इटहरी | नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरू गरिएको छ।इटहरी–तरहरा सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्य हो।दशैं–तिहारजस्ता सांस्कृतिक पर्वमा सयपत्री फूलको माग अत्यधिक हुने हुँदा समयमै फूल उत्पादन हुने वातावरण बनाउने हाम्रो प्रयास गरेको क्लबका उपाध्यक्ष रामु राईले बताउनुभयो।अभियान अन्तर्गत इटहरीको मुख्य सडकखण्डमा सयपत्री फूलका बिरुवा
भोजपुर | बदलिंदो समयसँगै उत्सव, विवाह वा विशेष अवसरहरूमा गहना वा जिन्सी उपहार दिनुको सट्टा बीमा पोलेसी उपहार दिने चलन विस्तार हुँदै गएको छ।त्यही सन्दर्भमा, भोजपुर नगरपालिका–१२ टक्सार निवासी खेमराज खत्रीले एसईई परीक्षामा उत्कृष्ट अंकसहित सफल भएका छोरा खगेन्द्र खत्रीलाई बीमा पोलेसी उपहार दिएका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखामार्फत ६ लाख रुपैयाँको "अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना" अन्तर्गत बीमा पोलेसी प्रदान गरेका हुन्।उक्त बीमा पोलेसी हिमालयन लाइफ इन्स्योरेन्सको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले खगेन्द्र खत्रीकी आमा ध्रुवकला बुढाथोकीलाई हस्तान्तरण
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आज वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको वराहक्षेत्र नगरपालिका(१ स्थित वराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो वराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरक
इटहरी | नेपाल मुस्लिम संघ, इटहरी नगर समितिको प्रथम नगर अधिवेशनबाट मोहम्मद नौशाद आलमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।नगर समितिका संयोजक मोहम्मद नौशाद आलमको अध्यक्षता तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिका सभापति एवं कोशी प्रदेशसभा सदस्य हाजी इस्राईल मसूरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्षमा मोहम्मद नौशाद आलम, उपाध्यक्षमा सविर मियाँ र इन्तियात बरकाती, सचिवमा नुर मोहमत सहसचिवमा कमाल आलम, कोषाध्यक्षमा जरिना खातुन, सहकोषाध्यक्षमा मोहमत इलियास रहेका छन्। त्यस्तै, सदस्यहरूमा दिलबर अली, जैतुन खातुन, खलिल मियाँसहित २५
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ । बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग भट्टराईको छ । बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लिएर खोटाङबाट साउन ४ गते काठमाडौँ जानुभएका प्रमुख भट्टराईले आज बिहानबाट सत्याग्रह सुरु गर्नुभएको
इटहरी । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक मा
इटहरी । बाढीले मोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् ।
इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची
इटहरी । झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् । बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक वडा नं। १ बरगाछी नजिक जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय सुनिता राई र कविता राई गम्भीर घाइते हुनुभएको हो । वडा नं। १ का वडाध्यक्ष हरीप्रसाद न्यौपानेका अनुसार बिहान पख हात्तीले दुवैलाई फ्याँकेर छोडेको स्थानीयले तत्कालै देखेपछि उद्धार गरेर दमक अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर लगिएको छ । स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्ती घटनापछि वनतर्फ गएको पनि बताइएको छ ।
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ । हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.