इटहरी । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली खोलाबाट उत्पादित काबेली बी–१ र काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन सुचारु भएको छ। आयोजनाको आन्तरिक कामका कारण बन्द भएको पाँच दिनपछि उत्पादन सुचारु भएको हो। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा उत्पादित २५ मेवागाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना र १० मेगावाट क्षमताको काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन मङ्गलबार बिहानदेखि सुचारु भएको हो। आयोजनाको आन्तरिक काम सम्पन्न भएपछि दुवै आयोजनाको उत्पादन एकसाथ सुरु भएको कम्पनी लिमिटेडका सम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो। सम्पर्क अधिकृत सुवेदी
इटहरी। सोलुखुम्बुको सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा टेम्पो आज दुर्घटनामा परेको छ । सोलुदूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले जानकारी दिनुभयो । टेम्पो अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो । दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका एक पुरुषको घटनास्थलमै ज्यान गएको हो। घाइते भएका अन्य तीन जना पुरुषको अवस्था गम्भीर भए पनि खतरा बाहिर रहेको उहाँले बताउनुभयो । घाइतेमध्ये टेम्पो चालक राजेश विक पनि गम्भीर घाइते भएको जनाइएको
इटहरी । मोरङको पथरी वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार वडा नम्बर २ को सिन् भिलेज पार्टी प्यालेसमा अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो । पिस ल्यान्ड ट्रेनिङ प्राइभेट लिमिटेडका प्रमुख ईश्वर श्रेष्ठले १ हजार बढी अभिभावक तथा विद्यार्थीहरूको संयुक्त भेलालाई मनोपरामर्श सहित उत्प्रेरणा जगाउदै सहजीकरण गर्नुभएको हो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, अभिभावक तथा समाजसेवी देवराज भण्डारी, लर्ड
भोजपुर । अरुण गाउँपालिकाको व्यवस्थापन तथा पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीको आयोजनामा आधारित व्यवसायिक बाख्रा पालन तालिम हिजोदेखि प्याउलीमा सुरु भएको छ। जेष्ठ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालन सिकाउने उद्देश्य लिएको छ।तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले उद्घाटन गर्नुहुँदै, पशुपालन जस्ता व्यावसायिक क्रियाकलापहरू गाउँको आर्थिक समृद्धिमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम लुईँटेल, वडा अध्यक्ष कुमार कार्की, कार्य
इटहरी । लागू औषध विरुद्धको अभियानलाई तीव्रता दिँदै मोरङ, झापा र उदयपुर जिल्लाबाट प्रहरीले पाँच जनालाई लागू औषधसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालयहरू र स्थानीय प्रहरी टोलीहरू सक्रियताका साथ तीन अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोरङको विराटनगर महानगरपालिका–१६ स्थित हुलासचोकबाट लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको हो। उनको साथबाट ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम बरामद गरिएको छ। उनलाई हिजो साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यसैगरी, झापाको भद्रपुर
इटहरी । विराटनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार को ३४ प २४३४ नम्बरको मोटरसाइकल, जुन दूध फार्मबाट कञ्चनबारीतर्फ जाने क्रममा प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकलबीच एकापसमा ठक्कर भएको हो । दुर्घटनामा विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका खनालको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्को मोटरसाइकलमा सवार भारत झारखण्डकी २९ वर्षीया सपना दास घाइते भएकी छन्।हाल उनी विराटनगर–६, रामपुरस्थित माइतीमा बस्दै आएकी थिइन्।
इटहरी । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । विराटनगरमा सम्पन्न उक्त रनिङशिल्ड प्रतियोगिताबाट एथलेटिक्स तर्फको तीन हजार मिटर र आठ सय मिटर दौड तथा कबड्डी र भलिबल प्रतियोगिताका लागि छनोट भएका हुन् । छनोट हुनेमा मैवाखोला गाउँपालिकाका दुई, फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाका एक(एक जना खेलाडी रहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र माबो गणेशले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार मिटर दौडमा मैवाखोलाका समिरले कोशी प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभएको छ । यस्तै समिरले न
इटहरी । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी ल
इटहरी । धिमाल समुदायबाट चिकित्सक बन्नु भएको डा।सजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा। सजनालाई प्रदान गरिने भएको हो । धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजना स्थल, मोरङको मङ्गलबारेमा सोमबार बसेको बैठकले धिमाल जाति कै पहिलो एमबिबिएस डा। सजनालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले दमक–२, खरखरे निवासी सजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नुभएको बताउन
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाका अनुसार २०८१ को एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्रछात्रा सम्मान गरिएको हो । गाउँपालिकाभित्रको विद्यालयबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ सिनाम माध्यमिक विद्यालयका रोहित शङ्खर विश्वकर्मा ९३।१८ जिपिए० सम्मानित हुनुभएको छ । यस्तै, छात्रातर्फ एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल तेल्लोक माध्यमि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.