समाज

    Showing ३,३९१-३,४०० of ९,३७० items.
  • फिल्म ‘माइतीघर’को नृत्य प्रतियोगिता चर्चामा, हजारौँको सहभागीता

    इटहरी । नेपाली फिल्म ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । आउँदो असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने यो फिल्मसँगै सुरु भएको नृत्य प्रतियोगिताले अहिले ठूलो उत्साह सिर्जना गरेको छ ।सोमबारदेखि सुरु भएको प्रतियोगितामा दर्शकको अप्रत्याशित सहभागीता देखिएको छ । निर्माता रोहित अधिकारीका अनुसार सुरुवातको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेका छन् भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५ देखि २० लाखसम्म भ्यूज आइसकेका छन् ।निर्माता अधिकारीले दर्शकको उत्साहले टिमलाई थप ऊर्जा दिएको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुवात

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ६३३ पटक पढिएको
  • यामाहा ब्राण्डले नयाँ कलरमा मोटरसाइकल सार्वजनिक

    इटहरी । यामाहा ब्राण्ड इटहरीले लोकप्रिय मोडल एम टि–फिप्टीन भि–टु र एफजेड एस भि–थ्री नयाँ कलर सहित सार्वजनिक गरेको छ । इटहरीमा रहेको आधिकारिक विक्रेता तिरुपति अटो सिटी मार्फत यी मोटरसाइकलहरु बजारमा उपलब्ध गराइएको हो। नेपाली युवाहरुको रोजाइका मोडलमा नयाँ र आकर्षक कलर थपेर बजारमा ल्याइएको जानकारी तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले दिनुभयो। सार्वजनिक गरिएको कार्यक्रममा मोटरसाइकलहरु संयुक्त रूपमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ, नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष भीम कुवँर तथा तिरुपति अटो सिटीका सञ्चालक पराजुलीले उद्घाटन गर्नुभयो। उक्त अवसरमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ४६२ पटक पढिएको
  • इटहरीमा ‘अभिमन्यु’को पत्रकार भेटघाट, ‘नचलेका कलाकार’ प्रश्नमा कामेश्वरको प्रतिक्रिया

    इटहरी । यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को प्रचार–प्रसारलाई तीव्रता दिँदै निर्माण टिम मोफसल यात्रामा निस्किएको छ । प्रचार अभियानको सुरुवात कोशी प्रदेशको इटहरीबाट गरिएको हो । सोमबार ईलाइट सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कलाकार कामेश्वर चौरसिया, किरण श्रेष्ठ र मिडिया को–अर्डिनेटर पवन भट्टराईको उपस्थिति थियो । पत्रकार सम्मेलनमा इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सञ्चारकर्मी सहभागी भएका थिए । कार्यक्रममा अभिनेता चौरसियाले दर्शकको माया र समर्थनकै कारण आफू आज मुख्य भूमिकामा रहेको भन्दै अझै साथ आवश्यक रहेको बताउनुभयो । उहाँले फिल्म मधेसको कथामा आधारित

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ४९० पटक पढिएको
  • मन्त्री भण्डारीद्वारा इटहरी यातायात व्यवस्था कार्यालय अनुगमन

    इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं पुग्नुभएको हो । मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयका विभिन्न शाखाहरू अवलोकन गर्दै प्रमुख तथा कर्मचारीहरूसँग छलफल गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले नागरिकलाई दैनिक रूपमा पर्न आएको समस्या सम्बोधन गर्न निर्देशन दिनुभयो।   कार्यालय परिसरमा स

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ४१३ पटक पढिएको
  • धरानका उपप्राचार्य बिजय सिं थेबे ‘सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित

    इटहरी । धरान–१५ स्थित हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक उपप्राचार्य बिजय सिं थेबे ‘सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित हुनुभएको छ । शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा शुक्रबार काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा सम्पन्न सार्क एजुकेशन कन्क्लेभ तथा अवार्ड समारोहमा थेबेलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले खदा र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । नेपाल, भारत र बंगलादेशका शैक्षिक संस्था तथा विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षामा नवीनता र गुणस्तरीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षाविद् प्रा. डा. वि

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • १,०२६ पटक पढिएको
  • राष्ट्रिय मा.विमा पुर्व विद्यार्थी भुवनाथ घिमिरे र दिव्याश्वरी घिमिरेद्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी व

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ५५२ पटक पढिएको
  • धरान–१४ मा पिण्डेश्वर मन्दिर जाने बाटो नेपाल तरुण दल धरानले मर्मत

    धरान । नेपाल तरुण दल धरानले धरान उप–महानगरपालिका वडा नम्बर १४ अन्तर्गत विजयपुर दन्तकाली स्कुलदेखि पिण्डेश्वर मन्दिरसम्मको जीर्ण अवस्थामा रहेको बाटो मर्मत गरी पीसीसी ढलान कार्य गरेको छ ।खाल्डाखुल्डीले गर्दा आवतजावतमा कठिनाइ हुँदै आएको उक्त बाटो अब स्तरोन्नति भएपछि श्रद्धालु तथा पर्यटकलाई सहज हुने भएको छ ।कार्यक्रममा १४ नम्बर वडाका स्थानीय आमाबाबु, दाजुभाइ, दिदीबहिनी, वडा कार्यालय, नेपाली कांग्रेसका कार्यकर्तासहितको सक्रिय सहभागिता रहेको थियो ।धरान नेपाली कांग्रेस तरुण दलका नगर अध्यक्ष तथा वडा सदस्य रामकुमार तामाङले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सो बाटोको स्तरोन्नतिमा सहयोग गर्ने स

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ६६५ पटक पढिएको
  • ताप्लेजुङमा सरकारी तथा गैर सरकारी कार्यलाई प्रभावकारी बनाउन छलफल

    इटहरी । ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार र सोमबार भएको दुई दिने वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा कार्यसम्पादनका विषयकेन्द्रित छलफल भएको थियो । हालसम्म कामको समीक्षाका आधारमा सेवाप्रदायक निकायले कार्यसम्पादनलाई थप बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । प्रमुख लामाका अनुसार समीक्षा कार्यक्रममा सेव

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • २३५ पटक पढिएको
  • इलाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    इटहरी । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । १६ महिला र ३१४ जना पुुरुष कैदीबन्दी रहेको कारागार इलामले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी समेत रहेको बताइएको छ । कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुनेगरेको कारागार प्रमुख मधु विशुुंङ्खेले बताउनुुभयो ।  विशुुंङ्खेलेका अनुसार गएको आर्थिक वर्षमा इलाम कारागारबाट १३८ कैदीबन्दी छुटेका थिए । अन्य ठाउँबाट ३१ जना स्थानान्तरण गरी र

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • २४४ पटक पढिएको
  • धनकुटाबाट ८ करोड मूल्यभन्दा बढीको अलैंची निकासी

    इटहरी । आर्थिक वर्ष २०८१(०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०(०८१ मा करिब ३४।८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५।२ मेट्रिकटनले उत्पादन बढ्दा निर्य

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]