समाज

    Showing ४,७११-४,७२० of ९,३९० items.
  • इटहरीमा क्वयर समुदायद्वारा मेकअप स्टूडियो सञ्चालन

    इटहरी । इटहरी २ बरगाछिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले रेजल मेकअप स्टूडियो तथा ब्यूटी पार्लर सञ्चालनमा ल्याएका छन् । मङ्गलबार इटहरी उपमहानगरपालिका २ का वडा अध्यक्ष माधव कोइरालाले मेकअप स्टूडियोको उद्घाटन गर्नुभएको हो । क्वयर समुदायलाई स्वरोजगार तर्फ जोड्न कोशी प्रदेश सामाजिक विकाश मन्त्रालय र इटहरी उपमहानगरको आर्थिक सहयोगमा मेकअप स्टूडियो सञ्चालनमा ल्याइएको मानव कल्याण समाज इटहरीका कार्यक्रम संयोजक देव नारायण चौधरीले जानकारी दिनुभयो । क्वायर समुदायलाई विकृति र विसंगतिको पर्यायको रुपमा हेरिने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि रोजगार मूलक कार्यक्रमलाई अघि सारिएको उहाँले बताउनुभयो । त्यस्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • २६५ पटक पढिएको
  • मदन भण्डारी फाउण्डेशन, इटहरी नगर गठन

    इटहरी/ इटहरीमा मदन भण्डारी फाउण्डेशन इटहरी उप महानगर समिति गठन भएको छ । उमेश पौडेलको अध्यक्षतामा गठित समितिमा जीवन राई उपाध्यक्ष ज्ञानमणि दाहाल सचिव यशोदा सेने कोषाध्यक्ष रहेको १९ सदस्यीय उपमहानगर समिति गठन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका केन्द्रीय सदस्य प्रा.डा. बद्रीविशाल पोखरेलले नव निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुभयो । फाउण्डेन पार्टी कमिटी नरहेको पार्टीको जनवर्गीय र पेशागत संगठन पनि नरहेको यो जबज र जननेता मदन भण्डारीको योगदानलाई आम जनसमक्ष बहुआयमिक रुपमा प्रवाह गर्ने गैर नाफामुलक सामाजिक संगठन रहेको प्रमुख अतिथि पोखरेलले बताउनुभयो।कार्यक्रममा एमाले इटहरी नगर समिति उपस

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ३४४ पटक पढिएको
  • झापा र दमकमा हावाहुरी र वर्षाले विद्युत पोल धरापमा, तत्काल सुधारको माग

    इटहरी । एकसाताअघिदेखि झापाको विभिन्न ठाँउमा आएको हावाहुरी तथा वर्षाले विद्युतका पोलहरु लडाउने, बङ्ग्याउने र तारहरु लत्रने भएको छ । मुख्य सडक तथा अन्य ग्रामिण सडक आसपासका अधिकांश विद्युतका पोलहरु धरापमा परेका छन् । कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राइका अनुसार हावाहुरी र वर्षाका कारण भूईमा तार लत्रेको, पोलहरु लड्ने खतरा भएपछि विद्युत प्राधिकरणलाई यस विषयमा ध्यानकर्षण गराइएको छ । मंगलवार पाडाजुङ्गी गौरीगन्ज सडक अन्तर्गत जिम्दार चोकदेखि लखनपुरसम्म करिब ५ सय मिटर दुरीमा रहेका ५ वटा लड्न लागेका विजुलीका पोलहरुलाई सिधा बनाउने काम भएको छ । अन्य विभिन्न सडक र आसपासमा जोखिमयुक्त विद्युत पोलहरु चाँडो

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १६६ पटक पढिएको
  • मोरङ जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको एक जना थुनुवाको उपचारका क्रममा मृत्यु

    इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका १ जना थुनुवाको उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जानकारी जोशीले दिए । प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । म्याद थप भएयता उनी मोरङ प्रहरीको हिरासतमा थिए । डीएसपी जोशीका अनुसार एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १७२ पटक पढिएको
  • झापामा श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने एक व्यक्ति पक्राउ

    इटहरी । खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने झापामा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सप्तरी शम्भुनाथ नगरपालिका वडा नं। २ घर भई हाल दमक वडा नं। १ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेका छन् । गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई विष सेवन गराई ज्यान मार्न खोजेका थिए । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेको बताइएको छ । यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए । उनीहरूका एक छोरा र एक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • २७१ पटक पढिएको
  • अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    इटहरी । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोह मार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा औपचारिक घोषणा गर्नुभएको हो । अरुण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रुपक पुलामी मगरका अनुसार पालिकाले अघिल्ला दिनहरूमा सातै वडाबाट खोप सुनिश्चितताको घोषणा गरिसकेको थियो । हाल जन्मिए देखि १५ महिना सम्मका ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्रदान गरिएपछि पूर्ण खोप सुन

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १९१ पटक पढिएको
  • नोबेल अस्पतालमा कार्यरत नर्स लक्ष्मीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको दाबी

    इटहरी । नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत २४ वर्षीया स्टाफ नर्स लक्ष्मीकुमारी मण्डलको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। मृतकका परिवारजनले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। सप्तरीको महादेवा गाउँपालिका–२ घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी लक्ष्मीको शव जेठ १२ गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो। मोरङ प्रहरीले उनी सिलिङ फ्यानमा गम्छा र साडीको सहायताले झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएको छ। तर, मृतकका बाबु हनुमान मण्डलले उक्त दृश्य हत्या पछि आत्महत्या देखाउने उद्देश्यले सिर्जना गरिएको दाबी गरेका छन्। उनका अनुसार लक्ष्मी बस्ने कोठाको भेन्टिलेसन ठू

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १६२ पटक पढिएको
  • खोटाङमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई नगरपालिकाबाट बङ्गुरका पाठापाठी उपलब्ध

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत  यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभयो । करुणा फाउनडे

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १९८ पटक पढिएको
  • विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

    इटहरी । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा संलग्न भएका हुन् । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले बताए । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ३५१ पटक पढिएको
  • पहिरोका कारण भेडेटार–रवि–राँके सडकखण्ड पुनः अवरुद्ध

    इटहरी । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं। ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन । शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि  सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँप

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]