समाज

    Showing ८,००१-८,०१० of ११,२७९ items.
  • विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले योजनावद्ध रूपमा काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अगाडि बढ्ने बताएका हुन् । भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतकोजस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर

    • प्रकाशित मितिः माघ २, २०८१
    • १८० पटक पढिएको
  • मिक्लाजुङकमा शिक्षा क्षेत्र सुधारका लागि उत्प्रेरणा कार्यक्रम

    मिक्लाजुङ /  मिक्लाजुङ गाउँपालिकाको आयोजनामा "गुणस्तरीय शिक्षाको आधार: सकारात्मक सोच, व्यवहारकुशल सीप र संस्कार" भन्ने विषयमा उत्प्रेरणा  कार्यक्रम आयोजना गरिने भएको छ। शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको सहभागिता रहने यो कार्यक्रमले मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि  महत्त्वपूर्ण भुमिका  रहने  र  शिक्षाको मूलभूत आधारहरूको सुदृढीकरण गर्दै आगामी पुस्तालाइ जिम्मेवार नागरिकको रूपमा तयार गर्न योगदान पुर्‍याउने विश्वास लिइएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई ले बताउनुनभयाे ।२०८१ साल माघ २ गतेदेखि ५ गते स

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३६१ पटक पढिएको
  • भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला सुरू

    भोजपुर / भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला सुरू भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक पर्यटन तथा कृषि मेलाको  उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु भएको हो । मुन्धुम पदमार्गको प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।टेम्केमैयुङ गाउँपलिका अध्यक्ष सरोज बस्नेतले मुन्धुम पदमार्ग सम्बन्धि अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियोे । मुन्धुम पदमार्गलाई दिगो विकासको लक्ष्यका साथ मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।मुन्धुम पदमार्गलाई संर

    • प्रकाशित मितिः माघ १, २०८१
    • २७३ पटक पढिएको
  • त्रिवेणी कप भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरलाई

    इटहरी । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ४ र ५ को सिमाना स्थित फलामेटारमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले  कोशी प्रदेश टे«निङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख २२ हजार २ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार ६

    • प्रकाशित मितिः माघ १, २०८१
    • २९० पटक पढिएको
  • इटहरीको तालतलैयामा नेपाल मगर संघद्वारा माघे संक्रान्ति विशेष कार्यक्रम सम्पन्न

    इटहरीको तालतलैयामा मंगलबार नेपाल मगर संघ, इटहरी उपमहानगर समितिले माघे संक्रान्ति २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ध्वज बहादुर थापा मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको उपस्थिति रहेको थियो । मन्त्री भण्डारीले माघे संक्रान्ति नेपालका सबै जातजाति र भाषाभाषी समुदायका लागि महत्वपूर्ण चाड भएको बताउँदै विशेष गरी थारु समुदायले यसलाई विशेष रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मगर समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नृत्य तथा अन्य गतिवि

    • प्रकाशित मितिः माघ १, २०८१
    • १९७ पटक पढिएको
  • माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो

    इटहरी । माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघेसंक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो । धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । यस्तै त्रिवेणीमा नुहाएर हंस मोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने

    • प्रकाशित मितिः माघ १, २०८१
    • २४८ पटक पढिएको
  • फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ

    इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्य समितिमा पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा तुलसा राई, सहसचिवमा देविका राई र कोषाध्यक्षमा निश्चल राजभण्डारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा माया राई, लिलाबहादुर श्रेष्ठ, सारदा राई, विक्रम चेतनशील राई, प्रविण शाक्य र सोनिमा शेर्पा छनौट हुनुभएको छ । सङ्घीय प्रतिनिधिमा नुमाया राई र दिपेन्द्र रुम्दाल

    • प्रकाशित मितिः माघ १, २०८१
    • २०७ पटक पढिएको
  • दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइन दिन आमाको अपिल

    इटहरी । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राई दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी हुन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सबैसँग सहयोगको याचना गरिहेको छ । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँचजनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नि

    • प्रकाशित मितिः माघ १, २०८१
    • १७८ पटक पढिएको
  • एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने आज सार्वजनिक कार्य तालिकामा उल्लेख छ । परीक्षार्थीले रजिस्ट्रेसनरपरीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अ

    • प्रकाशित मितिः माघ १, २०८१
    • १७० पटक पढिएको
  • झापाको बाहुनडाँगीमा तरुल महोत्सव

    इटहरी ।  माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत ९रैथाने० उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने तीन दिनमा ५० लाख रुपैयाँबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण

    • प्रकाशित मितिः माघ १, २०८१
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]