इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा पीभीएसटीएम ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । २५ जुलाई २०२६ मा प्रिमियर ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकर पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रस
इटहरी। सुनसरीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र बर्जुतालको संरक्षण र विकासका लागि सङ्घीय सरकारले काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा रहेको बर्जुताल भ्रमण अवलोकनका क्रममा मन्त्री पौडेलले तालको संरक्षण, विकास तथा पर्यटकीय प्रवर्धन सरकारको प्राथमिकतामा रहने बताउनुभयो । उहाँले तालको विकासमा स्थानीय र प्रदेश सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यहाँको वन, संरचना र अन्य पर्यटन विकासका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो व्रmममा सुनसरी निर्वाचन क्षेत्र नं। ३ का सांसद अशोक चौधरीले ताल
इटहरी । इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।माइजोगमाई गाउँपालिका वडा नं।६ र वडा नं।२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल हुनु भएको हो । आइतबार बिहानै चरा तथा वन्यजन्तुको खोजी गर्ने क्रममा उक्त भालु भेटिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्
इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित भेडेटार–मान्दावा सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।शुक्रबार राति ११स्५५ बजे प्रहरी चौकी भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमान्डमा खटिएको टोलीले शंकास्पद रूपमा जाँच गर्दा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र साँगुरीगढी–३ मादेनका ३२ वर्षीय मदन याखा रहेका छन्। लिम्बूले चलाएको को २ ह १२९ नम्बरको टेम्पो जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी बिक्रीका लागि लैजाँदै गरेको ७२ किलो ३५ ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहर
इटहरी । पूर्वी नेपालमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति बढ्दो जनगुनासोपछि नेपाल विद्युत् प्राधिकरण सक्रिय बनेको छ।विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित बनाउन प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको हो। विराटनगरलगायत पूर्वी क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्यालाई तत्काल समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आवश्यक पहल गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा न
इटहरी । सुनसरी प्रहरीले रु। ७ लाख ९५ हजार बराबरका भन्सार छलीका लत्ताकपडा तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी पुगेपछि को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ सामान र मोटरसाइकल छाडेर फरार भएका थिए।प्रहरीले घटनास्थलबाट अनुमानित रु। ७ लाख ९५ हजार बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीन वटा मोटरसाइकल बरामद गरेको जनाएक
इटहरी । बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। राति करिब ११ बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्माको साथबाट २ ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अ
इटहरी । मोरङ र सुनसरीमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको मिनी ट्रकको ठक्करबाट ज्यान गएको छ भने अर्का एक जना मोटरसाइकल दुर्घटनामा परेका हुन्। कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्प नजिक साँझ करिब ५ः२० बजे मिनी ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो। विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो काट्दै गरेका बेलबारी नगरपालिका–५ निवासी ४५ वर्षीय सन्ते खवासलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका खवासलाई तत्काल विराट शिक्षण अस्पताल पुर्या
इटहरी । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौँ कार्यकालमा हासिल भएका प्रगति र आगामी योजनाबारे जानकारी गराएको छ। ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख नागरिकलाई चौबीसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराइरहेको जनाएको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बिर्तामोड नगरपालिकाका सबै १० वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नं। ५, ६ र ११ का केही क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको जानकारी दिए। उनका अनुसार ३ वटा ओभरहेड ट्यांकी, थप २ आयोजना र ५७५ कि
इटहरी । मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ। सुनवर्षी–९ डाइनियास्थित मुस्लिम टोल निवासी जफारुल मियाँकी छोरी कायानत खातुन शुक्रबार साँझ घरदेखि करिब २०० मिटर पूर्व रहेको घाँसीबारीमा मृत अवस्थामा भेटिएकी हुन्।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार बालिका शुक्रबार अपराह्नदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा घाँसीबारीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको प्रहरीले जनाएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.