इटहरी । मोरङ जिल्लाको बेलबारी नगरपालिका–२, लालभित्तीबाट चार जना किशोरीहरू बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार उनीहरू यही जेठ १५ गते बिहान साथी भेट्न जाने भन्दै घरबाट निस्किएका थिए। तर त्यसयता उनीहरू सम्पर्कविहीन छन्।बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन् । परिवारका सदस्यहरूले धेरै प्रयास गर्दा पनि बालिकाहरूको कुनै जानकारी प्राप्त नभएपछि प्रहरीलाई खबर गरिएको हो। प्रहरी स्रोतका अनुसार खोजी का
इटहरी । झापाको मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए । हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले
इटहरी । भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताउनुभयो । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उहाँको भनाइ छ । धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, भेषभूषा, संस्कार र संस्कृति जीवन्त रा
सुन्दरहरैँचा : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको पूर्वाञ्चल एकेडेमीले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक पूर्ण रूपमा डिजिटल प्रणाली अपनाएर विद्यालय निर्वाचन सम्पन्न गर्दै गौरवपूर्वक उदाहरण स्थापित गरेको छ ।विद्यालयले नयाँ प्रविधि र पारदर्शी अभ्यासलाई समेट्दै, सम्पूर्ण निर्वाचन प्रक्रिया फोटोसहितको मतदाता परिचयपत्र प्रयोग गरी मतदान गरेको प्रधानाध्यापक दिपेन राईले जानकारी दिए।विद्यार्थीहरूको व्यक्तिगत स्टुडेन्ट आइडी नम्बर र फोटोसहितको आइडी कार्डबाट मतदान प्रणालीमा लगइन गरेर, स्मार्टबोर्डमा उम्मेदवारको चिन्हमा ट्याप गरी मतदान गर्ने प्रविधि अपनाइएको प्रधानाध्यापक राईले बताए ।मत गणन
इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि ११ बजेसम्म भएको कार्यक्रममा ८३ पिन्ट रगत सङ्कलन भएको नेकपा एमाले इटहरी अतिरिक्त क्रियाकलाप संयोजक उमेश दाहालले जानकारी दिनुभयो। रक्तदान गर्न सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरि गरिएको नेकपा एमाले इटहरी उपमहानगर कमिटी उपाध्यक्ष जितेन्द्र थापाले बताउनुभयोत्यस्तै नेकपा एमाले इटहरी उपमहानगर अध्यक्ष रुपेश बस्नेतलेले सब
इटहरी | इटहरी युथ ओपन क्र्यु र श्री राष्ट्रिय माध्यमिक विद्यालय/ट्रुपको संयुक्त आयोजनामा बिहीबार भएको एक भव्य र ऐतिहासिक स्काउट कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा हाइक, खाना पकाउने प्रतियोगिता तथा दिक्षान्त समारोह रहेको थियो, जसमा कुल ९ सय ३९ जना सहभागी भएका थिए। सहभागीमध्ये ८ सय ५६ जना स्काउट, ४६ जना स्काउटर तथा प्रतिनिधि, र ३७ जना रोभर रेन्जर रहेका थिए । इटहरीका विभिन्न विद्यालयका दुई सय बढी विद्यार्थी स्काउटका रूपमा दीक्षित भएका छन् ।कार्यक्रमको सभापतित्व राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेतले गर्नुभएको थियो। कार्यक्रम संयोजकको
झापा, दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ। १० गते दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी निर्वाचित हुनुभएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिनुभयो।घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको बत
सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा “उपमेयरसँग बालबालिका” शीर्षकको विशेष कार्यक्रम आयोजना गरिएको छ । बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यलयमा वडा नम्बर १, ३ र ५ का बालबालिकासँग “उपमेयरसँग बालबालिका” कार्यक्रम गरिएको हो ।वडा वाल संजाल र नमुना वाल संजालको संयुक्त आयोजनामा रामधुनी वडा नम्बर ३ का नव कोपिला बाल सञ्चालको अध्यक्ष प्रजवल पराजुलीको सभाअध्यक्ष तथा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले प्रमुख आतिथ्यातामा कार्यक्रम गरिएको हो ।कार्यक्रमको क्रममा बालबालिकाहरूले स्थानी
सुनसरी | इटहरी उपमहानगरपालिका–१६ मा रहेको सरस्वती जब्दी माध्यमिक विद्यालय परिसरमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना भन्दा बढी स्थानीयवासीले स्वास्थ्य सेवा लिएका छन्।शिविरको आयोजना किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि., इटहरी–१६ बालग्रामले गरेको हो भने समता युथ ग्रुप र समता गुप्त रोग स्वास्थ्य सेवा संस्था, विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। साथै, इटहरी उपमहानगरपालिका–१६ र १७ को संयुक्त सहकार्यमा यो शिविर सफलतापूर्वक सम्पन्न भएको हो।शिविरमा सहभागी भएका विशेषज्ञ चिकित्सकहरूको टोलीले पाइल्स (अर्श), फिस्टुला, फिसर, हाइड्रोसिल, गाठागुठी लगायत गुप्त रोगहरूको
खुसीप्रसाद थारू कांग्रेस कोटाबाट न्यायाधीश बनेका हुन् । न्यायपरिषद्को २८ पुस ०७३ मा बसेको बैठकले उनीसहित ८० जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । त्यतिवेला अहिलेका गृहमन्त्री रमेश लेखकले ‘आफ्नो पार्टीका यति जना न्यायाधीश बनाउनैपर्छ’ भनेर आफूसँग आउँदा झगडा नै परेको प्रसंग कार्कीले सार्वजनिक रूपमै बोलेकी छिन् ।थारूले विशेष अदालतको न्यायाधीश हुँदा ३ फागुन ०८० मा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएका थिए । संयुक्त इजलास भए पनि लिड थारूले नै गरेका थिए । कतिसम्म भने ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.