समाज

    Showing ३,७७१-३,७८० of ९,३७० items.
  • कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

    इटहरी । इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको  छ । विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समुहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो । सो क्रममा विद्यालयका

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ८७५ पटक पढिएको
  • कृषिमा लगानी र रुपान्तरणबारे इटहरीमा अन्तरक्रिया कार्यक्रम

    इटहरी | राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण : From Soil to Success” विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम इटहरीमा गरिएको छ।कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको थियो।"कृषिमा लगानी : अबको प्राथमिकता" भन्ने नारासहित आयोजित लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ।राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारका अनुसार, कार्यक्रममा अन

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ८८७ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणले स्थानीयलाई सहज

    इटहरी। भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् । यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । संघीयता कार्यान्वयनसँगै साबिकको एक वडालाई फुटाएर दुईवटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकाले सहज स्वास्थ्य सेवा विस्तारका लागि प्रसूति भवन निर्माण गरिएको उनको भनाइ छ । भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारल

    • प्रकाशित मितिः साउन १६, २०८२
    • २८१ पटक पढिएको
  • खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान

    इटहरी । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानमा थापालाई दश हजार नगदसहितको पुरस्कृत गरिएको हो । शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले संयुक्त रूपमा पुरस्कृत शिक्षक थापालाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापाको

    • प्रकाशित मितिः साउन १६, २०८२
    • १६९ पटक पढिएको
  • फुङलिङ बजार क्षेत्रभित्र रहेका सुँगुरको खोर हटाउन पुनः दोस्रो पटक फुङलिङ नगरपालिका द्धारा सूचना जारी,साउन २२ सम्ममा सुँगुरको खोर हटाउनु पर्ने

    इटहरी। फुङलिङ बजार क्षेत्रभित्र रहेका सुँगुरको खोर हटाउन पुनः  दोस्रो पटक फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ । यही साउन ११ गते बसेको कार्यपालिकाको ७० औं बैठकले पुनः सुँगुरको खोर हटाउनेसम्बन्धी दोस्रो पटक सूचना जारी गर्ने निर्णय भएका हो । नगरपालिकाले यसअघि गत असार २७ गते पहिलो पटक सुँगुरको खोर व्यवस्थापन गर्न लागि सूचना जारी गरेको थियो । त्यस सूचनाको बेवास्ता गरी स्थानीयले खोर हटाउनुको सट्टा  र्‍यालीसहित विरोध जनाएका थिए । सयौँ स्थानीयले रोजगारको रुपमा सुँगुर पालनको व्यवसाय गरिरहेको हटाउन नहुने अडानका साथ फुङलिङ बजारमा विरोध प्रदर्शन गरेका थिए । जसको सम्बोधन छलफलमा लाग्नको सट्टा नग

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ३०७ पटक पढिएको
  • रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेतीमा किसानको चासो घट्दो

    इटहरी। रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो । कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ । सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञ

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ४०९ पटक पढिएको
  • जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा साढे चार हजार घर निर्माण

    इटहरी । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एक हजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् । जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन सबइन्जिनियर ओम शर्माका अनुसार सङ्घीय सरकारको क्रमागत योजना अन्तर्गत कोशी प्रदेश सरकारलाई हस्तान्तरण भएका र प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण हुँदै आएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रम अब जिल्लास्थित पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको छ । कोशीका १४ जिल्लामा पूर्वाधार क

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ३५० पटक पढिएको
  • योङ कम्युनिस्ट लिग नेपाल वाइसिएल फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन

    इटहरी । योङ कम्युनिस्ट लिग नेपाल ९वाइसिएल० फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ । वाइसिएल गाउँपालिका कमिटीको बिहीबार सम्पन्न तेस्रो पालिका सम्मेलनले लिम्बू अध्यक्ष रहेको ३५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । पालिका कमिटी उपाध्यक्षहरुमा सन्तोष लिङ्खिम, आइतराज लिम्बू र सुवास आङ्बुहाङ चयन हुनुभएको छ । यस्तै सचिवमा सुरेश फेम्बु लिम्बू, सहसचिवहरुमा सरोज ताप्मादेन, मनोज लिम्बू, चितहाङ लिम्बू ९निशान० र कोषाध्यक्षमा विराज लिम्बू चयन हुनुभएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबो लिम्बूले जानकारी दिनुभयो । वाइसिएलको पालिका सम्मेलन नेकपा ९माओवादी केन्द्र० का के

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ३४२ पटक पढिएको
  • पाँचथरमा कोदालो प्रहार गरेर श्रीमतीको हत्या

    इटहरी। श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो । पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई २७ वर्षीय श्रीमान महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार घरबाट ससुराली आएका तामाङले पारिवारिक विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोदालोको पासोले लाग्दा गम्भीर घाइते भएकी

    • प्रकाशित मितिः साउन १६, २०८२
    • १९३ पटक पढिएको
  • रामधुनी–३ का ५ सय ६० भूमिहीनलाई निस्सा वितरण

    इटहरी । रामधुनी नगरपालिका–३ मा बसोबास गर्दै आएका ५ सय ६० जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा (अस्थायी पुर्जा) वितरण गरिएको छ । मंगलबार भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य शैलेन्द्र राई समेतको उपस्थितिमा वडाले भबिष्यमा लालपुर्जा दिनेगरी निस्सा वितरण गरेको हो । जसमा ९० जना भूमिहीन दलित, १ सय ७० जना भूमिहीन सुकुम्बासी र ३ सय जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । निस्सा वितरण गर्दै वडा अध्यक्ष बुधनारायण चौधरीले सुकुम्बासी नागरिकले भबिष्यमा लालपुर्जा पाउने प्रकृया सुरु भएको र त्यसका लागि वडाले पहल गर्ने बताउनुभयो । त्यस्तै निस्सा

    • प्रकाशित मितिः साउन १५, २०८२
    • २९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]