इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री, पशु–चौपाया बाँध्ने कार्य तथा बिक्रि–वितरणका सामग्रीले सडक अवरुद्ध भई सवारी सञ्चालन र पैदल यात्रु आवतजावतमा समस्या भएको भन्दै ७ दिनभित्र हटाउन आग्रह गरेको छ।उपमहानगरद्वारा जारी सूचनामा सडक दुर्घटनाको जोखिम समेत बढेकाले सडक/बाटो क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन, पशु–चौपाया नबाँध्न तथा सडकमा अवरोध हुने कुनै पनि कार्य नगर्न नगरवासीलाई अनुरोध गरिएको छ।सूचनाको अवज्ञा गरी सडक अवरोध हुने गरी कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।इटहरी उपमहानगरपालिकाले यसअघि पनि सडक व्यवस्थापन र द
इटहरी । कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका(२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो । सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका(४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
इटहरी। यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले(टिएमजे)क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गर्नु । उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना ग
इटहरी । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर–चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका९५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासी आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो। स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका ५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो । यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार
इटहरी। तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा तारावीर श्रेष्ठ निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न सङ्घको १२औँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक नरेश ढुङ्गानाले बताउनु भयो। सङ्घको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, प्रथम उपाध्यक्षमा धर्मसिं खड्का, द्वितीय उपाध्यक्षमा लोमनाथ ढुङ्गाना, महासचिवमा शरदमणि दाहाल, सचिवमा दुर्गानारायण भण्डारी र कोषाध्यक्षमा रोशन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यमा दिलबहादुर विष्ट, जीवन ढकाल, लालबहादुर लोहार, विमला फोम्बो, चन्द्रप्रकाश ढुङ्गाना, चिरञ्जीवी खनाल, रिवाज राई र सुरजकुमार श्रेष्ठ नि
इटहरी। झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबलु प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विजेता चारपानेले नगद एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको दुधे भेट्रानले ६७ हजार रुपैयाँमा चित्त बुझाएको छ । चारपानेको जितमा कमल खबासले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलभरि दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि दुधे भेट्रानले गोल फर्काउन सकेन । प्रतियोगिताको विधागततर्फ चारपानेका अङ
इटहरी । उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई रौतामाई गाउँपालिकाको वडा ३ को भदौरेस्थित सुनकोशीको किनारमा मृत अवस्थामा फेला परेका छन् । पाँच दिनअघि निज सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जानेक्रममा लिम्चुङबुङ गाँउपालिका वडा ४ सानरलुङस्थित सुनकोशी नदीबाट उहाँ बेपत्ता हुनुभएकोमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतामाई गाँउपालिका वडा ३ भदौरे स्थित सुनकोशी नदी किनारामा आज अपरान्ह निजको लास फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली खटिई गई आवश्यक कानुनी प्रकिया पुरा गरी जिल्ला अस्पताल उदयपुरमा पोष
इटहरी । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला इटहरीमा सञ्चालन हुने भएको छ। बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन्।आयोजकका अनुसार मेलामा आकर्षक मूल्याङ्कन, निःशुल्क सामग्रीहरू, एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, 0 % प्रतिशत सर्भिस चार्ज, आकर्षक नगद छुट लगायत सुविधा उपलब्ध रहनेछन्। साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ।एक्सचेञ्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसह
इटहरी । मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ३८ लाख ६७ हजार १३७ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८२–८३ को पछिल्लो नौ महिना अर्थात चैत मसान्तसम्ममा दुई करोड ७३ लाख २७ हजार १९३ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो ।गत आर्थिक वर्षमा रजिस्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड २६ लाख ३९ हजार ७९८ रुपियाँ र
इटहरी। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।नेपाली सेनाको श्री नं। १८ वाहिनी अड्डा, भुल्के ९उदयपुर०को आयोजनामा वैशाख २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा खोटाङ जिल्लामा तैनाथ श्री रणभीम गणले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान हासिल गरेको छ । यसैगरी श्री दुर्गाबक्स गण ९ओखलढुङ्गा० दोस्रो र उदयपुरमा तैनाथ श्री पशुपतिप्रसाद गण तेस्रो भएका छन् ।प्रतियोगिताको समापन गर्दै वाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले विजयी टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.