मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् ।तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडि बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन् ।पथरी शनिश्चरे वडा नं ४,८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्या
भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।संघिय सरकारको बजेट र गाउँपालिकाको बजेट मार्फत प्रशासनिक भवनको आज बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।संघिय सरकारको ६० प्रतिशत बजेट र गाउँपालिकाको ४० प्रतिशत बजेट मार्फत भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ । भवन नहुँदा समस्या रहेदै आएकाले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए ।भवनको निर्माण यहीँ मंसिर भरिमा सञ्चालन हुने उहाको भनाइ छ । भवनको निर्माण अवधि दुई बर्ष रहेकाले भवन निर्माण गर्ने समान ल्याउने बाटोका
समीर चन्द्रवंशीसुनसरी / वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ ।हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका
इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२३की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो । स्थापना दिवसका अवसरमा विगत देखि नै सफल संघषशील महिलालाई सम्मान गर्दै आएको झै यस वर्ष पनि एकल तथा संघषशिल महिला इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की सिता श्रेष्ठ गौतमलाई नगद सहित सम्मान गरियो ।त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक
सुनसरी / इटहरी - २ की लक्ष्मी राई लिम्बुको घर केही महिना अघि जंगली हात्तीले भत्काएपछि अहिले नेपाल तरुण दल सुनसरीलेदुई कोठाको घर बनाएर हस्तान्तरण गरेको छ ।साना तीन जना बालबच्चा सहित बस्दै आएको घर हात्तीले भत्काइ दिएपछि विचल्नीमा परेकी लक्ष्मीको परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको अगुवाईमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।हात्तीले घर भत्काइ दिएकी लक्ष्मीलाई तरुण दलको तर्फबाट ६ लाख बढीको खर्चमा दुई कोठाको घर बनाएर हस्तान्तरण गरिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए ।उनले लक्ष्मीको घर निर्माण विभिन्न व्यक्तिहरुले सहयोग गरेको र सहयोग गर्नेहरुलाई आभार प्र
इटहरी / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउन गरिन्छ ।अभियानको तेस्रो दिन सोमबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १७ मा प्रभातफेरि गरिएको छ । अध्यक्ष प्रभात कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १७ का बिभिन्न संघ संस्था, बाल क्लब, मदरसा, प्रहरी , बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो । अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेको बताए । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरूद्
मोरङ : कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ। पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्।पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टि
मोरङ / मोरङको रतुवामाई नगरपालिकाले आफ्नै पहिचान झल्कने लोगो बनाउने भएको छ ।नगरपालिकाले मंगलबार एक सुचना प्रकासिश गर्दै पालिकाको लोगो बनाउन खुल्ला प्रस्तावना आह्वान गरेको छ । रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागिएको जानकारी दिए ।पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको छ । लोगो निर्माण गरी सूचना प्रकाशित भएको २१ दिनभित्र पालिकामा पेश गर्न सक्ने उनले बताए ।लोगो बनाउन इच्छुकहरुले नगरपालिकाको इमेल तथा कार्यालयमा पठाइएका लोगो
उर्लाबारी / मोरङको उर्लाबारी ७ मा भएको आगलागी घटनामा परी घाइते भएका नरेश यादवको निधन भएको छ । यादवको निधनसंगै यस घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।काठमाडौं स्थित किर्तीपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४३ वर्षीय यादवको उपचारका क्रममा सोमबार राति ११ बजे निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका यादवको अनुहार, घाटी, ढाड, दुवै हात र खुट्टामा गरी १४ प्रतिशत जलन रहेको थियो ।गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी ७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । अचानक पसलमा आगो लागेपछि निभाउन गएका ४ प्रह
विराटनगर / सामाजिक रुपान्तरण लागि महिला नेतृत्व, न्याय समान्ता र पर्यवरणीय अधिकारको सुनिश्चिता सामाजिक रुपान्तरणसहितको दिगो बिकासमा निश्चितता“ भन्ने मुल नाराका साथ कोशी प्रदेश महिलावादी महिला मञ्चको कार्यक्रम सुरु भएको छ । आइतबार विराटनगरमा आयोजनागरिएको कोशीप्रदेश स्तरीय महिला सम्मेलन मंसिर ११÷१२ गते २ दिन सम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा महिला अधिकारको बिषयमा कार्यपत्र प्रस्तुति गरेको थियो । लैंगिक हिंसा र यौन हिंसाको बिषयमा कार्यशाला , महिला र श्रमको बिषयमा अन्तरक्रिया, वैदेशिक रोजगारी बाट फर्किएका महिलाहरुको बिषयमा कार्यशाला , यौन श्रम र असंगठ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.