इटहरी । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरु असार सकिँनै लाग्दा पनि खडेरीका कारण धान रोप्न नपाएपछि उनिहरु चिन्तित बनेका हुन् । देशका अधिकांश स्थानमा निरन्तर वर्षा भएपनि उदयपुरमा भने अहिलेसम्म पानी परेको छैन । कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अगौटे धानको रोपाइँ चाहिँ पूर्णरुपमा प्रभावित भएको छ । उदयपुरको १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुने गर्दछ । विगतका वर्षहरुमा असार मसान्तसम्म झन्डै ६० प्रतिशत रो
इटहरी। पाँचथर जिल्लाका दुई फरक स्थानमा बुधबार फेला परेका दुई शवको पहिचान खुलेको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बा र फाल्गुनन्द गाउँपालिका–७ सुलुम्फी क्षेत्रमा एकैदिन दुई वटा शव भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ को सुलुम्फी देउराली भिरको झाडीमा भेटिएको शव कुम्मायक गाउँपालिका–१ यासोक बजारका ३५ वर्षीय किरण खत्रीको रहेको पुष्टि भएको छ। मृतकको झोलामा भेटिएका नागरिकता र अन्य कागजातका आधारमा पहिचान गरिएको पाँचथर प्रहरीले जनाएको छ। खत्रीका काका केदारका अनुसार किरण १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो। खत्रीको श
इटहरी । जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै आज एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको होे । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले ससाना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सानासाना स
इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विद्यालय तथा बाल विकास केन्द्रहरूमा सरसफाइ सामग्री वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका–३ मा सम्पन्न उक्त कार्यक्रम वडा उपभोक्ता समितिकी संयोजक अनिता राईको अध्यक्षता र संस्थाका कार्यसमिति सदस्य मनोज कुमार राय प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा परिषद्का पदाधिकारी तथा सदस्यहरू, प्रगति बाल विकास केन्द्र र सुनौलो बाल विकास केन्द्रका शिक्षिका, सिङ्हदेवी प्राथमिक विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा डमी मतदाता बनाएर चुनाव आफ्नो पक्षमा पार्ने षड्यन्त्र गरिएको भन्दै कार्यसमितिका केही सदस्यहरुले विरोध जनाएका छन् ।संघको चुनावलाई निष्पक्ष र कम खर्चिलो बनाउने पटक पटकको सहमती यस पटक पनि उल्लंघन हुन लागेको भन्दै कार्यसमितिमा रहेका एमाले सम्बद्ध ९ जना व्यवशायीहरुले विरोध जनाएका हुन् । उनीहरुले समग्र व्यवशायीको हितमा भन्दा पनि अर्को पटक पनि नेतृत्व हत्याउने षड्यन्त्रमा नेतृत्व लागेको आरोप लगाएका छन् ।जीवन पराजुली नेतृत्वको हालको टिममा रहेका ९ जना निर्वाचित कार्य समिति सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर सदस्यता नविकरणका क्रममा मनलाग्दी निर्णय गर्दै राज्य
इटहरी | ईलाका प्रहरी कार्यालय इटहरीको आयोजनामा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनसरीको तरहरास्थित रूद्राक्ष पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा प्रहरी उपरीक्षक तिम्सिनाले ईलाका प्रहरी कार्यालयको सेवा, जिम्मेवारी तथा जनगुनासो व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिनुभएको थियो। वडा अध्यक्ष श्रेष्ठले सुरक्षा व्यवस्थामा नागरिक सहभागिता र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा
इटहरी । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो । प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगा
इटहरी । अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनबर्सी–८, कुरेलीमा निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सार्न सकिएको छैन । विसं २०७६ मा निर्माण सुरु भएका घरहरू पाँच वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएका हुन् तर कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय र स्थानीय तहबिच समन्वय नहुँदा विपन्न परिवार नयाँ घरमा सर्न पाएका छैनन् । सहरी विकास तथा भवन कार्यालय विराटनगरका जनता आवास कार्यव्रmम शाखाका इन्जिनियर ओमप्रकाश शर्माका अनुसार घरहरू गत वर्ष नै निर्माण सम्पन्न भएका हुन् । पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार भने आफूलाई सरकारले घरको न घाटको बनाएको आरोप लगाउँछन् ।
इटहरी । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो । हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो । काठमाडौँदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । उनीहरु सदरमुकामसम्म आइपुगेर पनि जहाज
इटहरी । मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सबस्टेसन छरआठ एमभिए क्षमताको हुने छ । उहाँका अनुसार आठ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जयदुर्गे निर्माण सेवाले सबस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.