समाज

    Showing ९,५६१-९,५७० of ११,३०१ items.
  • आठराई गाउँपालिकाको मासिक जेष्ठ नागरीक,अपाङ्ग तथा दिर्घरोगीहरुको घरदैलो स्वास्थ्य परिक्षण

    सुनसरी / आठराई गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित जेष्ठ नागरिक दिर्घ राेगी तथा अपाङ्गहरुलाई मासिक घरदैलो  स्वास्थ्य परीक्षण  तथा नि :शुल्क औषधि  उपचार कार्यक्रमको मङ्सिर महिनामा १६९१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।आठराईका सबै वडाहरुमा एकै साथ् मङ्सिर  २४ गते  देखि  ३० गते सम्म घरदैलो कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य परिक्षण सेवाका लागि सबै वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु टोल टोल तथा घर घरमा गएर स्वास्थ्य परिक्षण गरिएको आठराई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले बताउनु भयो।जेष्ठ नागरिक,अपाङ्ग तथा दिर्घ रोगीहरुलाई सहजै स्वास्थ

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १९५ पटक पढिएको
  • त्रिपुरेश्वर महादेव शिव महापुराणको आम्दानी खर्च विवरण सार्वजनिक

    भोजपुर / त्रिपुरेश्वर महादेव शिव महापुराणको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।भोजपुरको पौवादुङमा गाउँपालिका- १ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवमा सञ्चालन गरिएको शिव महापुराणको आम्दानी, खर्च विवरण सार्वजनिक गरिएको छ  । जसमा झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिनेमहापुराणको आयोजनाबाट २० लाख दुई हजार ९४८ रुपैया संकलन भएको आयोजकले जनाएको छ ।उक्त रकमबाट ९ लाख १४ हजार ८४५ खर्चको भएको जनाइएको छ । १० लाख ८८ हजार १०३ रुपैँया रकम मौज्दात रहेको आयोजकको भनाइ छ । मन्दिरको संरक्षण तथा विकासकाको लागि पौवादुङमा गाउँपालिकाले दश लाख सहयोग गरेको छ । यो सहित शिव महापुराणब

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १२६ पटक पढिएको
  • विराटनगर महानगरपालिकाले बालबालिकाको समस्या बुझ्दै

    विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ । बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरेको हो । महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ । अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १०५ पटक पढिएको
  • भोजपुर समाज सेवा केन्द्र इटहरीको छैठौं साधारण सभा सम्पन्न

    इटहरी । भोजपुर समाज सेवा केन्द्र इटहरीले एक कार्यक्रमको आयोजना गरि छैठौं साधारण सभा सम्पन्न गरेको छ ।समाजका अध्यक्ष शालिग्राम पाण्डेको अध्यक्षता तथा समाजका सल्लाहकार केदार मान राईको प्रमुख आतिथ्यमा भोजपुर समाज सेवा केन्द्र इटहरीको छैठौं साधारण सभा आयोजना गरिएको हो ।सो अवसरमा वक्ताहरुले भोजपुरबाट सुनसरीको इटहरी आएर बसोबास गर्दै आएकाहरु छरिएर रहेको तर्फ मध्यनजर गर्दै केन्द्रले एकीकृत गर्नु पर्ने वताए । त्यसै गरी भोजपुरेहरुलाई समस्या परेको समयमा समाजमा आवद्धहरुले सहयोग उपलव्ध गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वतन्त्र नागरिक समाज इटहरीका अध्यक्ष मोहन प्रसाद ढकाल , शिव राई , राजकुम

    • प्रकाशित मितिः पुस ७, २०८०
    • १६९ पटक पढिएको
  • सुन्दरहरैचामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच सुन्दरहरैचाको रंगशालामा गरेका हुन । नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको क्षमतालाई उज्जागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईले जानकारी गराए । नगरप्रमुख गुर

    • प्रकाशित मितिः पुस ७, २०८०
    • १,१८४ पटक पढिएको
  • घरमै पुगेर शुक्रवार नागरिकता प्रदान

    भोजपुर / नागरिकता लिनबाट बञ्चित भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिकाका एक व्यक्तिलाई घरमै पुगेर शुक्रवार नागरिकता प्रदान गरिएको छ ।  साल्पासिलिछो गाउँपालिका वडा नम्बर १, कुलुङका हजुरमान विश्वकर्मालाई इलाका प्रशासनले वडाको समन्वयमा नागरिकता वितरण गरेको हो । शारीरिक असक्तताको कारणले इलाका प्रशासन कार्यालय दिङलासम्म पुगेर नागरिकता लिन नसक्ने भएपछि इलाका प्रशासनका कार्यालय दिङलाका प्रमुख बिनोद अधिकारी सहितको टोलीले हजुरमानलाई ०९–०२–८०–०१०१७ नम्बर भएको नागरिकता प्रदान गरेको छ ।२०१० साल फागुन २२ गते जन्म रहेका हजुरमानले ७० वर्षको उमेरमा घरमै पुगेर नागरिकता पाएपछि खुशी महशुस गर्नु भएको छ

    • प्रकाशित मितिः पुस ६, २०८०
    • ११० पटक पढिएको
  • इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।कृषीलाई पहिलो प्राथमिकता राखेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।आज र भोलि हुने कौशी खेति कार्यक्रममा इटहरी ५ का ५० वटा टोल विकास संस्था मध्य १४ वटा टोल बिकास संस्थालाई छनोट गरेर प्रत्येक टोल विकास संस्थाका  ५-५ जना महिलालाई कौशी खेतीका लागि छनोट गरिएको छ । जसमा ७० जना रहेका छन् ।कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी रहनु भएको थियोे । उहाँले कौशी खेतिका लागि इटहरी सरकारले समेत सहयोग गर्ने बताउनुभयो । घरभित्रको

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १४९ पटक पढिएको
  • करको दर बढाएको विरोधमा सुन्दरहरैंचाका दलहरु आन्दोलित

     सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले मनोमानी रुपमा करको दर बढाएको भन्दै मोरङ सुन्दरहरैंचा नगरका राजनीतिक दल र उद्योगी व्यवसायी आन्दोलित बनेका छन् ।मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् ।बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गरेर दिएका हुन् ।आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा सय प्रतिशत कर बढाएको सुन्दरहरैंचा नगरपालिकाका पुर्वमेयर शिवप्रसाद ढकालले बताए । खेती किसानी

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १५४ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले गरे इनरुवा सबस्टेसनकाे उद्घाटन

    सुनसरी / विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो ।ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपा

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १७१ पटक पढिएको
  • वडा अध्यक्ष प्रकाश श्रेष्ठले वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई गरे सम्मान

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले बाहुलीबाट वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गरेका छन् । विराटचोकको प्लानेट लाउन्जमा भएको नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दिप श्रेष्ठकाे ७३ औँ जन्माेत्सवका अवसरमा दोसल्ला, कदर पत्र, नगद ५० हजार सहित सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।वडा अध्यक्ष श्रेष्ठले भने -” देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक र मननयोग्य छ, स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिलेको छ ।”मंगलबार आयोजित उक्त ‘जन्मोत्सव विषेश पलेँटी सा

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ३१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]