इटहरी । नेपाली कांग्रेस निकट तरुण दल इनरुवा नगर कार्यसमिति सुनसरीको आयोजनामा शनिबार इनरुवामा बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न कार्यक्रममा इनरुवा क्षेत्रका १ सय ३० जना युवाहरू औपचारिक रूपमा तरुण दलमा प्रवेश गरेका हुन् । नेपाल तरुण दल इनरुवा नगर समितिका सभापति अरविन केसीको सभाअध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा तरुण दल सुनसरी क्षेत्र नं–४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत गरिएको घोषणा
इटहरी। ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ। पछिल्लो छ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घनका घटना विवरणअनुसार घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको हो। सदरमुकाम फुङ्लिङमा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ताप्लेजुङले आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा घरेलु हिंसाका घटना हुने गरेका छन्। इन्सेक जिल्ला प्रतिनिधि एलिना दियालीले तयार पार्नुभएको प्रतिवेदनअनुसार पछिल्लो छ महिना अर्थात गत पुसदेखि हालसम्मको अवधिमा जिल्लामा विभिन्न ३५ वटा घटना भएका छन्। मानवअधिकार उल्लङ्घनका ३५ घटनामध्ये ११ वटा घरेलु हिंसासम्बन्धी रह
इटहरी । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन इटहरी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन योग प्रशिक्षण तालिम सञ्चालन गरियो । तेस्रो दिन सुगर, प्रेसर, थाइराइड, ग्यास्ट्रिक तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर , चौथो दिन ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुसँग योग ध्यान कार्यक्रम , पाँचौं दिन मानव धर्म सेवा समितिमा प्रोटोकल अभ्यास , छैठौं दिन साधना केन्द्र, इटहरीमा यज्ञ
इटहरी । मोरङको पथरी शनिश्चरेमा रेडस्टार माध्यमिक विद्यालयको आयोजनामा दुई दिवसीय प्रथम मित्रता क्याम्प सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा आयोजित सो क्याम्प विभिन्न आपतकालीन अभ्यासहरू गर्दै समापन भएको हो । शुक्रवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक मोहनप्रसाद तुम्वापोले नेपालको राष्ट्रिय झण्डा र उप प्रमुख देवीमाया काफ्लेले स्काउटको झन्डोत्तोलन गर्दै उद्घाटन गर्नुभएको उक्त क्याम्पमा विद्यालयका विभिन्न कक्षाहरूमा अध्ययनरत ६३ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । क्याम्पका अवसरमा प्राकृतिक विपत्ति तथा आगलागी जस्ता घटनाहरूमा कसरी स्काउटकर्मी
इटहरी। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो। किसान महासङ्घ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान गरिएको हो। फुङ्लिङ नगरपालिका निवासी किसान महासङ्घ जिल्ला समितिकी उपाध्यक्ष फूलमाया गुरुङको करिब पाँच रोपनी जग्गामा अलैँची रोपिएको फुङ्लिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले जानकारी दिनुभयो। योङ कम्युनिस्ट लिग नेपाल वाइसिएलका प्रदेश कमिटी सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार एक हजार अलैँचीको विरुवा रोपिएको हो। अलैँची रोप्न श्रमदान गर्नेमा नेकपा ९माओवादी केन्
इटहरी । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले करदाता सेवा कार्यालय पाँचथरसँगको सहकार्यमा ताप्लेजुङमै करदातासँग सम्बन्धित सेवा प्रदान गरेको छ। करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसँग सम्बन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ। करदाताहरूको आवश्यकता बुझेर ताप्लेजुङबाटै सेवा प्रवाह हुने गरी एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिए। उनका अनुसार एकीकृत सेवा वितरणका क्रममा १९ वटा उद्योग दर्ता भएका छन्। ९ वटा उद्योगको नाम परिवर्तन सम्बन्धी सेवा प्रदान गरिएको छ। ७ वटा उद्योगको उ
इटहरी । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो । सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्
इटहरी । खाँदबारीस्थित करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार अझै १६ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न बाँकी छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित जरिवाना छुटसम्बन्धी सार्वजनिक कार्यक्रममा विभागका निर्देशक तथा सूचना अधिकारी वासुदेव पौडेलले, बाँकी कर तिर्ने करदातालाई २०८२ पुस मसान्तसम्म जरिवाना र ब्याज छुट दिने बताउनुभयो । ढुवानी साधनको भाडा, सामाजिक संस्था र अवकाश कोषमा लाग्ने कर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा आय विवरण नबुझाएका करदातालाई छुट दिन सकिने निर्देशक पौडेलले बताउनुभयो । खाँदबारी कर कार्यालयको तथ्याङ्कअ
इटहरी । ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु, बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको हो । सडकको ट्रयाक निर्माण भएको करिव अढाइ दशकपछि स्तरवृद्धि अर्थात कालोपत्रे गर्न सुरु गरिएको हो । बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको ९।८ किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम अहिले धमाधम गरिँदै आएको छ । निर्माणको जिम्मा पाएको एपेक्स कन्स्ट्रक्सन प्रालिले कालोपत्रेको काम गरिरहेको हो । निर्माण कम्पनीका सम्पर्क निर्देशक अनिलकुमार चौधरीका अनुसार चालु आर्थिक वर्षभित्र बहानन्देदेखि सिकारी डाँ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा विपत्तिको रूप लिने गरेको बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कोशी प्रदेशका सबै जिल्लामा प्रभावकारी विपत् व्यवस्थापनको तयारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा विशेष ध्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.