समाज

    Showing ३,९५१-३,९६० of ९,३८७ items.
  • तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म फुङ्लिङमा, विजेतालाई सात लाख रुपैयाँभन्दा बढी पुरस्कार

    इटहरी। तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय त

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३८४ पटक पढिएको
  • कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस जडान

    इटहरी। कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान सुरु गरिएको छ । युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा उक्त आधुनिक उपकरणहरू जडान सुरु गरेको हो । जैविक विविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पुर्‍याउन आधुनिक वैज्ञानिक विधिहरूलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यका साथ जडान गरिने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । क्यामेरा र जीपीएस उपकरण जडान गर्नुअघि असार २९ र ३० गते फक्ताङलुङ गाउँपालिकाको लेलेपमा

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३३१ पटक पढिएको
  • भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे सुरु, ४० दिनभित्र सम्पन्न गर्ने लक्ष्य

    भोजपुर | भोजपुर जिल्लालाई दक्षिण हुँदै तराईसँग जोड्ने दीर्घकालीन महत्वको भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे योजना अन्तर्गत काम सुरु गरिएको छ। भोजपुर नगरपालिका–१२ को कोटडाँडाबाट औपचारिक रूपमा सडक निर्माणको पहिलो चरणको सुरुवात गरिएको हो।झन्डै ६० किलोमिटर लम्बाइको यो महत्वाकांक्षी सडकले दक्षिणी क्षेत्रका रामप्रसादराई, हतुवागढी, र आमचोक गाउँपालिकालाई छोटो दूरीमा तराईसँग जोड्ने अपेक्षा गरिएको छ।हाल पहिलो चरणमा दुई करोड ५९ लाख रुपैयाँको लागतमा कालोपत्रे कार्य अगाडि बढाइएको हो।सडक कालोपत्रे शिलान्यास भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष बद्रीकुमार श्रेष्ठ, वडा न

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४०९ पटक पढिएको
  • अघिल्लो वर्षको तुलनामा यो वर्ष नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन

    इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ तुलनामा आर्थिक वर्ष २०८१र०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१र०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार गत आव २०८१र०८२ मा क्षेत्रिय किताब उत

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३१८ पटक पढिएको
  • खोटाङको दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय स्थापना

    इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला

    • प्रकाशित मितिः साउन २, २०८२
    • २४५ पटक पढिएको
  • कोशी प्रदेशका धरान र इटहरी उपमहानगरपालिकामा बजेट शून्यता

    इटहरी । कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२र८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् । नगर सभाबाट प्रस्तावित र विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा दुवै उपमहानगरपालिकामा कानुनी रूपमै बजेटविहीन भएका हुन् ।  स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र बजेट पेस गरेर असार २५ भित्र छलफल गरी पारित गर्नुपर्ने प्रावधान छ । समयमै बजेट आउन नसक्दा विकासनिर्माणका पूर्वनिर्धारित कार्य, कर्मचारीको पारिश्रमिक, सार्वजनिक सेवा, योजना कार्यान्वयन, विगतमा भएगरेका कामको भुक्तानीलगायतका काम पूर्ण ठप्प हुने स्थितिमा पुगेको छ । धरान उपमहानगरपालिकामा अघिल्लो वर्ष पनि नगरप्

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३२७ पटक पढिएको
  • विराटनगर महानगरपालिकाको आयमा सुधार छैन

    इटहरी । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१र८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो । अघिल्लो आव २०८०र८१ को तुलनामा यो एक करोड ७६ लाख बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसकेको महानगरपालिकामा  सङ्घ तथा प्रदेश सरकारको अनुदान घट्दा यथार्थ आयको मूल्याङ्कन कमजोर देखिएको छ । जसको असर बजेट कार्यान्वयनमा परेको हो । बजेट र उपलब्धीबिच देखिएको असन्तुलनले अनुमानित आयव्ययमा समेत प्रश्न उठेको छ । महानगरपालिकाले गत आव २०८१र८२ का लागि तीन अर्ब ४९ करोड ९८ को अनुमानित आयव्यय प्रस्तुत गरेको थियो तर आवको अन्

    • प्रकाशित मितिः साउन २, २०८२
    • २७९ पटक पढिएको
  • कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित

    इटहरी । कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो । प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको विराटनगरस्थित यातायात कार्यालयमा निःशुल्क सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो ।  चिकित्सकको सम्झौता अवधि नटुङ्गिँदै प्रतिसेवाग्राही तीन सय रुपियाँ शुल्क लिने गरी नयाँ चिकित्सक खटाएपछि विवाद बढेको छ । सवारीचालक

    • प्रकाशित मितिः साउन २, २०८२
    • २२३ पटक पढिएको
  • तरहरा कोरा यहीँ साउन ३ गते हुने , बालबालिकाको शिक्षाका लागि साइक्लिङ अभियान

    तरहरा | 'यो र्‍याली होइन, दौड होइन, यो हो एउटा यस्तो यात्रा जहाँ सबै विजेता हुन्छन्' भन्ने नारासहित तरहरा कोरा २०२५ च्यारिटी साइकल राइड कार्यक्रम आगामी श्रावण ३ गते, शनिबार बिहान तरहरा चोकबाट सुरु हुने भएको छ।तरहरा साइकलिङ क्लबको आयोजनामा प्रत्येक वर्षझैँ यसपालि पनि यो राइड शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको हो । यस कार्यक्रमबाट संकलित रकम श्री जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सुरज तामाङले बताउनुभयो । कोरा भन्नाले धार्मिक स्थलहरू वर

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३३७ पटक पढिएको
  • पाँचथरमा सवारी दुर्घटना हुँदा तीनजना घाइते

    इटहरी। पाँचथरको फिदिम १३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाको विर्तामोडदेखि पाँचथरको लुङरुपाका लागि डिजेल, दाना र ब्राण्ड लगायतका सामग्री लिएर आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप बिहीबार मध्यान्ह दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा फिदिम १३ निवासी ३३ वर्षीय चालक भवानी खतिवडा, सोही स्थानका ३२ वर्षीय सवारी धनीराम सुवेदी र पिकअपका सहचालक आयुष राई घाइते हुनुभएको छ। घाइतेलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्त

    • प्रकाशित मितिः साउन १, २०८२
    • २३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]