअनुसार अब दर्ता नभएका प्लेटफर्महरू बन्द हुने संकेत गरेका हुन्।रिमालले जनजीवनसँग गहिरो सम्बन्ध बनाइसकेका सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकरण भई नियमित प्रयोग गर्ने वातावरण बनोस् भन्ने अपेक्षा राखेका छन्। उनले भने, “कसैले गैरजिम्मेवारीपूर्वक प्रयोग गरेकै कारण अब कम्पनीहरूले
इटहरी । गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा ओखलढुङ्गा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । पुल अभावमा ढेबुवा माझीगाउँ र वडा नं। ४ जेरोङघाटका नौ बालबालिका चार महिनादेखि विद्यालय जानबाट वञ्चित छन् । उनिहरु फिक्कल गाउँपालिका–६ को राईगाउँ आधारभूत विद्यालयमा पढ्थे । यहाँका कुल २६ विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपछि फिक्कल गाउँपालिकाको पहलमा सञ्चालनमा आएको अस्थायी र्याफ्टिङ डुङ्गा नदीको बहाव बढेसँगै वैशाखदेखि बन्द भएपछि विद्यार्थीहरू सुरक्षित आवागमन मार्गविहीन भएका छन् । फिक्कल गाउँपालिका–६ कै गेरुड
इटहरी । झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन ९आईएसओ० प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो । विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए । कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आईएसओ प्रमाणपत्र प्राप्त गर्न
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो । प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ । सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.