समाज

    Showing ४,५६१-४,५७० of ९,३९० items.
  • सामाजिक उत्तरदायित्वअन्तर्गत एक्सपर्ट एजुकेसन भिसा सर्भिसद्वारा रामधुनीको संखरबेलीमा डस्टबिन वितरण

    मौसम कोइराला इटहरी | इटहरीमा विगत दुई दशकदेखि शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन भिसा सर्भिसले सामाजिक उत्तरदायित्वअन्तर्गत रामधुनी नगरपालिका स्थित संखरबेली ताल क्षेत्रमा डस्टबिन वितरण गरेको छ।एक समारोहबीच संस्था प्रतिनिधिहरूले संखरबेली सामुदायिक वन उपभोक्ता समितिलाई १० थान डस्टबिन हस्तान्तरण गरेका हुन्। वातावरणीय प्रदूषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन, तथा समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको हो।कार्यक्रममा एक्सपर्ट एजुकेसन भिसा सर्भिसका प्रबन्ध निर्देशक कमल तिम्सिनाले पर्यावरण संरक्षणमा निजी क्षेत्रको भूमिका महत्त

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३८६ पटक पढिएको
  • ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

    इटहरी । ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय ताप्लेजुङद्वारा बुधबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिको अध्यक्ष एवम् जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। एक नगरपालिका र आठ गाउँपालिकासहित नौ वटा स

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३४३ पटक पढिएको
  • हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एकको मृत्यु

    इटहरी ।  झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २१७ पटक पढिएको
  • अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

    इटहरी। अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।  उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरप

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २१७ पटक पढिएको
  • मोरङको रतुवामाईमा एक युवा मृत फेला, सर्पले टोकेको आशंका

    इटहरी । मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा बिहीबार बिहान मृत फेला परेको हो। इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्थे। भट्टराईको ट्याक्टरमा काम गर्ने क्रममा सुदीप आफ्ना सहकर्मी मनोज कर्मकारका बुबाको मृत्यु भएपछि शोक प्रकट गर्न उनीहरूकै घर गएका थिए। शव भेटिएको स्थान नजिकै कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिए पनि यादवको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भ

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३०९ पटक पढिएको
  • मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    इटहरी।  सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो । प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गर्नुभयो । यो पदमार्गमा समथर ठुला घाँसे मैदान प्रशस्त रहेका

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २२८ पटक पढिएको
  • इटहरी लेडी जेसिजद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा महिला स्वास्थ्यकर्मी सम्मान कार्यक्रम सम्पन्न

    इटहरी | अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा इटहरी लेडी जेसिजले ‘स्वास्थ्य सेवामा समर्पित नर्सहरूको सम्मान र प्रेरणा’ भन्ने मूल नारासहित एक भव्य सम्मान कार्यक्रमको आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित इटहरी अस्पताल परिसरमा सम्पन्न उक्त कार्यक्रममा १४ जना महिला नर्सहरूलाई सम्मान गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र  थापाको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथि थापाले नर्सहरूलाई 'स्वास्थ्यसेवा क्षेत्रमा रातदिन खटिएर रोगीको सेवा गर्ने

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३३० पटक पढिएको
  • कोशी गाउँपालिकामा नैतिक शिक्षा तथा सशक्तिकरण मूलक कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सम्पन्न गरिएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्नु र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएका छन्। कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी सहभागी थिए। सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल र कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। कार्यक्रममा विद्यार्थी र युवाहरुलाई नेतृत्व विकास, नैतिक मूल्य, आत्मन

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ११६ पटक पढिएको
  • गर्मी बढेपछि इटहरीमा बुधबार विद्यालय बन्द

    इटहरी । केही दिनयता बढेको अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बुधबार एक दिन बिदा दिइएको हो । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै शिक्षण संस्थाहरूबाट गुनासो आएपछि इटहरी उपमहानगरपालिकाले बुधबार सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बर्से बिदाबाट कटौती हुने गरी बिदा दिएको इटहरी उपमहानगर पालिकाका कार्यवहाक नगर प्रमुख संगीताकुमारी चौधरीले ज

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १६७ पटक पढिएको
  • मोबाइल लुटेर अभिभावकसँग फिरौती रकम मागेको आरोपमा तीन जना पक्राउ

    इटहरी । भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह भने फरार रहेकाले खोजी भइरहेको छ । गोलु जोगवनीका लागुऔषध कारोबारी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोकनजिक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]