इटहरी । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिएको हो । अबको पाँच महिनाभित्रमा सम्पूर्ण काम समाप्त गर्ने गरी क्यालेन्डर डेका आधारमा तीव्र गतिमा उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई तीव्र गतिमा अगाडि नबढाउने हो भने तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने र त्यसबाट यो योजना नै अलपत्र हुनसक्ने भएकाले अब चौबिसै घण्टा निर्माण कार्य गर्न जरुरी भएको त्रियुगा नगरप
इटहरी। निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५।२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ । करिब तीन महिना काम रोकिएपछि उर्लाबारी नगरपालिकाले पटक पटक प्रधानमन्त्री र वल्र्ड बैङ्कका प्रतिनिधिसँग छलफल गरेपछि काम अगाडि बढेको हो । उर्लाबारी नगरपालिकासँग निर्माण कम्पनीले मोबिलाइजेसन शुल्क भनेर अढाई करोड रुपियाँ लिएको थियो । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो तर सिपेलले काम गरेन । उर्लाबारीका स्थानीय निर्माण व्यवसायी अर्जुन तुम्रोकको तुम्रोक कन्स्ट्रक्सनलाई काम
सुनसरी | सुनसरीको दुहवी नगरपालिका वडा नं. ८, सुनापुरको रानी गाउँमा राष्ट्रिय कबीर धर्म परिषद नेपालले माघ ११ र १२ गतेको दिन दुईदिने भव्य "संत सम्मेलन" सुरु भएको छ । सम्मेलनको उद्देश्य कबीर धर्मको राष्ट्रिय पहिचान स्थापना गर्ने, धर्मावलम्बीहरूबीच एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने, र समाजमा शान्ति तथा सद्भावको सन्देश फैलाउने रहेको थियो।कार्यक्रममा राष्ट्रिय अध्यक्ष महन्थ आलोक साहेव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कबीर साहेबका आदर्शहरूलाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।कार्यक्रमको अध्यक्षता महन्थ जेबल साहेवले गरेका थिए। उनले सम्मे
इटहरी | नेपाल सुटिङबल संघले माघ १७, १८ र १९ गते इटहरी उपमहानगरपालिकामा एशियन सुटिङबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ। गत वर्ष सन् २०२४ मा सुटिङबल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लेखी स्थान हासिल गरेकोमा सम्मानस्वरूप एशियन सुटिङबल फेडरेसनले यो प्रतिष्ठित प्रतियोगिता नेपाललाई आयोजना गर्न दिएको हो।प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ। आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा 'ए' र 'बी' गरी चार टोलीलाई प्रतिनिधित्व गराउनेछ। प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुनेछ।यस च्याम्पियनसिप
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९, लेर्खकस्थित राउते खोलामा कुल ४१ लाख ३ हजार २ सय ५ रुपैयाँ २४ पैसाको लागतमा ट्रस पुल निर्माण गरिएको छ। पुल निर्माणपछि २५ सयभन्दा बढी उपभोक्ताहरू लाभान्वित भएका छन्। विशेषगरी, दैनिक आवतजावत, विद्यार्थीहरूको विद्यालय जाने मार्ग र किसानहरूले उत्पादनहरू बजारसम्म पुर्याउनमा ठूलो सहजता भएको छ।यो पुल कादुरी एग्रीकल्चरल एड एसोसियसन (ब्रिटिश गोर्खाज नेपाल) को आर्थिक सहयोगमा निर्माण गरिएको हो। २०७९ साल असार ७ गतेको अविरल वर्षाले पहिलाको पुल बगाएपछि स्थानीय बासिन्दाहरू लामो समयसम्म समस्यामा परेका थिए। खोलाको आवतजावतमा आउने कठिनाइले गर्दा विद्यालय जाने व
इटहरी / खेलकुदको क्षेत्रमा अहिलेका बालबालिकाको रोजाइमा पर्ने खेल मध्ये कराते पनि अग्रपंतिमा आउँछ।भर्खरै सम्पन्न भएको" TRI international open karaate championship _2025" मा नेपालको प्रतिनधित्व गर्दै ३२ जना बालबालिका भारतको वेस्ट बंगाल पुगेका थिए।CB स्कूल इटहरी,DVM स्कूल इटहरी,प्रभात किरण बोर्डिङ स्कूल सलकपुर,थर्ड आई पब्लिक स्कूल दुहवी ,इटहरी मोडेल स्कूल इटहरी र इटहरी कराते एकेडेमी का विद्यार्थीले वेस्ट बंगाल इंडिया को राजबरी नेता जी इन्डोर स्टेडियममा आफ्नो खेल प्रस्तुत गरेर ११ स्वर्ण,१६ रजत र १६ कास्य पदक आफ्नो पोल्टामा राखेर फर्किएका छन्।बालबालिकाहरुको खेल प्रतिको रुचि ,क्षमता विकास तथा
इटहरी | इटहरीमा सञ्चालनमा रहेको वि वाइ डि स्वरुमले इलोक्टोनिक गाडीको एक्सचेञ्ज मेला आयोजना गरिरहेको छ ।स्वरुमले माघ ९ गतेदेखि १२ गते सम्म इटहरीको पश्चिमी लाइन राजस्व ढाटको छेउमा आयोजना गरिएको हो । पुरानो गाडि एक्सचेञ्ज गरि ग्राहकहरूलाई नयाँ गाडी खरिद गर्ने उद्देश्यले मेला लगाएको हो । मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीको उचित मूल्याङ्कन गराई नयाँ गाडी किन्न सक्नेछन् । कम्पनिले एक्सचेञ्ज प्रक्रियालाई छरितो र सरल बनाउने व्यवस्था मिलाइएको छ भने मेलाको मुख्य आकर्षण भनेकै पुराना गाडीलाई प्रतिस्थापन गरी नयाँ इलेक्ट्रिक गाडीमा लगानी गर्न प्रेरित गर्ने वि वाइ डि स्वरुम इटहरीका म्यानेजर सुजन शर्म
इटहरी । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समित
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ । आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ । शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम ९पर्टिकुलेट म्याटर० २।५ को मात्रा बढेर ११२।८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ। काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २।५ को औसत मात्रा ८४।२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको
काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.