भोजपुर / ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ ।पूर्वको महत्वपूर्ण गढीको रुपमा यस स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्ती दिवसको अवसरमा शिलालेखको अनावरण गरिएको हो । नेपाली सेनाको आयोजनामा घाडेटार बजार क्षेत्रमा मार्चपछि पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पन, झण्डा तोलनसँगै शिलालेखको अनावरण गरिएको हो । यो गढी क्षेत्रमा सेनाको गुल्म रहेको गढीको सेनाले संरक्षण गर्दै आएको छ ।नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले सेनाले गढीको संरक्षण गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराउनुभयो । यो एउटा महत्वपूण गढी रहेकोले यसको विकास तथा संरक्षणको
इटहरी / इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो १९ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुर्वअध्यक्ष चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा वार्षिक प्रगती विवरण, आयव्यय विवरण पेश गरिएको थियो । संस्थामा व्यक्तिगत र संस्थागत गरेर ७१४ जना शेयर सदस्य रहेका छन् । एक करोड ८८ लाख शेयर पुँजी रहेको संस्थामा ३ करोड ७२ लाख रुपैया निक्षेप र ६ करोड ४१ लाख रुपैया ऋण लगानी भएको जनाइएको छ । संस्थाले गत आर्थिक वर्षमा २५ लाख रुपैया नाफा गरेको छ । विभिन्न शेयर सदस्यहरुलाई सम्मान गरिएको साधारणसभामा पुर्व अध्यक्ष केशव विष्ट, इटहरी सहकारी शाखा प्रमुख बालकुमार पोख्रेल,
तेह्रथुम / आठराईको विकास र समृद्धि नचाहने तत्वहरूले विकासको काममा अवरोध सृजना गरेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।आठराईका हरेक विकासे योजनाहरू संचालनमा आउन साथ अख्तियार र अदालतमा मुद्दा लगाएर काम गर्न नदिएको बताए ।आठराईको विकास, समृद्धि र नागरिक प्रतिको उत्तरदायित्व र जिम्मेवारी बहन गर्ने संकल्पलाई विकास विरोधी झुण्डले छेक्न र रोक्न नसक्ने अध्यक्ष पाहिमले फेसबुक मार्फत उल्लेख गरे ।विकासको गतिलाई कसैले रोक्न सक्दैन, जनतासँग गरिएका बाचा पूरा गर्छौं । आठराईको बजारमा खानेपानीको चरम समस्या छ, “खानेपानीको योजना सुरु गर्यो, पानी आवश्यक छैन भनेर मुद्दा लाग्छ । आठराईमा पर्यटकीय गन्त
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स इन्स्टिच्युसन लिमिटेडको ११ औं वार्षिक साधारण सभा दुहवीमा सम्पन्न भएको छ । पुर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरी प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले लघुवित्त संस्था बिरुद्ध विभिन्न किसिमका अफवाह फैलाएर ऋण नतिर्ने र समाजमा अराजकता फैलाउने, भ्रम सिर्जना गर्ने गर्दा यस्ता कार्यले देशको अर्थतन्त्र धरासायी हुदै जाने बताउनुभयो । त्यस्तै विश्व आर्थिक मन्दीको चपेटामा परेको समयमा पनि नेपालको लघुवित्त संस्थाले ५९ लाख गरिब सदस्यलाई वित्तीय सेवा प्रदान गरी आर्थिक सुधारमा टेवा पुर्याएको
इटहरी / लायन्स क्लब अफ इटहरी सुपर समृद्वि र फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सहकार्यमा निःशुल्क आँखा, सुगर र प्रेसर जाँच सिविर आयोजना गरिएको छ ।नवदृष्टि आँखा हस्पिटल इटहरीको प्राविधिक सहयोगमा भएको सिविरमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।शुक्रबार इटहरी १९ स्थित फुजिसान सगरमाथा स्कुलको प्राङ्गणमा आयोजना भएको शिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएका छन् । जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको लायन्स क्लबका अफ इटहरी सुपर समृद्विका अध्यक्ष राकेश श्रेष्ठले बताए । शिविरमा दुई सय वटा चस्मा निःशुल्क प्रदान गरिएको र मोतियावि
इटहरी / इटहरीमा पृथ्वीनारायण साहको ३०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइको भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह समितिले इटहरीमा सांस्कृतिक झाकी सहितको कार्यक्रम गरिएको थियोे ।लाखे, च्याब्रुङ, डम्फु नाच लगायत नेपाली सेना र सशस्त्र प्रहरी बलको विभिन्न सांस्कृतिक झाकी र र्याली प्रस्तुत गरिएको थियोे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङलाई प्रमुख वक्ता रहेका थिए । संस्कृतिविद् गुरुङले नेपाल एकीकरण र त्यसको सामाजिक सांस्कृतिक प्रभाव बारे बोलेका थिए ।समितिले सोही अवसरमा विगतमा जस्तै विभिन्न विद्यालयमा वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो । विद्
संवातदाता : सिताराम चन्द्रवंशीबराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा रहेको लाली गुराँस कृषि सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा सम्पन्न भएको छ ।उक्त कार्यक्रम दुग्ध सहकारी संस्थाको सभाहलमा संचालन गरिएको हो । यस सहकारीको स्थापन २०५६ साल बाट संचालनमा आएको संस्थामा हाल जम्मा २८० जना सेयर सदस्य र सेयर पुजि ६६१२०० पुगेको छ । कुल बचत संकलन सेयर पुजी २७१९७२ र कुल ऋण लगानी २६७०४० रहेको लाली गुराँस कृषि सहकारी संस्थाका अध्यक्ष नबराज बस्नेतले बताए ।यस संस्थाको कार्यक्षेत्र बराहक्षेत्र नगरपालीकाको ६,७,८,९,१०र ११ र भोक्रहा नरसिंह गाउँपालिकाको १,२,३ र ४ सम्मका कृषक हरु आव
पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ (दुइ) दिने प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन समारोह सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा तथा महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ, स्थाइकमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु वराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा , सचिव राजकुमार भण्डारी , विनोद ढकाल लगायतको उपस्थीती कार्यक्रम सम्पन्न भएको छ
ताप्लेजुङ / ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ । सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै व
मिलन अधिकारीसंखुवासभा / अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ ।“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.