समाज

    Showing ७,६४१-७,६५० of ११,२७९ items.
  • सत्र वर्षपछि पुल निर्माण

    इटहरी । विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ । दुवैतर्फको पुललाई जोड्ने पहुँचमार्ग भने अझै निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४र६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपियाँमा ठेक्का लगाएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बिच भागमा थियो । झापातर्फ २६ मिटरको एउटा स्पान र मोरङतर्फ ५० मिटरका दु

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३१९ पटक पढिएको
  • आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु

    इटहरी । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो ।  जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी ९खेलाडी० ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो ।&

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३४० पटक पढिएको
  • मुख्यमन्त्री र स्वीस प्रतिनिधिबिच भेट

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कर्पोरेसन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलबिच भेटघाट भएको हो । विकास साझेदार संस्थाका प्रतिनिधिसँगको भेटवार्तामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले ७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो । नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि ग

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • २७० पटक पढिएको
  • ग्राहकको आकर्षण बन्दै गोबरबाट बनेका सामग्री

    इटहरी । मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ । विराटनगर–५ जामुनगाछीमा रहेको उन्नत गोठ प्रालिले एक्स्पोमा गोबरबाट निर्मित पूजा सामग्रीको सानो स्टल राखेको छ । स्टलमा उद्योगका सञ्चालक बेविना दाहालले गाईको गोबरबाट बनेका पूजा सामग्रीदेखि घरायसी प्रयोगका सामानका बारेमा अवलोकनकर्ताको जिज्ञासा मेटाइरहनु भएको छ । विराटनगर एक्स्पोमा राम्रो व्यापार भएपछि दाहालले विराटचोकमा पनि आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्री स्टल राख्नु भएको हो । दाहालको उद्योगले गोबरबाट दियो, कलश, विभिन्न प्रकारका मूर

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ७८ पटक पढिएको
  • धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण

    इटहरी। पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा  ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो । वार्षिक लाखौँको सङ्ख्यामा पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई जिल्लामा केही दिनसम्म लम्ब्याउन समितिले विभिन्न स्थानमा पर्यटकीय पार्कको निर्माण सुरु गरेको छ । जसअन्तर्गत करिब २० लाख रुपियाँको लागतमा गुन्द्रेडाँडामा पदमार्ग निर्माण सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार १ मिटर २० सेन्टिमिटर चौडाइ रहेको करिब ७ सय मिटर लम

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ६४ पटक पढिएको
  • बजारमा म्याद गुज्रिएका सामान

    इटहरी । खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो । पेप्सी, ड्यु, कोकोकोला, मिरिन्डा, फ्यान्टा, स्प्राइट, सेभेनअप लगायतका पेय पदार्थहरु धेरै म्याद गुज्रिएको भेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ हलेसी बजारमा सञ्चालित खाद्यान्न सामग्री बिक्रेता पसल, होटल साथै अन्य पसलमा अनुगमन गर्दा करिब डेढ लाख बराबरको अखाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेस

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • १०९ पटक पढिएको
  • तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न, धरान उपमहानगरपालिका पहिलो स्थानमा

    रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी नगरपालिका वडा नम्बर ४ को मानपुरमा सम्पन्न भयो। प्रतियोगितामा धरान उपमहानगरपालिका पहिलो, बराहक्षेत्र नगरपालिका दोस्रो र आयोजक रामधुनी नगरपालिका तेस्रो स्थानमा रहे।प्रतियोगिता नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।कार्यक्रममा बोल्दै अध्यक्ष हरि बहादुर राउतले कराते

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४९९ पटक पढिएको
  • इटहरीमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी

    इटहरी । सुनसरीको इटहरी-२ हवाइचोकबाट शुक्रबार बजार भर्न पुगेकी एक महिलाबाट लुटिएको सुन अभियुक्तले निलेपछि प्रहरीले निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इटहरी-३ की ४७ वर्षीया बेदकुमारी खड्काले घाटीमा लगाएको झन्डै एक तोलाको सुन हवाइचोकमा लुटिएको थियो।लुटपाटमा संलग्न जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका-२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय बालक पिन्टु रायलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी कारबाहीबाट बच्न अभियुक्तले सुन निलेपछि दुवैजनालाई निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। महिलाबाट लुटिएको सिक्री ११ वर्षीय बालकले निलेका हुन्।घटना भएको आधा घण्टाभि

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४२९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट 'रेशु तामाङ' चयन

    बराहक्षेत्र | राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट रेशु तामाङ चयन ।हुनुभएको छ। रेशु तामाङ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका बासिन्दा हो भने हाल उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। उहाँ एक समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुन्छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ठूलो र सक्रिय भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विधानको धारा ३८ को उपधारा २ को नियम 'ख' र पार्टी जनसंगठन समन्वय संयन्त्रको निर्देशन बमोजिम दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पार्टीको पदाधिकारी भएमा स्वत: बिदा हुने व्यवस्था छ। यसरी

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • १,३०३ पटक पढिएको
  • फिदिममा बन्यो प्रेम केन्द्र

    इटहरी। पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र लभ प्वाइन्ट निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई  लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो । सदरमुकाम फिदिम बजारदेखि ७–१० मिनेटको दुरीमा फिदिम नगरपालिका र स्थानीयको लागतमा उक्त केन्द्र निर्माण गरिएको हो । उच्च स्थानमा निर्मित ‘केन्द्र’ बाट सदरमुकाम फिदिम, गढी र पल्लोटारसहितका स्थान सहजै देख्न सकिन्छ । फलामका पिल्लर र रड प्रयोग गरेर तीन तलामाथि उचालिएको केन्द्रको तेस्रो तलामा रेलिङ हालेर घाम ताप्दै गफ गर्न र बजार क्षेत्र नियाल्न मिल्ने गरी घेरबार गरिएको छ । टिनको छानाले छाइएसँगै यो स्थानमा पानी चु

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]