इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(५ स्थित अमाहा जंगलबाट प्रहरीले एक थान कार र हतियारसहितको अत्याधुनिक राइफल बरामद गरेको छ। आइतबार मध्यराति जंगली जनावर सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। उनका अनुसार सिकारको उद्देश्यले रातको समयमा जंगल पसेका पाँचजना फरार छन्। प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो। गस्ती टोलीलाई देख्नेबित्तिकै कार चालकसहित सबै अभियुक्त भागेका थिए। डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरार अभियुक्तहरूको पहिचान भइसकेको छ। उनी
इटहरी । जिल्लाको इनरुवा र दुहबीस्थित दुई उद्योगमा आइतबार छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जना कामदार गम्भीर घाइते भएका छन्। औद्योगिक सुरक्षा उपायप्रति गम्भीर ध्यान नदिँदा यस्ता दुर्घटना बढिरहेका छन् भन्ने तथ्य पछिल्लो घटनाले झनै स्पष्ट पारेको छ। इनरुवा नगरपालिका–५ स्थित हनुमान काठ मिलमा काम गरिरहेका मोरङको बुढीगंगा गाउँपालिका–१, रजानन्द चोकका ४६ वर्षीय दुर्गा भट्टराई काठको मुढा लडेर घाइते भएका हुन्। उनी मुढा सञ्चालनको काममा संलग्न रहँदा अचानक ठुलो काठको मुढा उनको शरीरमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते भट्टराईलाई तत्कालै इनरुवास्थित जिल्ला अस्पताल पुर्याइएको थियो। तर, त्यह
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घरेलु हिंसाको घटनामा श्रीमतीको ज्यान गएको छ। श्रीमान सोनिया मुसहरले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती ढलिसदा मुसहरलाई कुटपिट गरेका थिए। गत असार ७ गते राति करिब ९ बजेतिर ३० वर्षीय सोनियाले २४ वर्षीया श्रीमती ढलिसदालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका उनको कुटपिटबाट घाइते भएकी ढलिसदालाई उपचार नगराई घरमै राखिएको थियो। असार ८ गते बिहान ९ः२५ बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा सोनियालाई नियन्त्रणमा ल
इटहरी। सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ । कोशी गाउँपालिकाको १९ औं गाउँसभा अध्यक्ष ऐयुब अन्सरीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक विभिन्न विकासात्मक योजनाका लागि रकम विनियोजन गर्नुभएको छ । यसैगरी, अध्यक्ष अन्सारीले विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गर्नुभएको छ । सभामा राजस्व सङ्कलनमा उत्कृष्ट काम गरेको भन्दै कोशी गाउँपालिका १ नम्बर वडा कार्यालयलाई सम्मानित गरिएको छ । सुनसरीको कोशी गाउँपालिकाका ८ वटा वडामध्ये सबैभन्दा धेरै राजस्व सङ्कलन गरेकाले कोशीको १ नम्बर वडा कार्यालयलाई सम्मानित
इटहरी । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो । आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताउनुभयो । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उहाँको भनाइ छ । यो स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रामप्रसाद राई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्
इटहरी । ताप्लेजुङका तीन स्थानीय तहले सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै छन् । जिल्लाको मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट राजस्व र व्यय अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्दछ । सोही व्यवस्थाअनुसार यहाँका तीन स्थानीय तहले सोमबार आगामी आवको बजेट सार्वजनिक गर्न लागेका हुन् । तीनवटै पालिका ९स्थानीय तह० ले मध्याह्न १
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षणमा रहेका पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एकसिङे दुई वटा गैँडा कोशीटप्पुको वातावरणमा फस्टाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोज १० गते दुई वटा पोथी गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएका थिए । उहाँका अनुसार यहाँको वासस्थान गैँडाका लागि उपयुक्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिको अध्ययनले कोशीटप्पुमा गैँडाका लागि अनुकूल वातावरण रहेको सिफारिस गरेपछि पुष्पा र अञ्जलीलाई त्यहाँ पु¥याइएको थियो । आरक्षभित्रको तीन हेक्टर क्षेत्रफलको इन्क्लो
इटहरी । अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ । सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् । अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स
इटहरी । मोरङको पथरी–जाँते–हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त कहिले स्थानीयको अवरोधका कारण रोकिएको यो सडक पछिल्लो समय निर्माण कम्पनीबिचको विवादले रोकिएको हो । कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अगाडि बढाएको यो सडक तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते ठुलो तामझामसाथ शिलान्यास गर्नुभएको थियो । राईले तीन वर्षभित्रमा सडक निर्माण गरेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो तर पाँच वर्ष सात महिना बितिसक्दा पनि १७ किलोेमिटर लम्बाइको सडक अझै कालोपत्रे भइसकेको छैन । लेटाङक
इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, स्थित ढुङ्गेमा एक जना पुरुष मृत भेटिएका छन् । स्थानीय एक घरमा भाडामा बस्दै आएका पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका हन् । मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका–११ वस्ने ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर हुनुहुन्छ । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिई बस्दै आएका मगर सोमबार बिहान सुतेकै अवस्थामा करिब साढे ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्त खनालका अनुसार मृत भेटिएका मगर भेडेटारस्थित आहाले महाभारत भित्री सडक खण्डमा मजदुरी काम गर्दै आएका थिए । मृत भेटिएका मगरक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.