इटहरी । सवारी दुर्घटना न्यूनीकरण गर्न धनकुटाका सवारी चालकहरुको आँखाजाँच गरिएको छ । नेपाल नेत्र ज्योति संघ, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरिएको हो । धनकुटा बजारको जिरोप्वाइन्टमा सवारी चालकको निशुल्क आँखा तथा मापसे र लापसे जाँचगरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्तशिविरमा करिब १ सय २१ जना चालकको आँखा परीक्षण गरिएको छ। जसमा २५ जनालाई चस्मा वितरण गरिएको छ भने १६ जनालाई रिफर गरिएको प्रह
सुन्दरहरैंचा | पारिवारिक सद्भाव, आपसी समझदारी र सामाजिक योगदानका प्रतीक १२ दम्पतीलाई सुन्दरहरैंचा नगरपालिकाले ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको छ।नगरपालिकाका १२ वटै वडाबाट एक-एक उत्कृष्ट दम्पती छनोट गरी आइतबार आयोजित विशेष समारोहमा उनीहरूलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार संयुक्त परिवारमा बसेर आमा–बुबा वा सासू–ससुराको श्रद्धायुक्त सेवा गर्दै आएका दम्पतीहरूको उदाहरणीय योगदानको कदर स्वरूप यो सम्मान दिइएको हो।> "पारिवारिक मूल्य, परम्परा र मेलमिलापको संरक्षणमा समर्पित जोडीहरूलाई प्रेरणा दिने उद्देश्यले यो कार्यक्
इटहरी | पछिल्लो समय देशभर माछाको माग बढ्दो छ, तर भारतबाट अवैध रुपमा भित्रने माछासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली माछा उत्पादक किसानहरू पेशाबाट पलायन हुन थालेका छन्।विशेषगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा माछाको माग दैनिक ७ टनसम्म पुग्ने गरेको भए पनि यसको अधिकांश हिस्सा भारतबाट आउने माछाले ओगटेको छ। किसानहरूको दावी अनुसार, दैनिक मागको करिब ६ टन माछा भारतबाट भित्रिन्छ, जसको ९० प्रतिशतभन्दा बढी अवैध रूपमै नेपाल भित्रिएको छ।नेपाल मत्स्य पालन किसान संघ, कोशी प्रदेशका उपाध्यक्ष राम पौडेलका अनुसार नेपालमा प्रतिबन्धित ‘कालो माहुर’ जातको माछा खुलेआम बिक्री हुँदै आएको छ। यस्ता माछा आकारम
इटहरी | इटहरी लेडी जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।हरेक वर्ष झैं यस वर्ष पनि असार २० गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत विभिन्न सामाजिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिएका थिए।कार्यक्रमको समापन इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।सप्ताहभर आयोजित कार्यक्रमहरूमा जेसीज सामुदायिक भवनको शिलान्यास, 'पढाउ अभियान' अन्तर्गत छात्रवृत्ति तथा स्टेशनरी वितरण समारोह, महिला फुटसल प्रतियोगिता, पाठेघरको मुखको क्यान्सर परीक्षण
टेकनाथ भट्टराई प्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमायाक्साका बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमासपनिको कावा संगै आकासमा कल्पनाको त्यो गहिरो सागरमा ।निस्छल छ सोच कपट छैन सदा हास्छिन खेतका गरामा बसन्तका गर्मी हावा छैन कोदालि चल्छ धुले पाखामा लालीमा पुन्ञ छरपस्ट हुन्छन याक्साको आगनिमाप्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमायाक्साको बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमानिस्पष्ट अधेरी रातमा पिलपिले बत्तीको साहारामाउज्यालो भिबस्य खोजिरहेछिन मेरी आमा पलपलमाभोर्लाको लतामा हुइयाँ संगै सितलताको खोजिमाकठिन यात्रालाइ पारलगाउँदैछिन मेरी आमा धुलेयूगमाप्रशव व्यथामा प
इटहरी । भोजपुरको पुर्बी अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि पालिका मातहतका अस्थायी तथा स्थायी कर्मचारीहरूको ६ महिनाको सेवा करार म्याद थप तथा कार्यसम्पादन सम्झौता गरेको छ । पालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले अस्थायी कर्मचारीको नियमित प्रक्रिया अनुसार सेवा करार म्याद थप र स्थायी कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाबाट पारित नीति, योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयमै म्याद थप गरिएको हो। साथै उहाँले कर्मचारीहरूलाई नीति, नियमको पालना गर्दै कार्यालय समयमा अनावश्यक सामाजिक सञ्
इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गरको खोर तथा संरचना हटाउन फुङ्लिङ नगरपालिकाले उर्दी गरेको हो । नगरपालिकाले गएको शुक्रबार सूचना जारी गर्दै फुङ्लिङ बजार क्षेत्रका बिभिन्न स्थानमा अव्यवस्थित रुपमा रहेका सुँगुरको खोर हटाउन उर्दी जारी गरेको छ । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले खोर ९बङ्गुर राख्ने ठाउँ० हटाउन उर्दी गरेको हो । फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले ज
इटहरी । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१ र ८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो । गाउँपालिकाले वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपा
इटहरी। बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढीका कारण मोरङका नौ वटा पालिकाका १८ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् । मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, बेलबारी, रङ्गेली नगरपालिका, कानेपोखरी जहदा र धनपालथान गाउँपालिकाका १८ वटा वडाका दुई दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा रहेको कोशी तथा बव्रmाहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ । मिक्लाजुङ गाउँपालिका–६ र ७, पथरी शनिश्चरे नगरपालिकाको वडा नं २ र ५, रतुवामाई नगरपालिकाको वडा नं १ र ९, बव्रmाहाखोलाको उच्च जोखिममा रहेको छ । उच्च जोखिममा रहेका स्थानबाट नदीले कटान वा धार परिवर्तन गर्ने भएकाले ती क
विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पत्रकारिता क्षेत्रमार्फत खेलकुद प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विराट टेलिभिजन तथा कोशी प्रेसका प्रबन्ध निर्देशक विकल पौडेलसहितका सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको छ।कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रममा पौडेललाई नगद ११,४४० रुपैयाँ पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो।त्यसैगरी पत्रकार अभय राई, सुमन सुस्केरा, गुरु ढकाल, अनिल श्रेष्ठ र रमा दाहाललाई पनि खेलकुद पत्रकारितामा सक्रिय योगदान पुर्याएको भन्दै सम्मान तथा नगद पुरस्कार प्रदान ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.