समाज

    Showing ६,०८१-६,०९० of ११,२७७ items.
  • तालको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न

    इटहरी । मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ । भौतिक प्रगति शतप्रतिशत पूरा भए पनि वित्तीय प्रगति ७६।४२ प्रतिशत मात्र भएकाले आयोजनाको औपचारिक उद्घाटन भने हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालपरिसरको संरक्षण र सौन्दर्यीकरण कार्यव्रmम सञ्चालन भएको हो । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले बेहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानीताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३४६ पटक पढिएको
  • स्थानीय पाठ्यक्रमसहित दसबर्से शिक्षा योजना

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विद्यालय शिक्षाको १० बर्से शैक्षिक योजनासहित स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ‘हाम्रो सान, चौदण्डीगढीको पहिचान’ भन्ने आदर्श वाक्यसहितको स्थानीय   र नगरको आगामी १० बर्से शैक्षिक योजना  सार्वजनिक गरिएको हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाले राज्य गरेको ऐतिहासिक महत्व बोकेको आफैँमा एक महत्वपूर्ण स्थल हो । नगरपालिकाको नामकरणसमेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्ने गरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो । स्थानीय पाठ्यक्रम १० बर्से शैक्षिक योजना बेल्टारमा आयोजित एक का

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३२३ पटक पढिएको
  • खाँदबारी नगर अस्पतालमा साउनदेखि नियमित सेवा सञ्चालन हुने

    इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दि

    • प्रकाशित मितिः असार १९, २०८२
    • २८८ पटक पढिएको
  • साथीको कुटपिटबाट झापामा दुई जनाको मृत्यु

    इटहरी ।  झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ । एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् । थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शका

    • प्रकाशित मितिः असार १९, २०८२
    • २५३ पटक पढिएको
  • भोजपुर बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण

    इटहरी ।  यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपाल

    • प्रकाशित मितिः असार १९, २०८२
    • २५४ पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    इटहरी । झापामा फेरी हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार शौचालय जान बाहिर निस्कनु भएका बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौचालय जान निस्कदा हात्तीले किचेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो समयमा बिर्तामोड क्षेत्रमा नियमित रुपमा हात्तीहरु देखिँदै आएका छन् । यसअघि असारको पहिलो साता जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको पनि ज्यान गएको थियो ।  डिभिजन वन कार्यालय झापाका अनुसार यो आर्थिक बर्षमा हात्तीको आक्रमणमा परी जिल्लामा ६ जनाको ज्यान गएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३२७ पटक पढिएको
  • साटो ब्राण्डका विभिन्न उत्पादनहरु आज देखि कोशी प्रदेशको इटहरीमा विक्री वितरण शुरु

    इटहरी | विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु बुधबार देखि कोशी प्रदेशमा विक्री वितरण सुरु भएको छ । भारतमा उत्पादित साटो ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा  ट्रिनक्स एडहेसिभ कम्पनीमार्फत भित्र्याइएको हो । कोशी प्रदेशका लागि आधिकारिक वितरकको रूपमा  विनायक हार्डवेयर स्टोर प्रा. लि., इटहरीले व्यावसायिक कारोबार सुरु गरेको छ । एक कार्यक्रमका विच इटहरीमा साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेश डिलरहरु मार्फत विक्रीवितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको विनायक हार्डवेयरलाई सामान हस्तान्त्रण गरेर व्यसाय

    • प्रकाशित मितिः असार १८, २०८२
    • ३८३ पटक पढिएको
  • शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदन सार्वजनिक

    इटहरी । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएका कार्यसम्पादन परीक्षण तथा विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका प्रतिवेदन तथा नतिजाहरूको प्रबोधीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय धनकुटाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थिहरुको सिकाई उपलब्धिबारे गरेको राष्ट्रिय परीक्षणको नतिजा के–कस्तो छ भनी प्रस्तुत गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषय माथि गरिएको विद्यार्थिहरुको सिकाई उपलब्धिबारे परीक्षण गरेको जानकारी

    • प्रकाशित मितिः असार १८, २०८२
    • ५२३ पटक पढिएको
  • इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको सेमिफाइनल र फाइनल असार २१ गते हुने

    इटहरी | इटहरीमा पहिलो पटक सुरू भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल र फाइनलमा १० जना प्रवेश गरेका छन् । नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा मंगलबार देखि इटहरीको क्लब के मा सूरू भएको  प्रतियोगिताको दोस्रो दिन  नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राईको प्रमुख आतिथ्यतामा भएको हो ।प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए । छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने छ । प्रतियोगिताका

    • प्रकाशित मितिः असार १८, २०८२
    • ६४६ पटक पढिएको
  • सुनसरीमा सर्पले टोकेर एक महिलाको मृत्यु

    इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार ५५ वर्षीया कल्सी मेहताको सर्पले टोकेर मृत्यु भएको हो। मंगलबार साँझ ६ः३० बजे घाँस काट्न गएका बेला उनलाई सर्पले डसेको थियो। घाइते अवस्थामा उनलाई तत्काल घरमा ल्याइए पनि समयमै उपचारका लागि अस्पताल लैजान नसकिँदा राति ८ः२० बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो समय गर्मी बढेसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन्।

    • प्रकाशित मितिः असार १८, २०८२
    • ४२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]