समाज

    Showing ३,४७१-३,४८० of ९,३७० items.
  • अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिकामा मोटरसाइकल र अटोरिक्सा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार धरान –१४ विजयपुरस्थित पन्चकन्या मार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ६०२९ नम्बरको अटो र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ३७ प ७९८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक धरान –१४ बस्ने ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले अटोचालक धरान –१४ बस्ने ३१ वर्षीय अविनाश तामाङलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ३०१ पटक पढिएको
  • अलकत्र बोकेको ट्याङ्करमा आगलागी, एक जना घाइते

    इटहरी । झापा जिल्ला मेचीनगर नगरपालिका–९ दुर्गा मन्दिर नजिक भित्री सडक खण्डमा सोमबार साँझ अलकत्र (बिटुमेन) बोकेको ट्याङ्करमा भीषण आगलागी भएको छ । साँझ करिब ७स्५० बजे कन्चन निर्माण सेवाले बाटो पिच गर्ने क्रममा प्रयोग भएको मे १ ख ३१३७ नं।को ट्याङ्करमा तातोका कारण अचानक आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी, सर्वसाधारण र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा करिब ९स्२० बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनामा ट्याङ्कर चालक सिन्धुलीका ४२ वर्षीय गणेश दाहाल सकुशल रहेका छन् भने, सोही निर्माण सेवामा कार्यरत सिरहाका ३१ वर्षीय उमेश कुमार राय आगो निभाउने क्रममा घाइते भएका छन् । उनको अनुहार, हात र खु

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४४२ पटक पढिएको
  • झापामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी

    इटहरी । झापा जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ । नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताउनुभयो । गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहद

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४२१ पटक पढिएको
  • गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी

    इटहरी । इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो । अन्य खेतीबालीबाट सधैँ दुःख मात्र भएपछि आचार्यले २०७० सालमा राष्ट्रिय वाणिज्य बैङ्कबाट १० लाख रुपियाँ ऋण लिएर दर्ता गरी गाई फार्म सुरु गर्नुभएको थियो । अहिलेसम्म आच

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४७३ पटक पढिएको
  • धनकुटामा एभोकाडो खेती अध्ययनमा प्राविधिक टोली

    इटहरी । धनकुटामा भइरहेको एभोकाडो खेती, रोग किरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे विदेशी कृषि वैज्ञानिकसहितको टोलीले अध्ययन गर्दै छ । एसियाली विकास बैङ्क, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकसहितको प्राविधिक टोली धनकुटा आएको हो । व्यापक रूपमा बगैँचा विस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फल झर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या देखिएका छन् । टोलीले सुन्तला खेतीको विकल्पका रूपमा हेरिएको एभोकाडो खेतीमा देखिएका यिनै समस्याको अध्ययन र समाधानका उपायबारे किसानसँग छलफल गरेको छ । एभोकाडोको जातीय

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ३२२ पटक पढिएको
  • तीज पर्व महिलाको अधिकार र सामाजिक एकताको प्रतीक,मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो पर्वलाई केवल धार्मिकमात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै  अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • २४१ पटक पढिएको
  • आदिवासी महासङ्घको फुङलिङ नगरलाई ध्यानाकर्षण

    इटहरी । नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । आइएलओ महासन्धि १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ लाई तत्काल कानुन बनाई आदिवासीका पक्षमा लागु गर्नुपर्ने अदालतको फैसला कार्यान्वयनका लागि महासङ्घले ध्यानाकर्षण गराएको हो । अदालतले गत जेठ २२ गते आइएलओ १६९ र युएनडिपीलाई तत्काल कानुन बनाई आदिवासीका पक्षमा फैसला गरी तिनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त आदेशको अवगत गराउँदै महासङ्घ र महासङ्घमातहतका विभिन्न १२ जातीय संस्थाले सामूहिक रूपमा फुङल

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • २६४ पटक पढिएको
  • टेम्केमैयुङमा कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न

    इटहरी । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा  पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • १९९ पटक पढिएको
  • मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सम्पन्न

    धरान । शिल्पी स्मार्ट नेपाल धरानको आयोजनामा भएको मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा शिल्पी स्मार्ट नेपालकी अध्यक्ष मिना गजमेरको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।प्रतियोगितामा करिब २५० जना महिलाहरू सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति गर्ने प्रतिस्पर्धीमध्ये शान्ति राई सेकेन्ड रनरअप, लुना कपाली फस्ट रनरअप, मनिषा विश्वकर्मा विजेता तथा सुस्मिता विश्वकर्मा पब्लिक च्वाइस अवार्ड विजेता घोषित भए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । निर्णायक मण्डलले प

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४१६ पटक पढिएको
  • नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा अभिषेक श्रेष्ठ निर्वाचित

    इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथ अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा र ओमप्रकाश मास्के, सचिवमा उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै १६ भन्दा बढी सदस्यसहितको कार्यसमिति गठन गरी संघलाई सुदृढ बनाउने संकल्प गरिएको छ ।कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाले

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ६११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]