समाज

    Showing ७,६५१-७,६६० of ११,२७९ items.
  • ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत

    इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो । आर्थिक वर्ष २०८०र०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुस

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २९० पटक पढिएको
  • कोशी सरकार स्थापनाको सात वर्ष ः प्रदेशकै आन्तरिक राजस्व कार्यालय स्थापनाको तयारी

    इटहरी । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन गरिएको छ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४४३ पटक पढिएको
  • वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

    इटहरी । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।  वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यावसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अ

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • १०९ पटक पढिएको
  • माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

    इटहरी। जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी  दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् । सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर ९अधिकृत छैटौँ० युवराज दाहालले जानकारी दिनुभयो । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । वडा नं ३ को सिङ

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २७४ पटक पढिएको
  • बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित

    इटहरी। ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चारैतिर ढाक्नेगरी बाक्लो हुस्सुसँगै बढेको चिसोले सदरमुकाम फुङ्लिङसहित जिल्लाको जनजीवन प्रभावित भएको हो । हिउँद अर्थात् चिसो यामको अन्त्य भई गर्मी सुरु हुने बेलामा बाक्लो हुस्सु लाग्नुका साथै अध्यधिक चिसो बढेको छ । स्थानीयका अनुसार दुई÷चार दिनयता निरन्तर मौसम धुम्मिएकाले जिल्लामा जाडो बढेको छ । तातो घाम नलागेर चिसो बढिरहेका बेला शनिबार भने बिहानदेखि बाक्लो हुस्सु लागेकाले जिल्लामा निकै जाडो बढेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले शनिबार चारैतिर बाक्लो हुस्सुले ढाकेपछि मध्य हिउँद झैँ मौसम चिसो भएको

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ११८ पटक पढिएको
  • इटहरी १० स्थित राजश्व टोल विकास संस्थाको आयोजनामा यहीँ फागुन ५ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

    इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा यही फाल्गुण ५ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै शिव मन्दिर निर्माणको सहयोगार्थ गरिन लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका कृपापात्र ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ।महायज्ञको शुभारम्भ फाल्गुण ५ गते बिहान ८:३० बजे कलश यात्रा, समुद्घाटन, मण्डप पूजन तथ

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ३७६ पटक पढिएको
  • इटही लेडी जेसिजको आयोजनामा संसदीय व्यवस्था प्रणालीको विषयमा दुई दिने प्रशिक्षण

    इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटही लेडी जेसिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम गरिएको छ । इटहीस्थित होटल इन्दुरिष्ट प्यालेसको सभा हलमा  इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी सिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता गर्नुभएको थियो भने क्षेत्र 'क' का शाखा अध्यक्षहरूको पनि उपस्थित रहेको थियो।उक्त प्रशिक्षण कार्यक्रममा नेपाल जेसिजका कानुनी सल्लाहकार JC सुनिल तिमिल्सिनाले प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष JCI Sen. कैलाश खाकी

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ५८७ पटक पढिएको
  • अरुण गाउँपालिकामा निर्माण हुदै गरेको फालिटार,बतासे,याकु सडकको निरीक्षण

    भोजपुर | भोजपुरको अरूण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न तथा निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यो निरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकरामा खत्री, उपाध्यक्ष बिनिता ढकाल, वडा नं. ५ का जनप्रतिनिधिहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।सदरमुकामसम्म पुग्नको लागि स्थानीय बासिन्दाले लामो दुरी पैदल हिँड्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यो सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। सडक निर्माणपछि स्थानीयको दैनिक यात्रा सहज हुने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५५८ पटक पढिएको
  • इटहरीको कस्तुरी कलेजको २६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    इटहरी | इटहरीस्थित कस्तुरी कलेजले आफ्नो २६ औं वार्षिकोत्सव साँस्कृतिक प्रस्तुति, पुरस्कार वितरण सम्पन्न भएको छ । कस्तुरी कलेज अफ व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्टार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध गायन, नृत्य, नाटक तथा कला प्रदर्शन रहेका थिए। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए  ।कलेज प्रशासनले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४९८ पटक पढिएको
  • केपिएलको ट्रफी कोशी ब्यारेजमा अनावरण

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको डा। खलिल आजाद खेल मैदान भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको कोशी प्रिमियर लिग केपिएल दोस्रो सिजनको ट्रफी भव्य समारोहका बीच कोशी ब्यारेज स्थित सप्तकोशी नदीको किनारमा अनावरण गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोसी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । गत संस्करणमा विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएको थियो । यो पटकको पुरस्कार राशीबारे केही दिनमा सार्वजनिक गरिने सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले बताए । सिंगल राउ

    • प्रकाशित मितिः फागुन १, २०८१
    • २७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]