समाज

    Showing ३,७५१-३,७६० of ९,३७० items.
  • दमकमा जंगली हात्तीले ५ घरमा क्षति

    इटहरी । झापा दमकमा जंगली हात्तीले ५ वटा घरमा क्षति पुर्याएको छ । जंगलबाट दमक नगरपालिका–२ बेलडाँगीस्थित बस्तीमा छिरेर २ वटा हात्तीले आइतबार राति १० बजेतिर क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीले दमक–२ का टंकबहादुर राई, कुलबहादुर चौहान, चन्द्रकला खड्का, राजु लिम्बू र पुष्प खतिवडाको घरमा क्षति पुर्याएको छ । घर तथा भान्सा घर भत्काएर हात्तीले अन्नसमेत खाइदिएको छ । सबै जसो घरहरुमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने नपुर्याएको प्रहरीले जनाएको छ । हात्ती करिब १ घण्टापछि जंगलतर्फ लागेको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३५९ पटक पढिएको
  • हलेसीमा तीर्थयात्री बोकेको गाडी दुर्घटना, १७ जना घाइते

    इटहरी । प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ । ट्राफिक प्रहरीका अनुसार चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको हो । हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • २७७ पटक पढिएको
  • ओखलढुङ्गामा धान रोपाइँ सम्पन्न

    इटहरी । ओखलढुङ्गामा यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा धान रोपाइँ हुने सम्पूर्ण क्षेत्र र क्षेत्रफलमा साउन दोस्रो सातासम्म रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा कुल तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । हाल ती सबै क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । यो वर्ष असारमा केही ढिला भए पनि साउनको दोस्रो साता भित्रै रोपाइँ पूरा भएको राईले जानकारी दिनुभयो । जिल्लामा ५९ हजार ६६ हेक्टर कृषि योग्य जमिनमध्ये धान खेती हुने क्षेत्रफल करिब ६.५ प्रतिशत छ । केन्द्रका अनुसार गत वर्ष जिल्लामा १० हजार २७८।१ मेट्र

    • प्रकाशित मितिः साउन १९, २०८२
    • २११ पटक पढिएको
  • उर्लाबारीमा राजमार्ग विस्तारसँगै जलनिकासको समस्या चुलियो

    इटहरी । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी खण्डमा नयाँ विवाद सिर्जना भएको छ ।  उर्लाबारी नगरपालिकाको पूर्वी सिमाना मावाखोलादेखि बक्राहाखोलाबिचको तीन किलोमिटर सडकको उत्तरतर्फ डुबान भएपछि नगरपालिकाले बस्तीको किनारबाटै नाला राख्नुपर्ने माग राखेको छ । बक्राहाखोला पूर्वोत्तरको बस्तीभन्दा सडक झन्डै १० फिट उचाइमा निर्माणाधीन छ । सडकको उचाइ क्रमशः घट्दै गए पनि उत्तरतर्फको पानीको निकास बन्द हुँदा उक्त क्षेत्रमा डुबान हुन थालेको हो । सडकमाथि बनेको नालाले बस्तीको पानी दक्षिणतर्फ जान सक्ने अवस्था छैन । लगातार पाँचरछ घण्टा पानी पर्दा उर्लाबारी–

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३०१ पटक पढिएको
  • यातायात कार्यालय इलामद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सवारी साधन वार्षिक

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४५१ पटक पढिएको
  • गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या बढ्दै

    इटहरी । लामो समयदेखि विश्वका विभिन्न मुलुकमा बसोबास गरी त्यहीँको नागरिकता लिएका नेपालीलाई सरकारले गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउने कानुनी व्यवस्था गरेसँगै त्यस्तो नागरिकता लिनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१र८२ मा मात्र विदेशी मुलुकमा बसोबास गर्दै आएका ११२ जना नेपालीले जिल्ला प्रशासन कार्यालय मोरङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जबकि अघिल्लो आव २०८०र८१ मा उक्त कार्यालयबाट ८६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । लामो समयदेखि विदेशमा बसेर अध्ययन, प्राविधिक सिप र पुँजी आर्जन गरेका नेपाली पुनः गैरआवासीय नेपाली नागरिकतामार्फत

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३४२ पटक पढिएको
  • वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव उच्च

    इटहरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज  बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।  अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो ।   कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यार

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३०४ पटक पढिएको
  • इटहरीमा लायन्स क्लबद्वारा निःशुल्क सुगर स्क्रिनिङ कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत लायन्स क्लब अफ इटहरी न्यु भिजनको आयोजनामा इटहरी–२ स्थित मिलिजुली टोल द्धारा राधाकृष्ण मन्दिरमा निःशुल्क सुगर तथा प्रेसर जाँच कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम लायन सुरेश धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री र विशिष्ट अतिथि रिजन चेयरपर्सन लायन भूपराज पुरी रहनु भएको थियो। कार्यक्रमको संयोजन युवराज काफ्लेले गर्नुभएको थियो भने सञ्चालन पनि उहाँले नै गर्नुभएको थियो । कार्यक्रममा ८७ जनाको रक्तचाप तथा रक्तमा चिनीको मात्रा (सुगर) जाँच गरिएको आयोजकले जानकारी दिएको छ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ४४९ पटक पढिएको
  • कस्तूरी कलेज ईटहरीमा BIT कार्यक्रम सुरु, BBA, BBS तथा MBS मा भर्ना खुला

    ईटहरी | ईटहरीमा शैक्षिक क्षेत्रमा सशक्त पहिचान बनाएको कस्तूरी कलेजले सूचना प्रविधिमा चासो राख्ने विद्यार्थीहरूका लागि नयाँ उपलब्धि थप्दै यस वर्षदेखि Bachelor of Information Technology (BIT) कार्यक्रम सुरु गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कार्यक्रम २०८२ शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो।BIT कार्यक्रम चार वर्षे व्यावसायिक कोर्ष हो, जसमा ४८ जना विद्यार्थी भर्ना हुन सक्नेछन् भने ५ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। यो कार्यक्रम विशेषगरी विज्ञान तथा व्यवस्थापन संकायमा Mathematics विषय लिएका विद्यार्थीका लागि लक्षित गरिएको छ।यसअघि, २०५६ सालमा ८ जना श

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ३९८ पटक पढिएको
  • वुल्स एलेभेन क्लवको पहलमा दशैं–तिहारलाई लक्षित गर्दै ७ सय बढी सयपत्री फूलका विरूवा वृक्षारोपण

    इटहरी | इटहरी–तरहरा सडकखण्डको डिभाइडरमा वुल्स एलेभेन क्लवले इटहरी चोक आसपासमा ७ सय सयपत्री फूलको बिरुवा वृक्षारोपण गरेको छ ।नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा इटहरी चोक आसपास बाट सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्यले गरेको हो ।सयपत्री फूलको बिरुवा वृक्षारोपणमा डोटी ओभरसिज , मुनाल मेटीकल ,नेपाल लाईफ मेनपावर, शान ए बि मेनपावर , डम्बरु ओभरसिजले सहयोग गरेका थिए ।वृक्षारोप

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ६७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]