समाज

    Showing ९,७८१-९,७९० of ११,३०१ items.
  • विराटनगरमा खुकुरी प्रहार गरेर श्रीमान फरार

    विराटनगर / श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमान फरार भएका छन् । झापा अर्जुनधारा घर भई विराटनगर - ४ खार्जीमा डेरा गरेर बस्दै आएका ४२ वर्षीय हेमबहादुर कार्कीले ३८ वर्षीया श्रीमती नमिता बस्नेतलाई खुकुरी प्रहार गरि गम्भिर धाईते बनाएर फरार रहेका छन् ।मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको स्रोतले जनाएको छ । घाईते भएकी नमितालाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल पठाईएको छ ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ११० पटक पढिएको
  • इटहरीको तायारिप्ची भवनमा यही कात्तिक १७ र १८ गते नाटक ‘शत्रु’ प्रदर्शन हुने

     इटहरी / इटहरीको तायारिप्ची भवनमा यही कात्तिक १७ र १८ गते नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा दुई दिन नाटक प्रस्तुत गर्नेगरी तयारी सम्पन्न भएको छ । दुई दिन (कात्तिक १७ र १८ गते) दिनको ३ बजे नाटक प्रस्तुत हुने नाट्यकर्मी प्रजल दुलालले बताए ।यस्तै, कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको कलालय इटहरीले जनाएको छ ।                &nbs

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • २५२ पटक पढिएको
  • पाँच महिनादेखि थलिएकी मायादेवी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अग्रसरतामा विराटनगर- १२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ ।मेयर कोइरालाको अग्रसरतापछि सहनीको आजैबाट कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको छ । आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला स्वास्थ्यकर्मीसहित पुग्नु भएको थियो ।सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो । गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ११४ पटक पढिएको
  • डिजेलको मूल्य घट्यो, बढेर आएको पेट्रोल र ग्यासको यथावत

    सुनसरी / उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको र ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा बढेर आएको थियो। उपोभोक्तालाई मूल्यवृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका हुन्। 

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • १०१ पटक पढिएको
  • अर्पण घिमिरे जसले झिलीमिली बनाउँछन् विश्वकै उत्कृष्ट ४९ औं स्थानको ' क्लब 'एलओडी' क्लब

     सिताराम चन्द्रवंशी (समीर)सुनसरी / सुनसरीको बराहक्षेत्र १० मा बस्ने सामान्य परिवारमा हुर्केका अर्पण घिमिरे विश्वकै उत्कृष्ट 'एलओडी' क्लब झिलीमिली बनाउँछन् । क्लबहरूका थुप्रै आकर्षणमध्ये साउन्ड सिस्टम र लाइटिङ मुख्य हुन्। विभिन्न ब्यान्डका प्रस्तुतिले क्लब जानेहरूको उत्साह बढाउँछ। त्यसमा थप शोभा र जोस भर्छ, लाइटिङले। अर्थात् त्यहाँ हुने झिलीमिली बत्तीहरूले।यी बत्तीहरू यसै बालिँदैनन्। कुन बत्ती कुन ठाउँमा, समयमा, कतिबेर र कुन शैलीमा बाल्ने भनेर निधो गरिएको हुन्छ। यो काम एक किसिमको डिजाइनिङ हो। त्यसैले यो काम गर्नेलाई भनिन्छ लाइट-डिजाइनर।यस्तै लाइट-डिजाइनर हुन् २७ वर्षीय अर्पण घिमिरे। उ

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ३१९ पटक पढिएको
  • दशैँ बिदापछि पढाउन शुरु नगर्ने तीन विद्यालयलाई हलेसी तुवाचुङ नगरपालिकाको स्पष्टीकरण

    सुनसरी / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दशैँ बिदा सकिए पनि नियमित पठनपाठन शुरु नगर्ने तीन विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।कात्तिक ११ गते दशैँ बिदा सकिए पनि कात्तिक १२ गतेदेखि नियमित पठन–पाठन शुरु नगरेको पाइएपछि च्यास्मीटार मावि च्यास्मीटार, मालिकादेवि मावि कदुवा र दूधकोसी आधारभूत विद्यालय, बाहुनीडाँडा, जयरामलाई नगरपालिकाले स्पष्टीकरण सोधेको छ ।हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्र राईलगायतको टोलीले कात्तिक १२ गते स्थलगत अनुगमन गर्दा नियमित पठनपाठन शुरु नभएको पाएपछि विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको हो । कार्यालय समयमा अनुगमन गर्दा दूधकोशी आधारभूत विद्य

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • १०७ पटक पढिएको
  • बुढिगंगामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम सम्पन्न

    बुढिगंगामा / मोरङ जिल्लाको बूढिगंगा गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो । स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुलाइ चुस्त, प्रभावकारी बनाउन उपेक्षित उष्णदेशीय रोगहरू NTDs सम्बन्धी ३ दिने तालिम दिइएको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराईले बताउनुभयो । तालिम १२ गते आइतबार देखि एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । मंगलबार सम्म चलेको  कार्यक्रममा कार्यक्रम अ

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • २६० पटक पढिएको
  • पथरीशनिश्चरेमा चोरको बिगबिग,४ जना पक्राउ

    सुन्दरहरैँचा / मोरङको पथरीशनिश्चरे नगरमा केही दिन यता चोरको बिगबिगी बढ्दै गएको छ। पछिल्लो दिनमा मात्रै कासाको थाल, लोटा करुवा चोरी गरि बेच्ने र किन्नेलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । छिमेकीहरुको समान चोरी गरी बेच्ने पथरीशनिश्चरे ४ जरायो टोलका सुनिल राई सहित ४ जनालाई पक्राउ गरेको हो ।सुनिलले बिभिन्न ब्यात्तीहरुको घरबाट ८ थान काँसाको लोटा, ७ थान करुवा, ४ थान काँसाको थाल को १४ प ४२० नम्बरको मोटरसाइकल चोरी गरि बेचेको र किन्ने मान्छे सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार किन्ने मानिसहरुलाई पनि पक्राउ गरि म्याद थप गरिएको तर नाम भने गोप्य

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • १४५ पटक पढिएको
  • इटहरीमा जनता मावि खेल मैदानमा एक महिने मिनी महोत्सव

    इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • १६४ पटक पढिएको
  • किसान कल्याण साकोस को २८ औं स्थापना दिवस सम्पन्न, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेललाई सहकारी अभियान्ता विशेष सम्मान

    इटहरी । देशकै सर्वउत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई सकेको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २८ औं स्थापना विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकोे छ । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान,पुरस्कृत,सास्कृतीक कार्यक्रमका साथै संस्था स्थापनाको २८ वर्ष प्रवेश गरेको अवसरमा केक काटेर मनाएको हो ।                                                                   

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • २११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]