इटहरी । धनकुटा नगरपालिका ८ शिववेशी का ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोडिरहेको अवस्थामा विद्युतको पोलबाट आचानक तार चुँडिएर भुइँमा झर्दा राईलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट नजिक रहेको फाबेन इन होटलमा बिहीबार फाइनल २६ जना किशोरीहरुले १० दिने विभीन्न तालिम पश्चात फोटो तथा भिडियोसुट गरेका हुन् । फोटो तथा भिडियोसुटमा सहभागी किशोरीहरु निकै उत्साहित देखिएका थिए ।तालिमका क्रममा उनीहरुले सिकेका ज्ञान र अनुभवलाई क्यामेरामार्फत प्रस्तुत गर्ने अवसर उनीहरूले पाएका थिए । विभिन्न पोजमा तस्वीर खिचाउँदै उनीहरुले आफ्नो आत्मविश्वास र कला प्रदर्शन भिडियो मार्फत पनि गरेका थिए । यो प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छि
इटहरी । मोरङको रतुवामाई नगरपालिका–२ घरु चोकबाट लागुऔषध खैरो हेरोइनब्राउन सुगर सहित चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूसँगै लागुऔषध ओसारपसारमा प्रयोग भएको दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त टोलीले शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–९ का २५ वर्षीय मनिष राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरीशनिश्चरे नगरपालिका–२ का ३१ वर्षीय बुद्धिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन्। मनिष र डिकेन्द्र मे ९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार थिए भन
सुनसरी | सुनसरीको गढी गाउँपालिकामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुदृढीकरण तथा जीवनस्तर उकास्ने उद्देश्यका साथ दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकास्थित औरावनी स्वास्थ्य चौकी गढीमा आयोजित कार्यक्रमले गढीका दर्जनौं ज्येष्ठ नागरिकलाई लक्षित गरी पहिलो पटक निःशुल्क नयाँ दाँत प्रदान गरिएको हो।कार्यक्रम पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको विशेष पहलमा सम्पन्न भएको हो। चौधरीको पहलमा गढी गाउँपालिकाको समन्वय र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि. इटहरीको प्राविधिक साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिकहरू
इटहरी– पूर्वी नेपालमै पहिलो पटक ‘घर निर्माण फेस्ट’ (महोत्सव) आयोजना हुने भएको छ। घर निर्माण फाउण्डेसनको आयोजनामा हुन लागेको उक्त कार्यक्रम जेष्ठ ३ गते शनिबार इटहरीस्थित होटल रोयल रिसोर्टमा हुने भएको छ ।फाउण्डेसनका संस्थापक प्रशान्त प्रधानका अनुसार महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मत सम्भारसम्बन्धी सीप, प्रविधि र जानकारी प्रदान गर्नु हो ।कार्यक्रममा घरधनी, निर्माण व्यवसायी, इञ्जिनियर, वास्तुकार, उद्यमी, विद्यार्थी लगायत इच्छुक सबै पक्षले एउटै छानामुनि निर्माण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउनेछन्। साथै, आधुनिक तथा पारम्परिक घर डिजाइन, खाली स्थानको उपय
इटहरी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा मकैको उत्पादकत्व समेत वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा १ लाख ४१ हजार ११८ दशमलव ८० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ६ दशमलव ९० मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष प्रति हेक्टर उत्पादन सात मेट्रिक टन पुगेको छ । किसानले समयमा मल र सिँचाइ गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनु भयो । आ
इटहरी । दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ । लामो समय निर्माण प्रक्रिया रोकिएर पुनः निर्माण थालेको ठेकदार कम्पनीले २०८२ को दशैंमा कार्यालय सर्ने गरी काम गरिरहेको छ । नगरपालिकाका लेखा अधिकृत एवम् सुचना अधिकारी निता सिग्देलका अनुसार हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ३७ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ । अबको काम वाल फिनिसिङ, विद्युत वाइरिङ, धारा जडान, मार्वल विच्छ्याउने मात्र बाँकी छ ।निर्माण कम्पनीले दशैं सम्ममा सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।साविकका महादेवा, झुर्किया, सिंजुवा, इटहरा गाव
इटहरी । संखुवासभाको चैनपुर नगरपालिका ८ मानेडाँडास्थित चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतीक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । डाक्टरले चेकजाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो ।घाइते भएका तीन जनालाई थप उपचार भइरहेको छ ।
इटहरी । मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मङ्गलबारेमा बिहीबार राति ११ः१५ बजेतिर दुर्घटना भएको हो । पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । प्रहरीका अनुसार ट्याङ्करमा चिनी मिलबाट निस्किएको छुवा लोड गरिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको डीएसपी जोशीले
इटहरी । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो । ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् । यो बाटो भए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.