भोजपुर / भोजपुरको चखेवामा भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् भने एक जनालाई बिराटनगर पठाइएको छ ।शनिवार मध्य पहाडी लोकमार्ग अन्तर्गत टेम्के मैयुङ गाउँपालिका वडा नम्वर ४ को चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टरको लोड पिन भाँचिदा भएको दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक राईका अनुसार घाइते हुनेहरुमा चालक टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ चोलन्तीका २० बर्षिय सेवालुङ राई, १५ बर्षका धन बहादुर बिष्ट, २० बर्षका देवेन्द्र बिष्ट, २३ बर्षका निरज बिष्ट, र भोजपुरको रामप्रस
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आग्लागी हुँदा डेड लाख बराबरको क्षति भएको छ ।शनिवार मध्येराती वडाध्यक्ष गुरागाईको डाडाखर्क स्थितको घरमा आग्लागीको घट्ना घटेको हो तर आगो कस्ले र किन लगाएको भन्ने खुलेको छैन ।राती १२:५८ तिर खुर्शानी डढाएको जस्तो गन्ध आएपछि उठेर हेर्दा मात्र आफुहरुले आगो लागेको थाहा भएको वडाध्यक्ष गुरागाईले वताउनु भयो । छिमेकीकै सरसहयोगमा आगो निभाएको उहाँले बताउनु भयो । आग्लागीबाट भान्सा कोठामा रहेको सम्पूर्ण सामान, पाहुना कोठामा रहेको सिरक, तन्ना, डस्ना लगायतका सामाग्री जलेको उहाँको भनाई छ ।छरछिमेक, प्रहरी सहितको उपस्थितीमा
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिनुभयो ।आइतबार सुन्दर हरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवास को अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सुन्दर हरैंचा बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा जाँच सेवा केन्द्र स्
इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले जीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो । विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख शशीधर शर्मा लगायतले सहजिकरण गरेका थिए । तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका ३६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन ।
सुनसरी / बराहक्षेत्रका विभिन्न स्थानमा नाला मिचेर बनेका संरचना हटाइने भएको छ ।बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले वडा नं. ६ स्थित महेन्द्रगेटदेखि मुनाल चौकसम्मको सडकको दायाँ–बायाँ नाला मिचेर बनेका संरचना हटाउने निर्ण गरेको छ ।यहाँको मुनाल चौकदेखि चक्रघट्टी बसपार्कसम्मको सडकलाई कम्तिमा ६५ फिट कायम गर्ने सर्वसहमतिको निर्णयअनुसार नै नगरपालिकाले नाला मिचेर बनेका संरचना हटाउन कार्तिक २३ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।महेन्द्रगेटदेखि चक्रघट्टी बसपार्कसम्मको सडकलाई व्यवस्थित तथा सुन्दर बनाउने नगरपालिकाको योजना र सडक विस्तार तथा सौन्दर्यीकरण गर्ने कार्यक्रमअनुसार मिचेर बनेका संरचन
ताप्लेजुङ / ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो पछिल्लो समय ताप्लेजुङका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ । पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् ।फुङ्लिङ नगरपालिका–१० का आश
सुन्दरहरैचा । लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको समयमा मोरङको सुन्दरैचामा पनि अन्तरक्रियाको आयोजना गरिएको छ ।लौगिंक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालवालिक लगानिमा ऐक्यवद्द्ता भन्ने मुल नाराका साथ लौगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ को आयोजना र महिला अधिकारका लागि राष्ट्रिय अभियान र महिला मानब रक्षक संजालको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम वडा सदस्य पुर्णमाया लिम्बुको अध्यक्षता तथा नगर उपप्रमुख अकली चौधरीको प्रमुख आथित्यमा भएको थियो ।
मोरङ / मोरङको बेलबारी नगरपालिका - ४ मा रहेको बेतना सिमसार सामुदायिक बन समुह खारेज गर्न स्थानीयले माग गरेका छन ।शनिबार बिहान बेतना सिमसारमा भेला भएका स्थानीयले सो माग गरेका हुन । बेतना सिमसार सिँचाई संघर्ष समितिका संयोजक रहेका मनिकुमार लिम्बुले साथ दलीय संयन्त्र हुँदै राजनीतिक दलको निर्देशनमा बनेको र सञ्चालन भईरहेकोब न समुह तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।चरम बेतिथि र राजनीतिका कारण बेतना सिमसार राजनीति गर्ने थलोका रुपमा मात्र बिकास भएको र स्थानीयलाई उपेक्षा गरिएको भन्दै उनले तत्काल यो समिति मात्र नभएर बन समुह नै खारेज हुनुपर्ने बताए । संघर्ष समितिका सञ्चार संयोजक सुजित बस्नेतले बेलब
इटहरीः इटहरीको कम्युनिष्ट आन्दोलनमा अभियान्ता तथा जेष्ठ नागरिक समाज नेपाल इटहरीका संस्थापक अध्यक्ष स्वर्गीय केवलमान बिष्टको स्मृति दिवसको अवसरमा केवलमान बिष्ट स्मृति प्रतिष्ठान इटहरीले पाँच जना स्रष्टालाई सम्मान गरेको छ । इटहरीको चिया चौतारीमा सनिबार आयोजित एक कार्यक्रमका विच प्रतिष्ठानले बिभिन्न क्षेत्रमा योगदान गर्ने पाँच जनालाई कोशी प्रदेश का मन्त्री कमल जबेगूले सम्मान पत्र हस्तान्तरण गरेका थिए । केवलमान बिष्ट स्मृति प्रतिष्ठानद्धारा सम्मानित हुनेहरुमा खेलकुदका क्षेत्रमा योगदान पुर्याएको भन्दै ममता राइ, साहित्य क्षेत्रमा योगदान गर्ने गायत्री लम्साल, गीत संगीतमा योगदा
मोरङ / अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ । पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम मंसिर १२ र १३ गते सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. ज्ञानबहादुर बस्नेत, एम.एस.एस. अफिसर श्रीजत दाहाल, जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदी, दमक अस्पतालका डा. अनुपम घिमिरे सहितको टोलीले अस्पतालको निरीक्षण गर्नुृभएको थियो । पथरी नगर अस्पतालमा पहिलो मापन २०७८/७९ मा ३० अंक प्रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.