धनकुटा । जिल्ला स्तरीय सोह्रौँ राष्ट्रपति रनिङशील प्रतियोगिता धनकुटामा भव्य रुपमा सुरु भएको छ। खेलकुद विकास समिति धनकुटाको आयोजनामा, साँघुरीगढी गाउँपालिकाको व्यवस्थापन तथा भानु माध्यमिक विद्यालय डाँडागाउँको संयोजनमा सञ्चालन भएको दुई दिने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पराजुलीले खेलकुद राष्ट्रको गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोग
भोजपुर | भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सवको समापनका अवसरमा राई संस्कार संरक्षणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा २०८२ साल चैत ३० गतेदेखि सञ्चालन भएको रैथाने खाना महोत्सव २०८३ साल वैशाख २ गते समापन भएको हो । समापन कार्यक्रमका क्रममा टेम्केमैयुङ गाउँपालिका–४ नागी निवासी सकिला राईले आफ्ना आमाबुवाको नाममा रु ५० हजार राई संस्कार संरक्षण कोषमा अक्षय कोषका रूपमा प्रदान गर्नुभएको छ ।उक्त रकम राई संस्कार संरक्षण कोष उपसमितिलाई हस्तान्तरण गरिएको टेम्केमैयुग गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राईले बताउनुभयो ।संकलित रकमबाट टेम
इटहरी । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले आँखा स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य सहित ’डिजिटल ट्रेनिङ हब’ डी.टी.एच.को औपचारिक शुभारम्भ गरेको छ । बिहीबार अस्पतालको सम्मेलन हलमा आयोजित एक विशेष समारोहका बीच यस नवनिर्मित केन्द्रको उद्घाटन गरिएको हो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ओर्बिस इन्टरनेशनलकी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविन विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाहरूको पनि बाक्लो उपस्थिति रह
इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १, खारखोलाका नेपाली कांग्रेसका युवा नेता सन्तोष श्रेष्ठले माता तिर्थ औँसीको अवसरमा धार्मिक तथा सामाजिक कार्य गर्दै माता तिर्थ औशी मनाउनुभएको छ । श्रेष्ठले रामधुनी मन्दिरस्थित गौशालामा पुगेर त्यहाँ रहेका गाईहरूलाई खाद्यान्न सामग्री खुवाउनुका साथै मन्दिर परिसरमा रहेका बाँदरहरूलाई समेत भोजन गराउनुभएको हो । उहाँले यस कार्य मार्फत स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो । यसअघि पनि उहाँले माता तिर्थ औँसीको अवसरमा धर्मशालामा साधु–सन्तलाई सम्मान तथा खाद्यान्न सहयोग गर्दै आउनुभएको थियो । खारखोला फुटबल क्लबका अध्यक्ष, वराहक्ष
इटहरी। नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित दुई दिने १९ औँ कला साहित्य यात्रा सम्पन्न भएको छ । मुलुकको विभिन्न जिल्लामा पुगेर बर्सेनी गरिँदैआएको कला साहित्य यात्रा यस पटक सल्लेरीमा आयोजना गरिएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कला संस्कृति पुरस्कार समेत प्रदान गरिएको छ । मारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्लले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कला संस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गर्नुभयो । दुबै पुरस्कारको राशी क्रमशः २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्रदान
इटहरी । पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ । यसअघि यहाँ रहेको गेट मेची राजमार्गको विस्तारका क्रममा भत्काइएको थियो । पुरानो गेट भत्काएर कालोपत्रे सकिएको दुई वर्ष पछि जग्गा व्यवस्थापन गरेर नयाँ निमार्ण गर्न शुक्रबार शिलान्यास भएको हो । गेट निर्माणको शुभारम्भ शिला पूजा गरेर फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सहित जिल्लाका राजनैतिक दलका प्रमुख र जनप्रतिनिधिले सामूहिक रुपमा शिलान्यास गर्नु भएको हो ।लिम्बुवान गेट निर्माणको जिम्मा ‘लिम्बुवान गेट निर्माण तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद्’ ले लिएको छ ।यसको अनुमानित लागत २५ लाख रहेक
इटहरी । १६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड बिजयी भएको छ । बिहिबार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो । बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले २ तथा धिरेन्द्र शाहले १ गोल गरे । खेलको पांचौ मिनेटमा फागुरामले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । युकेएफसीका दिवश रोयले धिरेन्द्रलाई डि–एरियामा फउल गरेपछी फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्र
इटहरी । जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ । कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा तोकिएका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन हुने स्पष्ट पारेको हो । नेपाल सरकारको निर्णयअनुसार विभिन्न पर्व, दिवस तथा जयन्तीका अवसरमा पर्ने सार्वजनिक बिदाका दिनमा समेत सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले कार्यालयले व
इटहरी । पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधि विस्तार गर्ने उद्देश्यसहित धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ । शुक्रबार आयोजक टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर, धनकुटाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल वैशाख ५ गते धनकुटाको तल्लो टुँडिखेलमा हुने जानकारी दिएको हो । स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामार्फत विशेषगरी ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ । गायनतर्फ प्रथम हुनेले पाँच लाख रुपियाँ नगदसहित सोही बराबरको जीवन बिमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर,
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र।३–०१–००६ ख ०३७५ नम्बरको ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार घाइतेहरू उदयपुरको बेलका नगरपालिका–६ लामिडाँडा बस्ने अन्दाजी ४० वर्षीय गजुरमान राई र उहाँकी ३५ वर्षीया बहिनी शान्ति राई रहनुभएको छ । घटनालगत्तै इलाका प्रहरी का
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.