समाज

    Showing ४,८०१-४,८१० of ९,३९९ items.
  • विश्व थाइराइड दिवसको अवसरमा इटहरीमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न

    इटहरी । आज जेष्ठ ११ गते अर्थात विश्व थाइराइड दिवस, नेपालका विभिन्न स्थानमा झैँ इटहरीमा पनि जनचेतनाका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर इटहरीमा पनि इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ । जनचेतनाका कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको इटहरी जेसिजका महासचिव मिलन कार्कीले बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. गुन्जन त्रीतालले थाइराइड सम्बन्धी जनचेतना फैलाउन पर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर नै आज थाइराइड दिवस मनाइ राखिएको बताउनुभयो । बि

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३७१ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने

    इटहरी । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा आगामी जेठ १५ र १६ गते नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको हो । नगरले आज पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राई हितका साहित्यकारको सहभागीता रहने छ । १५ गते फिक्कल बजारमा प्रभावफेरी सहित कार्यक्रम उद्घाटन गरीने नगरका शिक्षा शाखा प्रमुख तथा नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिनुभयो । उहाँका अ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २२७ पटक पढिएको
  • बिकल पौडेल नेपाल खेलकुद महासंघ सुनसरीको अध्यक्षमा निर्वाचित

    सुनसरी | नेपाल खेलकुद महासंघ सुनसरीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा बिकल पौडेल निर्वाचित हुनुभएको छ।सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयका आधारमा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित भएपछि पौडेलले खेलकुद क्षेत्रको सशक्त विकास र संस्थागत सुदृढीकरणमा आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभयो। "जिम्मेवारी गम्भीर छ, तर समर्पणका साथ काम गर्छु," पौडेलले अधिवेशनपछिको मन्तव्यमा भन्नुभयो।उहाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहनुभएको थियो। घोषले खेलकुद क्षे

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ५५९ पटक पढिएको
  • संखुवासभाबाट ९ जना जुवाडे पक्राउ

    इटहरी । खाँदबारी नगरपालिका(९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २७५ पटक पढिएको
  • विषाक्त च्याउ खाएका तीनजनाको मृत्यु

    इटहरी  । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सूचना अधिकारी डा। अनुपम घिमिरेका अनुसार, ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । मनीषा र नुमाको उपचारका क्रममा मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा यसअघि नै मृत्यु भएको थियो । आइतबार बीएन्डसी अस्पतालमा लावतीको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २७२ पटक पढिएको
  • उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

    इटहरी । उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३६४ पटक पढिएको
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    इटहरी । धरान उपमहानगरपालिका वडा नं। १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ  । पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई प्र। १(०२(०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३१४ पटक पढिएको
  • इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

    इटहरी । जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । जङ्गली च्याउ पकाएर खाँदा इलामको माङ्सेबुङ – ५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो । जङ्गली च्याउ खाँदा सोहि स्थानका धनराज साङबाङ बिरामी पर्नु भएको छ । सूर्योदय नगरपालिकाको अन्तुमा काम गर्न जादा उनीहरुले जङ्गलबाट सङ्कलन गरेर ल्याएको च्याउ खाएको प्रहरीले जनाएको छ । च्याउ खाएको केहि समयपछि बान्ता हुने, पेट दुख्ने जस्ता समस्या भएपछि उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टम गरी आफन्तको

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २६२ पटक पढिएको
  • उर्लाबारीमा विकास योजनाको तीव्र गति, नगरस्तरीय टोलीद्वारा अनुगमन

    इटहरी । उर्लाबारी नगरपालिकामा चालु आर्थिक वर्षका विकास निर्माण लगायतका योजनाहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । नगरपालिकाले विभिन्न वडामा सञ्चालित योजनाहरूको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न नगरस्तरीय अनुगमन टोली खटाएको छ । अनुगमन टोलीको संयोजन नगर उपप्रमुख मीना खतिवडा पौडेलले गरिरहनुभएको छ । टोलीमा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, अनुगमन समिति सदस्यहरू कृष्णमाया कडरिया, कृष्ण वर्देवा, इन्जिनियर पोखराज साह लगायतका प्राविधिकहरू सहभागी थिए । टोलीले सडक, ढल, खानेपानी, भवन निर्माण लगायतका योजनाको स्थलगत निरीक्षण गरेको छ । अनुगमनका क्रममा कतिपय योजनामा प्रगति सन्तोषजनक रहेको देखिएको छ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २३९ पटक पढिएको
  • पथरी शनिश्चरे नगर उप–प्रमुख काफ्लेद्वारा कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । वडा नं. १० मा रहेको  जिरीखिम्ती खेल मैदानमा क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले ब्याट वितरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा आयोजक डाँस मोरङ्गी क्रिकेट टिम र इस्टर्न बुलेट क्रिकेट टिम दुहवी बीच भएको थियो । पहिलो खेलमा डाँस मोरङ्गी क्रिकेट टिम बिजयी भएको थियो । इस्टन बुलेट क्रिकेट टिम दुहबीले दिएको ९५ रनको टार्गेटलाई पथरी शनिश्चरे वडा नं १० स्थित डाँस मोरङ्गी क्रिकेट टिमले ३ विकेट गुमाउँदै ११ ओभरमा ७ विकेटले

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]