इटहरी। तेह्रथुमको लालीगुराँस नगरपालिका–७ की पुष्पाञ्जली केप्छाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ । केही समयअघिसम्म घरायसी काममै बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ । ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आम्दानीसमेत गर्न थाल्नुभएको हो । आफ्नो आम्दानीको मात्रा बचतसमेत गर्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ । अहिले परिवारको खर्चमा पनि सहयोग गर्न सिकेकी छु । घरमै बसेर व्यवसाय गर्न पाइने भएकाले यो काम महिलाका लागि निकै उपयुक्त छ । मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ देउराली स्थित सिंहदेवी घुमाउने पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो । शान्त वातावरण, हरियाली र पोखरीको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर प्रकृतिसँग रमाउन आकर्षित गर्छ । पोखरी निर्माण तथा संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने महालक्ष्मी नगरपालिका–१ को वडा कार्यालयको समन्वयमा काम अघि बढाइएको छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भू–संरक्षण तथा हरियाली उपभोक्ता समूहले लिएको छ । तर, पोखरीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने
इटहरी।ओखलढुंगा जिल्ला, चम्पादेवी गाउँपालिका(६ घोराखोरी र भदौरेको शिरभाग थामडाँडामा कालिकादेवीको मन्दिर छ। यो मन्दिर कसले स्थापना गरेको हो भन्ने कुनै प्रमाण हालसम्म फेला पार्न सकिएको छैन। जनश्रुतिअनुसार यो मन्दिर १८२५ सालपछि स्थापना भएको बुझिन्छ।१८२५ भदौ १५ गते इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौंमाथि आक्रमण गरी विजय हासिल गरेका थिए। त्यसपश्चात् नेपालका बाइसे–चौबिसे राज्य एकीकरण गर्न अरुण नदी पूर्वीतिर पनि एकीकरण गरी विशाल नेपाल बनाउने सिलसिलामा पूर्वी नेपाल जाँदा थामडाँडा उच्च भएको र कतैतिरबाट पनि शत्रु पक्षले आक्रमण गर्न नसक्ने भएको हुँदा यस स्थानमा कोटगढी बनाउनुका साथै कालिकादेवीको
इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, महाधिवेशन प्रतिनिधिलगायत विभिन्न पदमा आकांक्षी बढेसँगै नेतृत्व चयनमा सहमति जुटाउने प्रयास चुनौतीपूर्ण बन्दै गएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया असोज १० गतेदेखि सुरु भएको हो। स्थानीय अवस्था र तयारीअनुसार मिति केही तलमाथि हुन सक्ने भए पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्न
इटहरी। पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन साना सिमसार क्षेत्र भनेर सूचीकृतमा परेका छैनन् । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहाको अर्को एउटा साझा पहिचान छ, सिमसार ।कुनै ठाउँमा पोखरी छ, कतै दलदल, कतै जंगलभित्रको प्राकृतिक दह, कतै नदीले बनाएको बाढीमैदान त कतै चुरेबाट झरेको पानी जम्मा भएको जलक्षेत्र । यी सबैले मिलेर पूर्वी नेपालको सिमसार प्रणाली बनाउँछन् । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन मास्टर प्लानको जिल्ला वार अभिलेख अनुसार यी ६ जिल्लामा ७५ वटा सिमसार सरकारी अभिलेखमा छन् । झापाम
इटहरी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमालको शनिबार अन्त्येष्टि गरिएको छ । पेटको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन हुनुभएका धिमाललाई अन्तिम बिदाइ गर्न मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । धिमालले आफ्नो खेलजीवनको सुरुवात गर्नुभएको सोही ऐतिहासिक मैदानमा पार्थिव शरीरलाई परिक्रमा गराएपछि अन्तिम यात्राका लागि अघि बढाइएको थियो। उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेशसभा सदस्यहरू भीम पराजुली, विद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रस
इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनकुटामा क्षेत्रीय तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ ।धनकुटा सदरमुकामस्थित सामुदायिक हलमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेको छ । आजको अधिवेशनबाट धनकुटाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् ।क्षेत्र ‘ख’ बाट पनि १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय
इटहरी। वर्षा रोकिएसँगै सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव क्रमिक रूपमा घट्दो क्रममा रहेको छ।शनिबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ९८ हजार २७५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेम ओलीले जानकारी दिए। कोशी ब्यारेजस्थित जलमापन केन्द्रका अनुसार नदीको बहाव घट्दो क्रममा रहे पनि हाल खतराको तहभन्दा माथि रहेको छ।पानीको निकास सहज बनाउन ब्यारेजका ३९ वटा ढोका खोलिएका छन्। पानीको बहाव घट्दो क्रममा रहे पनि खतराको तहभन्दा माथि रहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
इटहरी। कोशी नदीमा पानीको बहाव र जलसतहको अवस्थाबारे जानकारी लिन नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा नेपाली अधिकारी तथा भारतको सुपौल जिल्लाका जिल्ला अधिकारी शावन कुमारसहितको टोलीले शनिबार कोशी ब्यारेजको निरीक्षण गरेको हो ।निरीक्षणका क्रममा नेपाल र भारततर्फका अधिकारीले कोशी ब्यारेजमा पानीको बहाव, जलसतह, खोलिएका ढोका तथा तटीय क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे जानकारी लिएका थिए । निरीक्षणमा सुनसरीतर्फका सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनुहुन्थ्यो । शनिबार दिउँसो १स् १५ बजेको
इटहरी – लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ ।वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ।वर्षाले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुलेको आकाशले इलामको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ । केही दिनदेखि लगातार वर्षाका कारण धुम्मिएको वातावरण घाम लागेसँगै खुलेपछि स्थानीयवासी तथा आगन्तुकले समेत खुलेको मौसमको आनन्द लिएका छन् ।वर्षापछिको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.