समाज

    Showing ४,५९१-४,६०० of ९,३९० items.
  • भर्‍याङबाट लडेर एकको मृत्यु

    इटहरी । धनकुटामा भर्‍याङबाट लडेर घाइते भएकी एकजना महिलाको उपचारका क्रममा निधन भएको छ । घाइते महिलाको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिका–७, स्थित समावेशी टोल निवासी ६१ वर्षीया वर्तकुमारी राई रहनुभएको छ । शुक्रबार साँझ करिब ९ बजे घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर गम्भीर घाइते हुनुभएको राईको उपचारका क्रममा सोमबार करिब ९ बजे मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।  शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३३९ पटक पढिएको
  • इटहरी १७ नं वडा बाल सञ्जालद्वारा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    इटहरी, जेठ २४ – इटहरी उपमहानगरपालिका–१७ बाल सञ्जालद्वारा आयोजित जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। झुम्का ब्याडमिन्टन हलमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाभरका बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए।Boys Singles तर्फ:प्रथम स्थान: हेनशल खड्काद्वितीय स्थान: प्रनिश बोगटीतृतीय स्थान: दिक्षित चौधरी र नवीन पौडेलBoys Doubles तर्फ:प्रथम स्थान: हेनशल खड्का र सोनम शेर्पाद्वितीय स्थान: निरज कार्की र प्रशुन बान्तवा राईतृतीय स्थान (समान अङ्क):नयन प्रधान र दीपसन प्रधाननवीन पौडेल र अभी पराजुलीकार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नं. १७ का अध्यक्ष प्रभात कुमार चौधरीले बालबालिकालाई यस्ता

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३०७ पटक पढिएको
  • सिलिगुरीको गीताञ्जली मेङ्गो फेस्टिभलमा पहिलोपटक नेपाली संगिनी नृत्य प्रदर्शन

    इटहरी । मोरङ पथरीशनिश्चरे ३ को महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहले भारतको सिलिगुरीमा जारी ८ औं गीताञ्जली मेङ्गो फेस्टिभलमा परम्परागत संगिनी नाच प्रस्तुत गरेको छ । नेपाली र भारतीय विविध सांस्कृतिक झाँकी प्रदर्शन हुने यस महोत्सवमा नेपाली संगिनी नृत्य पहिलोपटक प्रस्तुत भएको हो । सांस्कृतिक अन्तरघुलनका रुपमा संगिनीले समेत नेपालको मौलिक संस्कृतिका रुपमा प्रस्तुत गर्ने अवसर पाएको संगिनी प्रवद्रधनका अभियन्ता पत्रकार अर्जुन काफ्लेले जनाउनु भएको छ । समूहकी अध्यक्ष देवीमाया पोख्रेलको नेतृत्वमा दुई टोलीले संगिनी प्रस्तुत गरेको थियो । संस्कार संरक्षण र परम्परागत कला जगेर्नामा सक्रिय सो समूहले नगरपालि

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ३०० पटक पढिएको
  • पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    इटहरी । पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् । पूर्

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ३२५ पटक पढिएको
  • भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमानाकामा कडाइ

    स्मृति केशी इटहरी। भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • २६४ पटक पढिएको
  • मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या

    इटहरी । मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।  ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको शव आइतबार दिउँसो मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा घोप्टिएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानबाट खड्काको हत्या छिमेकीले नै गरेको खुलेको छ। हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार आरोपित सीताको घरमा खानतलासी गर्दा मृतकले लगाएको सुनको गहना फेला परेको छ। गहनाको लोभमा वृद्धाको हत्या गरिएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान अगाडि बढ

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • २४८ पटक पढिएको
  • सुनसरीमा ८७ जनामा डेङ्गी सङ्क्रमण, देशका ७२ जिल्लामा फैलियो

    युमि राईइटहरी । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडीको तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • २३९ पटक पढिएको
  • ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित

    इटहरी। कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । नौ वटा स्थानीय तह रहेको ताप्लेजुङको हरेक पालिकाले छनोट गरेर पठाएको एक–एक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको केन्द्रका कार्यालय प्रमुख विमला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की र सिरीजङ्घा गाउँपालिकाका छत्रमान

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • २०९ पटक पढिएको
  • क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण गर्ने निर्णय

    इटहरी। कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार  सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् बिमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ३७५ पटक पढिएको
  • मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न

    इटहरी । मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नुपरेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । उक्त पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाम मार्फत पुनः जडानका लागि बोल पत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]