इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवाटोलस्थित फूल चौकमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा लौकही सडक खण्डमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजबिराजबाट विराटनगर जाँदै गरेको प्र. २–०१–००१ ज ००४७ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी ४५
इटहरी । चुरे क्षेत्रको दिगो संरक्षण र समृद्धिका लागि सञ्चालन भइरहेको चुरे उत्थानशील आयोजना अन्तर्गत बुढी नदी प्रणाली सम्बन्धी बैठक इटहरीमा सम्पन्न भएको छ । पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोग राज गिरी समेतको उपस्थीतिमा सम्पन्न बैठकमा बुढी नदी प्रणालीको दीर्घकालीन व्यवस्थापन, जलस्रोत संरक्षण, जैविक विविधताको संवद्र्धन र स्थानीय समुदायको सहभागिताबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय सरकारका अधिकारी, वन उपभोक्ता समूहका सदस्य, वातावरणविद् तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बुढी नदी क्षेत्रको संरक्षणमा सामूहिक प्रतिबद्धत
इटहरी । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड कृषिबाट रुपान्तरणसहित ‘स्वाइल टु सक्सेस’ नाराका साथ अघि बढेको छ । १० महिना अघि मात्र खुलेको यो कम्पनीको तथ्यांक हेर्ने हो भने २ वर्षभित्र १० हजार जना नेपालीलाई कम्पनीमा जोड्ने लक्ष्यमा ३ हजार जना आबद्ध भइसकेका छन् । ३ वर्षभित्र १ अर्ब पुँजी पु¥याउने लक्ष्य राखिएकोमा ६५ करोड पुगिसकेको छ । प्रतिबद्धता ८० करोडका लागि आइसकेको छ । यसैगरी, कम्पनीले आगामी वर्ष आइपिओ जारी गर्ने लक्ष्यसहित ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरिसकेको छ । स्थिर सम्पत्ति १२ करोडभन्दा माथि छ । कृषकलाई बर्सेनि मलखादको समस्या न्यूनीकरण गर्न सर्लाहीको लालबन्दीमा परियोजना निर्माण गर्न
इटहरी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले दूधकुण्ड मेला भर्न गएका ७ सय जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण गरेको छ । जनैपूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लागेको मेलाको अवसरमा रेडक्रसले ७ सय जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण र ५ जनाको उपचारसमेत गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले जानकारी दिनुभयो । साउन २२, २३ र २४ गते भएको मेलामा दर्शनार्थीहरूको स्वास्थ्य जाँच तथा उपचारका लागि २ डाक्टरसहित १२ जनाको टोली खटिएको थियो । समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको दूधकुण्ड पोखरीमा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा मेला लाग
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये एकजना सप्तरीको महादेवा गाउँपालिका ६ का ३५ वर्षीय शङ्कर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको
इटहरी । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जानेरआउने यातायातका सवारी साधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षणमा जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ । गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उ
इटहरी । ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको छ । बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हालसम्म साना तथा लघु उद्योगको सङ्ख्या कुल तीन हजार १९४ पुगेको छ । हालसम्मको कुल सङ्ख्यामध्ये साना उद्योगतर्फ दुई हजार ३१५ र वाणिज्यतर्फका ८७९ वटा उद्योग रहेका घरेलु कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी एवम् उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा मात्र ९२ वटा नयाँ उद्योग दर्ता अर्थात थप भएका छन् । कृषि तथा वनजन्य ४९ वटा, प
इटहरी । एक साताअघिदेखि आन्दोलनमा रहेका चिया श्रमिकको आन्दोलन अझै टुङ्गिएको छैन । सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै झापाका चिया श्रमिकले थालेको आन्दोलन अझै जारी रहेको छ । झापाको भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषि गणेश तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि काम छाडेर आन्दोलनमा छन् । आन्दोलनरत श्रमिकमध्ये योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी गराउने सर्तमा मेचीनगर–३ को नाज स्टेटका श्रमिक भने काममा फर्किएको नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । अन्य तीन बगानमा भने अझै काम ठप्प रह
इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.