समाज

    Showing ५४१-५५० of १०,२५३ items.
  • अर्थ मन्त्रालयको परिपत्रपछि मोरङका स्थानीय तहद्वारा कृषि अनुदान र स्वास्थ्य बिमा शुल्क भुक्तानी बन्द,उत्पादन लागत बढेर किसान पेसाबाटै विमुख हुने खतरा

    इटहरी  । स्थानीय तहले कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न दिँदै आएको सहुलियतपूर्ण कार्यक्रम संघीय सरकारको निर्देशनपछि प्रभावित भएको छ। अर्थ मन्त्रालयले स्थानीय तहलाई विद्युत् महसुललगायत विभिन्न शीर्षकमा गरिँदै आएको भुक्तानी रोक्न निर्देशन दिएपछि किसान निराश भएका छन्।मोरङको रतुवामाई नगरपालिकालगायत आधा दर्जन स्थानीय तहले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई दिँदै आएको सिँचाइ विद्युत् महसुल अनुदान अब रोकिएको छ। सरकारको निर्णयबाट कृषि क्षेत्रमा प्रत्यक्ष असर पर्ने भन्दै किसान चिन्तित बनेका छन्।रतुवामाई नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै विगतका आर्थिक वर्षदेखि निरन्तर द

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २३८ पटक पढिएको
  • पहिरोले मेची राजमार्ग ठप्प बनेपछि पर्यटन, होटेल र व्यापार ठप्प, बैङ्कको किस्ता र कर छुटको माग गर्दै इलामवासीले गरे विपत् सङ्कटग्रस्त क्षेत्र घोषणाको माग

    इटहरी। राजमार्गसहितका वैकल्पिक सडक अवरुद्ध भइरहँदा दैनिक उपभोग्य सामग्री अभावदेखि आर्थिक मन्दी भएपछि जिल्लावासीले इलामलाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्डमा पहिरो गएपछि झापाबाट इलाम सदरमुुकामसहित पाँचथर र ताप्लेजुुङसम्मको सोझो यातायात सम्पर्क टुटेको छ । करिब एक महिनायता राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि र वैकल्पिक सडक पनि भरपर्दा नहुँदा इलाम बजार, बिब्ल्याँटे, पुवाखोलासहित जिल्लाका उत्तर पूर्वी र पश्चिमी क्षेत्रमा समेत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । जिल्लामा इन्धन, खाना पकाउने ग्यासलगाय

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ९७ पटक पढिएको
  • निर्वाचन क्षेत्र पुगेर जनताका गुनासो सुन्दै रास्वपा सांसदहरू, दमक र बिर्तामोडमा हात्ती आतंक, पूर्वाधार र मलखादका समस्याबारे प्रत्यक्ष संवाद

    इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केही प्रतिनिधि सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकका गुनासो सुन्ने, सरकारी कार्यालयको अनुगमन गर्ने र सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन थालेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर–१ की प्रतिनिधि सभा सदस्य तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी र प्रतिनिधि सभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर विगत एक सातादेखि निर्वाचन क्षेत्रका पालिका, सरकारी कार्यालय र स्थानीय समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । उहाँहरूले सेवा प्रवाहको अवस्था बुझ्नुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षालाई टिपोट गर्द

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ११९ पटक पढिएको
  • झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

    इटहरी ।  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिनुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्क

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ६८ पटक पढिएको
  • पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट भरुवा बन्दुक सहित एक पक्राउ

    इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बन्दुक पड्किए जस्तो आवाज आएको सूचनापछि खटेको प्रहरी टोलील ४० वर्षका स्थानीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो । प्रहरीले शेर्माका साथबाट एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने चार थान छर्रा ९गोली० बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले जानकारी दिनुभयो । शुक्रबार पक्राउ परेका शेर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको उहाँले ब

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ६९ पटक पढिएको
  • झापामा शिशुको डायपरमा ब्राउन सुगर, तीन जना पक्राउ

    इटहरी। झापामा लागुऔषध कारोबारीहरूले प्रहरीलाई छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेका छन्। कहिले जुत्ताको तलुवा, कहिले सवारीसाधनको गोप्य भाग, कहिले कपडाको सिलाइभित्र त कहिले खाद्यान्नका प्याकेटमा लुकाएर लागुऔषध ओसारपसार हुने गरेको छ।तर यसपटक झापाको भद्रपुरमा प्रहरीले फेला पारेको घटना निकै गम्भीर र स्तब्ध बनाउने खालको रहेको छ। लागुऔषध ब्राउन सुगर कुनै झोला वा सवारीसाधनको गोप्य भागमा नभई दुई महिनाको शिशुले लगाएको डायपरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।बुधबार साँझ करिब ५ः१५ बजे भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एउटा अटोलाई शंकाका आ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ६८ पटक पढिएको
  • इलाका प्रहरी कार्यालय पथरी लागू औषध तथा अपराध नियन्त्रणमा सक्रिय

    इटहरी । इलाका प्रहरी कार्यालय पथरीले लागू औषध नियन्त्रण, अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न निरन्तर सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। कार्यालयले आज बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गत असार महिनामा भएका गतिविधिबारे जानकारी गराएको हो।कार्यालय प्रमुख डीएसपी वीरदत्त पन्तका अनुसार असार महिनामा विभिन्न मुद्दामा २७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये जबरजस्ती करणी जस्तो जघन्य अपराधमा २ जना, लागू औषध सम्बन्धी कसुरमा १० जना, चन्दा असुलीमा १ जना र चेक ठगीमा १ जना रहेका छन्। त्यस्तै, झुण्डिएर आत्महत्याका ५ वटा तथा भवितव्य ज्यान गएका ४ वटा घटनाको अभिलेख रहेको प्रहरील

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३६ पटक पढिएको
  • धनकुटामा १ सय ६६ जनालाई घरमै राहदानी वितरण

    इटहरी । धनकुटाका ७ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो। सेवाग्राहीलाई कार्यालय सम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। हुलाक सेवा विभाग मार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार हालसम्म ८ पटकमा १ सय ६६ जनाले घरमै राहदानी सेवा लिएको छन्। जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ८४ पटक पढिएको
  • तरहरा कोरा २०२६ ः स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धनमा ६ सय भन्दा बढी साइकलप्रेमी सहभागी हुँदै

    इटहरी । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि च्यारिटी साइकल यात्रा’ भन्ने मूल नाराका साथ तरहरा साइकलिङ क्लबले ‘तरहरा कोरा २०२६’ आयोजना गर्ने भएको छ । सामाजिक उत्तरदायित्व र परोपकारी उद्देश्यलाई केन्द्रमा राखेर सञ्चालन गरिने कार्यक्रम आगामी २०८३ साल साउन ९ गते शनिबार आयोजना हुने बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो। आयोजकका अनुसार सहभागीहरू बिहान ५ः३० बजे उपस्थित हुनेछन् भने ६ः३० बजे औपचारिक उद्घाटनपछि ६ः४५ बजे साइकल यात्रा सुरु हुनेछ। तरहरा चोकबाट सुरु हुने यात्रा २६.१ किलोमिटर दूरी पार गर्दै बिहान १०ः३० बजे श्री जनसहयोग माध्यमिक विद्यालयमा पुगेर समापन हुनेछ। कार्यक्रममा ५५० भन्दा

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७५ पटक पढिएको
  • झापाको अर्जुनधारामा १७ जना अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा ९लालपुर्जा० प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरे । पुर्जा वितरण गर्दै उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत टेव

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]