सुनसरी | इटहरीको सुनिश्चित महिला कृषि सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। सभाको अध्यक्षता संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले गरेकी थिइन् भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरी उपस्थित थिइन्।साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, कक्षा १२ उत्तीर्ण गर्ने शेयर सदस्यका छोरी, ज्येष्ठ नागरिक, र एकल महिलाहरूलाई सम्मान गरियो। लेखा सुपरीवेक्षण समितिकी संयोजक विमला लुइँटेलले यस अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले सहकारीलाई थप अब्बल बनाउन नेतृत्व क्षमताक
समीर दुलालइटहरी / नेपाल प्रहरीले बढि यात्रु बोकेका ११ वटा सार्वजनिक बसलाई कारबाही गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेको हो। इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित ट्राफिक प्रहरी पाेष्ट तरहराका प्रमुख प्रहरी सहायक निरीक्षक नारायण प्रसाद लुइँटेलकाे नेतृत्वमा साे बसहरुलाइ कार्बाही गरेकाे हाे । विषेश गरि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनहरु कार्वाहीमा परेका हुन जुन राताे बसकाे उपनामले बढि परिचित छन । ट्रा
इटहरी / नेपालमा प्रदर्शनको संघारमा रहेको चलचित्र **‘बम बहादुर’**को इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सन् १९८६ को दशकमा भारतको दार्जीलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले भोगेको संघर्षको कथालाई प्रस्तुत गर्ने यो फिल्मको यसअघि दार्जीलिङमा प्रिमियर गरिएको थियो। नेपालमा भने यो पहिलो पटक इटहरीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराइएको हो।‘बम बहादुर’ नेपाली समुदायको इतिहास, संघर्ष, र त्यसले वर्तमानमा पारेको प्रभावलाई कलात्मक ढंगले प्रस्तुत गर्न तयार पारिएको फिल्म हो। फिल्मका लेखक तथा निर्देशक जोन राईका अनुसार, यस फिल्मको उद्देश्य समुदायको इतिहास नबिर्सने र युवालाई शिक्षि
दुहबी / फोरवार्ड वचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ वार्शिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दिनेश चौधरी स्मृति प्रतीस्ठानको हलमा २३ औ साधारणसभामा सस्थाका अध्यक्ष द्रब्यराज चौधरीको अध्यक्षतामा तथा पुर्व मन्त्री संघीय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थामा जम्मा शेयर सदस्य २४ सय १ जना रहेकोमा शेयर पुजि २ करोड, ९८ लाख, २ हजार, ३ सय रहेको छ भने, कुल ऋण लगानी १९ करोड, ९१ लाख ६० ह्जार ६ सय ३२ रहेको छ । आ.व. २०८० ८१ को आम्दानी २ करोड, ७५ लाख, ४१ ह्जार, १ सय ४३ रुपौय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साबिक दुहबी आदर्श गा.वि.स वाड नं.–३ मा कार्यालय स्थापित गरी वि.
सुनसरी | बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेको गाउँबेशी कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। यस कृषि सहकारी संस्थाको गत आर्थिक बर्षको तुलनामा ९% शेयर र करिब १७% आम्दानीमा बुद्धि भएको वार्षिक प्रतिबेदनले देखाएको छ । यस कृषि सहकारीको १०औं वार्षिक साधारणसभाको अवसरमा सर्बोत्कृष्ट र उत्कृष्ट बचत कर्ता सेयर सदस्य जम्मा २२ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको छ भने सर्बोत्कृष्ट मासिक बचत तर्फ १ जना सेयर सदस्य ,सर्बोत्कृष्ट बालबचत कर्ता तर्फ १ जना सेयर सदस्य ,सर्बोत्कृष्ट सेयर खरिदकर्ता तर्फ २ जना सेयर सदस्य ,असल ऋणी हरु १३ जन सेयर सदस्य पुरस्क
समीर दुलाल इटहरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीले हालै एक अभियान सञ्चालन गर्दै इटहरी नगरपालिकामा लाइसेन्स बिना सिटी सफारी सञ्चालन गर्ने ८१ जना चालकलाई कारवाही गरेको छ।ट्राफिक प्रहरीले नगरपालिकाको विभिन्न स्थानमा चेकिङ्ग गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका चालकहरुलाई पक्राउ गरी कारवाही गरेको हो। यो अभियानको उद्देश्य नगरपालिकामा सुरक्षित र व्यवस्थित यातायात सेवा सुनिश्चित गर्नु रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनु भयाे ।राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहर
विराटचाेक: मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसीजको अध्यक्षमा आकाश दुलाल सर्वसम्मत चयन भएका छन्। उनी वर्ष २०२५ को अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै कार्यकारिणी उपाध्यक्षमा निर्मल अधिकारी र झमक कार्की चयन भएका छन् । उपाध्यक्षहरूमा सन्जित अग्रहरी, माैषम रिजाल र दिवस रिजाललाई चयन गरिएको छ । यसैगरी जनसम्पर्क अधिकारी शौरभ ढकाल भएका छन् भने जुनियर जेसीजको अध्यक्षमा आयुष अधिकारी सर्वसम्मत चयन भएका छन्।
इटहरी | वुल्स एलेभेन क्लब इटहरीले सामाजिक दायित्वका क्षेत्रहरूमा सक्रियता देखाउँदै एक महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ। क्लबले इटहरीको कोशी राजमार्ग अन्तर्गत इटहरी मुख्य चोकदेखि आपगाछीसम्मको सडक क्षेत्रको सरसफाई गरेको हो। यस कार्यमा क्लबका सदस्य र चन्द्र मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता थियो।सडकको बीच भागमा विरुवा र फूलहरूका अनावश्यक हाँगाहरूलाई छाँटकाट गर्ने प्रक्रिया विशेष गरि गरियो। यो कदम सडकको सौन्दर्य बढाउने र यातायातलाई सहज बनाउनको लागि गरिएको हो। वुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले बताए अनुसार, सडकको हरियालीलाई व्यवस्थित गर्ने यो कार्यले सडकको दृश्यता सुधार्न मद
भोजपुर | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई निकास दिन र आर्थिक अवस्थालाई सुधार गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन्।शनिबार नेपाल तरुण दल भोजपुरले आयोजना गरेको कोशी प्रदेशअन्तर्गत तरुण दलका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूको भेलामा बोल्दै गुरुङले मुलुकको वर्तमान चुनौती सामना गर्न कांग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारे।उनले भने, “कतिपयलाई कांग्रेस र एमाले मिल्न अस्वाभाविक लाग्न सक्छ। कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले हो र एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेस। तर, मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटबाट उकास्नका लागि राष्ट्रहितलाई प्रा
इटहरी | चलचित्र ‘कार्साङ’ निर्माण टोली अहिले प्रचारप्रसार अभियानका लागि पूर्वी नेपालमा छ। निर्देशक यम शेर्पाको नेतृत्वमा मुख्य कलाकारहरू जितु नेपाल, दिया मास्के, सृजना निङ्लेखु लगायतको समूहले इटहरी, दमक र विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।शनिबार इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक यम शेर्पाले चलचित्र ‘कार्साङ’ पारिवारिक कथा प्रस्तुत गर्ने बताउँदै, यो चलचित्र शेर्पा समुदायको जीवनशैली, संघर्ष र सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेको स्पष्ट पारे। निर्देशक शेर्पाले पूर्वेली दर्शकबाट चलचित्रले माया र समर्थन पाउने विश्वास व्यक्त गरे।चलचित्रका मुख्य अभिनेता जितु नेपालले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.