समाज

    Showing ६११-६२० of ११,१३४ items.
  • भोटेकोशी बाढीमा बेपत्ता घिमिरेको कुशको शव बनाएर दाहसंस्कार

    इटहरी। भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्पराअनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।बाढीमा बेपत्ता भएको १८ दिन बितिसक्दा पनि छोरा सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि कतै फेला नपरेपछि सनातन धर्म परम्पराअनुसार कुशको शव बनाएर त्रियुगा नदीको घाटमा अन्तिम संस्कार गरिएको घिमिरेका बुवा उद्धव घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबारदेखि १३ दिने काजक्रिया सुरु गरिएको छ । कुशबाट बनाइएको स्वर्गीय घिमिरेको पार्थिव शरीरमा उहाँका छोरा उज्ज्वल घिमिरेले दागबत्ती द

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ७७ पटक पढिएको
  • रेडस्टार विद्यालयमा बाल दिवस तथा बुबाको मुख हेर्ने दिन विशेष कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले बाल दिवस तथा बुबाको मुख हेर्ने दिनको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना बुवालाई ढाका टोपी लगाइदिँदै सम्मान गर्नुका साथै बुबाको मुख हेर्ने संस्कारलाई संरक्षण र प्रवद्र्धन गरेका हुन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमको वातावरण थप उल्लासमय बनेको थियो। विद्यालयका क्याप्टेन नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  पथरी शन

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १७२ पटक पढिएको
  • बाढीपीडितको पुनस्र्थापना तथा राहतका लागि रेडक्रस,हाँसपोसा उपशाखा र इटहरी वडा नं २० द्वारा ७ लाख ४८ हजारभन्दा बढी संकलन

    इटहरी । भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका पीडितहरूको पुनस्र्थापना तथा राहतका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० मा ७ लाख ४८ हजार ९ सय ५१ संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था, टोल विकास संस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो। शुक्रबार आयोजित धन्यवाद तथा पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभएको थियो। संकलित र

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १७० पटक पढिएको
  • बराहक्षेत्रको राम नक्षदीपाल विद्यालयमा प्रतिभा प्रस्फुटन र सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    इटहरी । बराहक्षेत्र नगरपालिका–१०, गडेरिटोलस्थित राम नक्षदीपाल आधारभूत विद्यालयमा वक्तृत्वकला, सांस्कृतिक तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनमाया कट्वालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी खनाल तथा महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख विक्रम भट्टराईको विशेष उपस्थिति रहेको थियो। सपना पालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र विभिन्न सां

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १५६ पटक पढिएको
  • वडा कार्यालय र रेडक्रसको सहकार्यमा बाढीपीडितलाई राहत

    इटहरी। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयबाट ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभयो । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उहाँले जानकारी दिनुभयो ।&

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १३५ पटक पढिएको
  • बाढीपीडितको लागि धनकुटामा एक करोड १६ लाख भन्दा बढी संकलन

    इटहरी । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा सहयोग संकलन धमाधम भइरहेको छ । धनकुटामा हाल सम्म स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय तथा स्थानीयवासीबाट १ करोड १६ लाख ४८ हजार ६ सय २७ रुपैयाँ संकलन भएको छ । धनकुटाका ७ स्थानीय तहमध्ये हालसम्म पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठक मार्फत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन् । अन्य ४ वटा स्थानीय तहले पनि चाँडै बैठक बसेर सहयोग गर्ने जनाएका छन् ।महालक्ष्मी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १५६ पटक पढिएको
  • मदन भण्डारी लोकमार्ग स् उदयपुरको आर्थिक समृद्धि

    इटहरी। पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसेढुङ्गा सावित भएको छ ।यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा समेत ठूलो सहयोग पुगेका छ । उदयपुरको ८ पालिका मध्ये ६ वटा पालिकाको सडक यातायातको मुख्य मार्गका रुपमा रहेको मदन भण्डारी लोकमार्गका विभिन्न स्थान अहिले व्यवसायिक तथा व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएको छ । चौदण्डीग

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ११२ पटक पढिएको
  • सडक छेउका खाली जग्गामा बेसार खेती विस्तार

    इटहरी। सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाका सडक छेउमा खाली रहेका जग्गमा बेसार खेती विस्तार गरेको हो । बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन नमुनाका रूपमाबेसार खेती सुरु थालिएको छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चोक–सल्लेरी खण्डको किनारामा बेसार खेती गरिएको छ । धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार नगरभित्रका विभिन्न भित्री सडक किनारमा रहेका खाली ठाउँमासमेत बेसार रोपिएको छ । उहाँका

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ६४ पटक पढिएको
  • आठ किलोमिटर सडकमा सोलिङ निर्माण

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रका सडकहरू सोलिङ गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एक वर्षमा आठ किलोमिटर बढी सडकमा सोलिङ अर्थात स्तरोन्नतिको कार्य गरिएको हो । पालिकाका छ वटै वडाका मुख्य सडकहरू सोलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । हिउँद र बर्खा दुवै मौसममा यातायात सञ्चालन हुनेगरी सडकमा सोलिङ गरिएको उहाँले बताउनुभयो । प्रत्येक वडामा पालिका कार्यालय आउजाउ गर्ने मुख्य सडकहरू स्तरोन्नति अर्थात सलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ९५ पटक पढिएको
  • माछा मार्ने क्रममा चौधरीको मृत्यु

    इटहरी। झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका(८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् । करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]