इटहरी । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो । ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् । यो बाटो भए
इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक जमिनमा कानुनविपरीत निर्माण गरिएका दर्जनभन्दा धेरै घरटहरा बिहीबार डोजर लगाएर भत्काएको छ । नगरपालिकाले त्रियुगा बसपार्क विस्तारका लागि वडा नम्बर ३ स्थित बसपार्क क्षेत्रमा रहेका सबै अवैध संरचना भत्काएको हो । उक्त क्षेत्रमा सार्वजनिक ऐलानी जग्गामा बनेका व्यक्तिविशेषका नौवटा घर भत्काइएको वडा नम्बर ३ का वडाध्यक्ष तिलकबहादुर कटुवालले बताउनुभयो । जिल्ला अदालत उदयपुरको २०७६ साल जेठ ५ को आदेश अनुसार त्रियुगा बसपार्क विस्तार गर्न नगरपालिकाले कानुनी प्रव्रिmया पूरा गरी सूचना जारी गरेर स्वयम् घरटहरा निर्माणकर्तालाई आफैँ हट्न पटक पटक सूचना दिएको थियो । त्यसपछि
भोजपुर | सुशासन, पारदर्शिता र जवाफदेहितामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका शुन्य बेरुजुको नजिक पुगेको छ। महालेखापरीक्षक को सार्वजनिक ६२ औं प्रतिवेदनअनुसार रामप्रसादराई गाउँपालिका ०.१२ प्रतिशत मात्र बेरुजु देखिएको छ, जुन उल्लेखनीय प्रगति मानिन्छ। महालेखा परिक्षकको कार्यालयले ६२ औं प्रतिबेदन सार्बजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार कोशी प्रदेशको गाउँपालिकामा यश गाउपालिका न्यून बेरुजुमा प्रथम भएको छ भने कोशी प्रदेशको समग्रमा दोस्रो नम्बरमा रहेकोछ। त्यैसैगरी देश भरिका ७५३ स्थानीय तहमा गाउपालिकाको सुचिमा ६ औं र समग्र देशभरिमा ९ औं स्थानमा रहेको र स्थानीय त
इटहरी । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरीबाट एक सय ८० जना धार्मिक श्रद्धालु साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् । हज समितिको समन्वयमा आवश्यक तयारी पुरा भई यात्रुहरू अगामी जेष्ठ ३ गते शनिबारदेखि पवित्र भूमि साउदीको मक्का मदिनातर्फ प्रस्थान गर्ने भएका छन् । सुनसरीका हाज यात्रीहरु विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने जनाएको छ । अगामी जेष्ठ ३ गते शनिबार पहिलो चरणमा ५५ जना हज यात्री, एक जना एम्बेस्सीका प्रतिनिधि, २ जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । यसैगरी जेष्ठ ४
इटहरी । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी याक पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् । पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् । सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थि
इटहरी । गृहमन्त्री रमेश लेखकले यहाँ आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा बैठकमा खुला सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइरहे पनि विशेष गरी सुनसरी र मोरङ जिल्लाका विभिन्न सिमा नाकाबाट अवैध तस्करीको घटना भइरहेको दाबी गरिएको छ । सिमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको सेटिङमा व्यापक रूपमा तस्करी हुने क्रम बढेको छ । सिमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेसँगै प्रादेशिक तहबाट त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निकायले थप सक्रियता देखाएको दाबी गरे पनि तस्करी
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप हराए । ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराएको थियो । विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिए । हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष लाग्यो । बुधबार प्रहरी, शिक्षक र वडाअध्
इटहरी । ट्याम्के मैयुङ साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा चोमोलुङ्मा सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेल विकास गरेको हो । चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको विकास ग
इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । सङ्घीय सरकारको विनियोजित १२ करोड बजेट बाट निर्मित भवनको प्रहरी महानिरीक्षक दीपक थापाले एक समारोहका साथ उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भौतिक संरचनाहरूमा कार्यालय, हिरासत भवन, ब्यारेक भवन, कार्यालय प्रमुख आवास , सिनियर प्रहरी आवास, भान्सा घर तथा शौचालय, स्नान घरलगायत छन् । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा, प्रमुख जिल्ला अध
इटहरी । मोरङको बेलबारी नगरपालिका भित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत सात सय ७९ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको हो । विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए । कतिपय विद्यार्थीलाई किताब कापी हातमै बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो,’ गिरीले भने, ‘अब उनीहरूको पठनपाठन सहज हुने व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.