समाज

    Showing ३,९११-३,९२० of ९,३८७ items.
  • सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ

    इटहरी । तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । गत वर्ष साउनको पहिलो सातासम्म ८२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष तुलनात्मक कम भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । यस वर्ष वर्षामा पानी नपर्दा सुनसरीको धेरै स्थानमा बोरिङ मेशिन र नहरको पानीबाट रोपाइँ गरिएको जनाइएको छ । तराईको अन्नभण्डार भनेर चिनिने तराईका जिल्लामा यस वर्ष रोपाइँ ढिलो भएको हो । किसानहरुले बोरिङ मेशिनको सहायताले धान रोप्न सुरु गरे पनि गतवर्षको तुलनामा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २२५ पटक पढिएको
  • विद्यार्थी र अभिभावकद्वारा लालीगुराँस नगरपालिका घेराउ

    तेह्रथुम | विद्यालय तह घटाउने निर्णयको विरोधमा तेह्रथुमको लालीगुराँस नगरपालिकाको कार्यालयमा आइतवार विद्यार्थी, अभिभावक र स्थानीयवासीले घेराउ गरेका छन्।गत असार २६ गते नगर कार्यपालिकाको बैठकले नगरक्षेत्रका आठवटा माध्यमिक विद्यालयको कक्षा ११ (प्लस टु) तह घटाएर दुईवटामा मात्र सीमित गर्ने निर्णय गरेको थियो। त्यसको विरोधमा वडा नम्बर ६ र ८ का बासिन्दा आन्दोलित बनेका हुन् ।नगरपालिकाले वडा नं. ८ मा रहेको रत्न माविमा प्लस टु पठनपाठन केन्द्रित गर्ने निर्णय गरेपछि सोही वडामा पर्ने मंगलबारेस्थित सिंहदेवी माविको प्लस टु तह हटाइएको छ। विद्यालय तह घटाएर आफ्ना छोराछोरीलाई गाउँमै अध्ययन गर्ने सुविधाबाट वञ्चित ग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २०२ पटक पढिएको
  • नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्‌घाटन

    इटहरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्‌घाटन गरिएको छ । ताप्लेजुङमा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक सामाग्रीको व्यवस्थापन सहित नवनिर्मित भवनको उद्‌घाटन गरिएको हो । कुल ८ लाख ६० हजार ७८८ रुपियाँको लागतमा निर्मित भवनको उद्‌घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गरिएको छ । जिल्लामा हुने विपद् प्रतिकार्यका लागि चाहिने आवश्यक सामाग्री समेत स्थानीय तह तथा अन्य सङ्घसंस्थाको समन्वयमा खरिद गरि भण्डारण गरिएको गुल्मका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • १९२ पटक पढिएको
  • ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ मा साहाना र स्मीका विजेता

    इटहरी । धरान १५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्। विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्। प्रतियोगितामा साहानाले वेष्ट फोटो जेनिक र स्मीकाले मोष्ट एक्टिभ अवार्ड समेत जितेकी हुन्। यस्तै प्रतियोगिताको फस्ट रनरअप जुनियर ग्रुपबाट होलि गार्डेन एकेडेमी धरान–१ की छात्रा ईमानी व

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५८ पटक पढिएको
  • मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास

    इटहरी । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास गरिएको छ । नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी(६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको बेरुजु ३८ करोडबाट घटाएर १६ करोडमा झारेको बताउनुभयो । नगर प्रमुख खरेलले नगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रयास भइरहेको बताउँदै सुशासन कायम गर्नसके भ्रष्टाचार आफैं घट्दै जाने र शुसासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले १२ करोड ९३ लाख रुपियाँको डिपिआर बनेको जानकारी दिँदै ठेक्का ११ करोड तीन लाखमा लागेको बताउनुभयो । नगर विकास कोषको ६० प्रतिशत

    • प्रकाशित मितिः साउन ५, २०८२
    • १६५ पटक पढिएको
  • नदीमा नुहाउने क्रममा १३ वर्षीय बालक वेपत्ता

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित राजाबाट घाटमा नुहाउने क्रममा एक बालक वेपत्ता भएका छन्। भोक्राहा नरसिंह गाउँपालिका–१ का अन्दाजी १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार दिउँसोदेखि वेपत्ता भएका हुन्। उनी रामबिलास मेहताका छोरा हुन्। परिवारका अनुसार दिपेश साथीहरूसँग राजाबाट घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीमा डुबेर बेपत्ता भएका थिए। घटना भएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरे पनि हालसम्म फेला पार्न सकिएको छैन।स्थानीय प्रशासनले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनाले स्थानीयवासी तथा दिपेशको परिवारलाई अत्यन्त पीडा दिएको छ। सुनसरीमा यसरी बाल

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ४५ पटक पढिएको
  • ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध

    इटहरी । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रममा घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका तर्फबाट गठित अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्य्रक्रम सार्वजनिक गरेको हो । सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने,  साउन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५१ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

    इटहरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी– २ र ३ मा पर्ने यहाँ उद्यानसँगै आसपासमा पदमार्गसमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । पार्कस्थलको घेराबारा, दिमाको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएको उहाँको भनाइ छ । किरात इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ७४ पटक पढिएको
  • भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी । उदयपुरमा भ्यानको ठक्करबाट ७४ वर्षीया महिलाको मृत्यु भएको छ। कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै  गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५५ पटक पढिएको
  • इटहरीमा करेन्ट लागेर एकको मृत्यु

    इटहरी । सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति एक जना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको बताउनुभयो । उनका अनुसार आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करेन्ट लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको जानकारी खतिवडाले दिनुभयो ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]