इटहरी । टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि भएको छ । वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो । भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताउनुभयो ।
इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज आगामी असार ५ र ६ गते इटहरीस्थित रोयल रिसोर्टमा आयोजना हुने भएको छ । इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता र प्रस्तुतीकरण प्रदर्शन गर्नेछन् । प्रतियोगितामा अडिसन, प्रिलिमिनरी र फाइनल चरण रहनेछन्, जसको मुल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्
इटहरी । कर्मचारी नहुँदा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा ठप्प भएको छ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा इलाका प्रसाशन कार्यालयले दिँदै आएको नागरिकता वितरणलगायतका सेवा ठप्प भएको हो । जेठ ६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणीकरण एवम् सिफारिस गर्ने, नाबालक परिचय–पत्र प्रदानलगायतका सेवा रोकिएको हो । गृह मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा सेवा ठप्प भएपछि नागरिकले पुनः जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता दोहोरिएको छ । गृह मन्त्रालयले इलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका ल
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गर्ने भएको छ । नगरपालिकाले कार्यक्रममा सहभागी हुन नगर क्षेत्रका दम्पतीलाई आह्वान गरेको छ । ढुकुर चरालाई प्रेमको प्रतीक मानिने भएकोले त्यही चराको जोडीलाई सम्झाउने दम्पती छनोट गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । परिवार र समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी शुरू गरेको हो । नगरपालिकाका अनुसार १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्वीर वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । नगरपालिकाका अनुसार विवाह गरेको १
इटहरी । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो । बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हल
इटहरी । धनकुटाको साँगुरीगढी–६, भेडेटार चोकबाट प्रहरीले ५१ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १(०२(००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा छतमा राखिएको जेब्रा झोला र दुई वटा बोरामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाडीमा सवार शहीदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । गाडी चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका–७, बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।
इटहरी । संखुवासभाका जनप्रतिनिधिहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। १० वटै स्थानीय तह संचार नीति ल्याउन तयार रहेको उनीहरुको भनाइ छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशले बुधवार आयोजना गरेको अन्तरसंबाद कार्यक्रममा जनप्रतिनिधिहरुले लोकतन्त्र स्थापनाका लागि पत्रकारले खेलेको भुमिका प्रभावकारी भएको बताए। उनीहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले संचार नीति ड्राफ्ट गरेर सबै स्थानीय तहमा पेश गर्न आग्रह गरे । पत्रकारलाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना गर्न सकिने
इटहरी । धनकुटाको साँगुरीगढी–६, भेडेटार चोकबाट प्रहरीले ५१ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १(०२(००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा छतमा राखिएको जेब्रा झोला र दुई वटा बोरामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाडीमा सवार शहीदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । गाडी चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका–७, बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।
इटहरी । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभया । सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो । बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्त
इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गर्नुभएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिनुभयो । यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको राससलाई बताउनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गर्नुभएको हो।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.