इटहरी । पथरी शनिश्चरे वडा नं २ मोरङ्गले शनिबार ईलामको पाथिभरा मन्दिर सहित विभिन्न स्थानहरूमा आफ्नो वडाका जेष्ठ नागरिकहरूलाई तिर्थ भ्रमण गराएको छ । शनिबार वडा कार्यालयले आफ्नो जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम अन्तर्गत ईलामको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरको दर्शन गराउनुका साथै फिक्कल बजारमा भोजन गराएको हो। उहाँहरूलाई कन्याम पनि अवलोकन गराईएको थियो । मुख्यतः बोक्रे चोक ,देवीगंञ्ज र बुद्ध चोक गरी वडाका विभिन्न स्थान र टोल बस्नु हुने ८० जना वृद्ध वृद्धाहरुलाई तिर्थयात्रा गराईएको वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो । उक्त अवसरमा ७० वर्षदेखि ९० वर्ष सम्मका वृद्ध वृद्धाहरुले
इटहरी । प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजनामा नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपु सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो । प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल भएका थिए भने सिनियर तर्फ क्रमशः पहिलो रेडस्टार अंग्रेजी माध्यमिक बिद्यालय पहिलो र एभरेष्ट बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बा
काठमाडौँ । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा रु एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गर्नु भएको थ
इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आउँदो फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एकरएक थान बाँसको कुर्सी उपहार दिने तयारी भएको हो । बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्नरगराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँ
इटहरी | इटहरी उपमहानगरपालिकामा क्षेत्रीय संस्कृति र परम्पराको संरक्षण तथा प्रबर्द्धनका लागि लियो डान्स च्याम्पियनशिप सम्पन्न भएको छ। लायन्स क्लब एक्टिभ र लियो क्लब एक्टिभको आयोजनामा तथा आकाश इन्स्टिच्युट इटहरीको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगिता कस्तुरी कलेज इटहरीको सभाहलमा सम्पन्न भएको हो ।प्रतियोगिताको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष जितेन्द्र थापा रहेका थिए। कार्यक्रममा १३ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न जातजाति र भाषाभाषीका लोकभाका र भेषभूषामा आधारित नृत्य प्रस्तुत गरेका थिए।पछिल्लो समय नयाँ पुस्ताले परम्परागत लोकभाका, लय, संस्कृति, परम्परा र भेषभूषा बिर्
सुनसरी- इटहरीमा कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा आजदेखि प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ४ सय बढी खेलाडीहरूले सहभागितामा कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरू भएको छ ।उद्घाटन खेल इटहरी रङ्गशाला परिषरको कवर्डहलमा प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धामा आयोजना गरिएको थियोे । कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।प्रतियोगिताको प्रथम टिमलाई १५ हजा
इटहरी । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिकाले १८ जना स्वायंसेवीका महिलाहरुलाई सम्मान गरेको छ । ’विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ दुहबी नगरपालिकाको आयोजनामा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । दुहबी नगरपालिमा बिहीबार प्रत्यके वडा वडा गर्दै नगर स्तरीय १ सय ३ जनाको उपस्थितिमा प्रभातफेरि र अन्तक्रिर्या गरेको छ । अहिले स्थानीय सरकारमा काम गर्न निकै सहज भएको स्वायंसेवीका गिता बन्जराले खुसि व्यक्त गर्नु भयो । नगरपालिकाले स्वयं
सुनसरी / नेकपा एमाले गढी गाउँपालिका वडा नम्बर ६ का चितनारायण खेरवारले आफूले मात्र पार्टी छोडे पनि नेकपा एमाले गढीका २१३ कार्यकर्ता पार्टी परित्याग गरेको भन्ने भ्रामक कुरा सामाजिक सञ्जालहरूमा दिएको कार्यको भत्सना गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ गढी गाउँपालिका वडा नम्बर ६ को २०८१ मंसिर १६ गते को उपनिर्वाचनमा पार्टी वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले पार्टी को नीति योजना र कार्यक्रम सबैको विपरीत हुनेगरी नेकपा एमालेका उम्मेदवार सन्तु राउत लाई हराउन भूमिका निर्वाह गरिरहँदा खेरि सो कुरा पार्टीले थाहा पाएर उनलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने
राजविराज —सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहीबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । बिहीबार पदभार ग्रहण समारोहबाटै प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो ।डाकनेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि छ । अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो । सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।
इटहरी / फुजिसन सगरमाथा बोर्डिङ स्कुलले आधुनिक शिक्षण पद्धतिलाई प्रोत्साहन गर्दै STEAM (Science, Technology, Engineering, Arts, and Mathematics) शिक्षामा आधारित ‘फुजिसन गार्डेन’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रमले STEAM शिक्षाको व्यावहारिक पक्षलाई उजागर गर्ने, विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न प्रोत्साहन गर्ने, र अभिभावकलाई यस विषयमा जानकारी गराउने उद्देश्य राखेको थियो। STEAM शिक्षाले विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता, रचनात्मकता, र नवप्रवर्तनशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने दृष्टिकोणलाई आधार बनाएर यो कार्यक्रम आयोजना गरिएको हो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.