इटहरी । बर्जु गाउँपालिकाले अपाङ्गता भएका करिब १ सय जना नागरिकहरूलाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति दिलाउने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक र छडी जस्ता सहायक उपकरणहरू वितरण गरिएको थियो । यो सहायता वितरण कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा सांसद भगवती चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा च
इटहरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्वामित्वको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहित भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नविन पौडेल, पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राईले उक्त ज्ञापनपत्र मार्फत पाँच दशक भन्दा लामो समयदेखि जमिनमा भोगचलन गर्दै आएका नागरिकहरूलाई स्थायी स्वामित्व दिन सरकारलाई आग्रह समेत गर्नु भएको हो । नगरप्रमुख सहितको प्रतिनिधिमण्डलले राजधानी काठमाडौंमा पुगेर सम्बन्धित निका
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जनता चौकको खेल मैदानमा पहिलो पटक आयोजना गरिएको कोशी प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले गर्नुभएको हो । प्रतियोगिताको पहिलो खेलमा इनरुवाले दुहवीलाई ५४–२६ अंकले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरिका १० जिल्लाका १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जनता युवा क्लबको आयोजनामा, भोक्राहा नरसिंह, हरिनगर, र कोशी गाउँपालिकाको सहआयोजनामा तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष सहयो
इटहरी । भोजपुरको ग्रामीण क्षेत्रहरुमा संचालन गरिएका निशुल्क शिविरहरु प्रभावकारी बनेका छन् । पालिकासँगको समन्यवयमा नेपाल नेत्र ज्योति संघ भोजपुरले जिल्लाको तीन पालिकामा संचालन गरेको शिविरमा १ सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिव ७ सयको उपचार भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बिशेष प्राथमिकता दिएर गरिएको शिविर जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा संचालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । तीन पालिकामा भएको शिविरमा १ सय २७ जनाको शल्यक्रिया र ६ सय ८५ जनाको आँखा परीक्ष
इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ स्थित सिक्रेटार क्षेत्रका कैलाश पर्वत र हरित हिलको संरक्षण तथा विकास कार्य सुरु गरिएको छ । यो सुन्दर प्राकृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण कार्य अघि बढाइएको हो । वडाध्यक्ष कुमार थापाका अनुसार, कैलाश पर्वतसम्म पुग्न पदमार्ग निर्माण भइरहेको छ। यसका लागि प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको बजेट प्रयोग गरिएको छ । साथै, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिल सम्म पुग्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा
इटहरी । इटहरी उपमहानगरपालिका–२ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ४८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा ४३ वर्ष सेवा गर्नुभएका पूर्व प्रधानाध्यापक पदमकुमार थापालाई विशेष सम्मान सहित बिदाइ गरिएको हो । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । यस अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । साथै कक्षा १ देखि ५ सम्मका सबै छात्रा तथा सोही तह सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका वर्तमान प्रधानाध्यापक मेदनकुमार घिमिरेले वि
इटहरी । हरेक आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम हुनु अगाडि मध्यमकालिन खर्च संरचना सम्बन्धी योजना तयार गर्नु पर्ने भन्दै दुहबी नगरपालिकाको आयोजना र पाथिभरा अनुसन्धान सेवा एबम परामर्श सेवा प्राली ताप्लेजुङको समन्वयमा एक दिने कार्यशाला गोष्ठि समापन भएको छ । प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले कार्यशालाको उद्देश्य र यसको अपरिहार्यता स्पष्ट पार्नुभएको थियो । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारको अध्यक्षतामा आयोजित गोष्ठीमा वडा नम्बर १ देखि १२ सम्
इटहरी । खोटाङको सावा खोलामा पक्की पुल निर्वाण भएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानमति घाटमा पक्की पुल निर्माण गरि शनिबारदेखि संचालनमा ल्याइएको छ। यो पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानमा सावाखोलामा ४१।४० लम्बाइ र ८।४० मिटर चौडाइको पक्की पुल निर्माण गरिएको छ। उक्त पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। पुल उद्घाटन गर्दै मन्त्री राईले खोटाङको विकासमा प्रदेश सरकारले
इटहरी। विवाह कार्यक्रम भइरहेका बेला मोरङको धनपालथानमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। धनपालथान गाउँपालिका–६ कदमहास्थित बिहे घरमा शुक्रबार राति दुई पक्षबीच झडप भएको हो। स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा राति ११ः३० बजेतिर झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। नाचगान गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो। मदिरा सेवन गरेका जन्ती र घरगाउँले बीच बढेको विवाद बढेर भडप भएको थियो। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामा लगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो । नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९र०८० देखि २०८१र०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी कार्य सम्पादन गर्दै आएकोे बताउनुभयो । नगरपालिकाले तीन आर्थिक वर्षमा कुल एक अर्ब ७१ करोड ८१ लाख दुई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.