समाज

    Showing ४,६११-४,६२० of ११,२५४ items.
  • बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

    इटहरी। इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमबाट झापा जाँदै गरेको बोलेरो मे १ ज ३१३७० र इलामबाट पाँचथरतर्फ जाँदै गरेको मोटरसाइकल ९प्र १–०१–०१६ प १३६७० एकआपसमा ठोक्किँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीसहित १० जना घाइते हुनुभएको हो । इतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख ९एसपी० एकनारायण कोइरालाले जानकारी दिनुभयो । बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ ।  

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३४८ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने

    इटहरी । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो ।  बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक १४ गतेबाट लागू हुने गरि हरेक साताको एक दिन शुक्रबार बजार पसल बन्द हुने जनाएको छ । सङ्घले चाडपर्वमा उपभोक्ताको चापलाई मध्यनजर गर्दै करिब एक महिना सम्मका लागि बजार पसल शुक्रबार समेत खुला गरेको थियो । नेपालीहरूको महान पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडमा उपभोक्ताको चाप बढी हुने भएकाले गत भदौ २७ गते शुक्रबार देखि कात्तिक ७ गतेसम्म खुलाउने निर्णय गरेको थियो । पर्वहरू सम्पन्न भएसँग

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३६६ पटक पढिएको
  • जङ्गलभित्र लगेर कारमा आगजनी

    इटहरी। मेचीनगर नगरपालिका(१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली(चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । कार आगजनीबारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । चालकले नै वन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • २७४ पटक पढिएको
  • गृहिणीबाट उद्यमी, सीपले जीवन बदल्दै भोजपुरका महिला

    इटहरी। पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्ल

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ४९७ पटक पढिएको
  • मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक

    इटहरी । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो । मेची राजमार्गको माइखोला (राजदुवाली) सडक खण्डसहित विभिन्न स्थानमा गत असोज १८ गतेको बाढीपहि

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • २२७ पटक पढिएको
  • भान्सा घरमा आगलागी, लाखौं मूल्य बराबरको क्षति

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो । स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीको कारण नखुले पनि चुल्होमा बालिएको

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३७४ पटक पढिएको
  • लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान

    इटहरी । सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ४३२ पटक पढिएको
  • पाँचथरमा विपतको पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान

    इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपतको  पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो । त्यहाँ नेपाल रेडक्रस सोसाइटी र फालेलुङ गाउँपालिकाको सहकार्यमा यस्तो साइरन जडान गरिएको छ । साइरनले बाढी, भूकम्प, पहिरो र अत्यधिक वर्षा हुने सूचना दिनुका साथै सुरक्षित रहन आमसर्वसाधारणलाई सूचित गराउन थालेसँगै आफूहरू ढुक्क भएको स्थानीय महेश मगर बताउनुहुन्छ । गत दसैँमा भारी वर्षा भइरहँदा मध्

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३०६ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको मान्यता, अब भोजपुरको प्याउलीमै स्नातक तहसम्म अध्ययन गर्ने सुविधा

    भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा “अरुण बहुमुखी क्याम्पस” सञ्चालनमा आउने भएको छ। उक्त क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कला, कानुन र शिक्षा संकायबाट औपचारिक मान्यता प्राप्त भएको गाउँपालिकाले जनाएको छ।क्याम्पस सञ्चालनमा आएपछि भोजपुर जिल्लामा सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, समाजका बुद्धिजीवी र गाउँपालिकाको पहलमा वि.स २०७९ सालदेखि नै क्याम्पस स्थापना र सञ्चालनका तयारी हुँदै आएको थियो।क्याम्पस सञ्चालनपूर्व आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालासँग शैक्षिक कार्यक्रम, सुविधा, छात्रव

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ५७० पटक पढिएको
  • फाल्गुनन्दलाई हराउँदै कुम्मायक फाइनलमा

    पाँचथर — जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।कुम्मायकका लागि दिल सम्हाम्फेले दुई गोल गर्दै टोलीलाई जित दिलाए। दुबै गोल सुशिल लावतीको पासमा आएका थिए। खेलको पहिलो हाफमै आक्रमक सुरुवात गरेको कुम्मायकले बलमा नियन्त्रण राख्दै लगातार अवसर सिर्जना गर्‍यो। फाल्गुनन्दका खेलाडीहरूले रक्षा मजबुत बनाउने प्रयास गरे पनि कुम्मायकको संयोजन र तालमेल बलियो रह्यो।दोस्रो हाफमा पनि कुम्मायकले खेलको लय आफ्नो पक्षमा राख्न सफल रह्यो

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ७०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]