समाज

    Showing ९,८३१-९,८४० of ११,३०७ items.
  • १०४ वर्षिय जेष्ठ नागरिक सम्मान

    सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका  वडा नम्बर - ७ गाेठगाउँमा १०४ वर्षिय जेष्ठ नागरिक सम्मान गरिएको छ ।माेरङकाे सुन्दरहरैँचा नगरपालिका  वडा नम्बर - ७ गाेठगाउँ स्थित  सामाजिक सेवाका लागि युवा अभियान नेपालकाे आयाेजनामा भएको दशैपर्वकाे शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रममा १०४ वर्षिया जेष्ठ नागरिक पदमकुमारी दर्जिलाई  सम्मान गर्दै स्थानीय समाजसेवी भक्तिप्रसाद सिटौला लगायत अन्य विभिन्न संघ संस्चाका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ९५ पटक पढिएको
  • रतुवामाई नगरपालिकाले यस वर्ष ७५ जनालाई रोजगारी दिने

    सुनसरी / मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७५ जनालाई रोजगारी प्रदान गर्न लागेको हो । नगरपालिकाका रोजगार संयोजक प्रदीप पराजुलीका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले ६५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरेको थियो । यस वर्षदेखि प्रधानमन्त्री रोजगारी कार्यक्रम पनि केही परिमार्जन भएर सञ्चालन गरिने छ ।नगरपालिकाले स्थानीयको आत्मनिर्भर बनाउन सीपमुलक तालिम प्रदान गर्ने गरेको रोजगार संयोजक पराजुलीले बताए । उनको अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले १२० जनालाई उद्यमशिलता तालिम

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ९४ पटक पढिएको
  • नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखको अध्यक्षतामा बैठक बस्ने

    इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग राखेर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र मा १७ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।  कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमती समेत जनाइएको छ ।स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ३४६ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा दशैं तिहारको शुभकामना आदानप्रदान

    सुनसरी / उद्योग वाणिज्य संघ इटहरी परिसरमा आउदै गरेका चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।उध्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उध्योग वाणिज्य संघ इटहरी र युवा उद्यमी मन्च सुनसरी (NYEF) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा  जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पान्डे, उधोग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष भिम पौडेल,  कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेल,  उद्यमी मन्च सुनसरी अध्यक्ष चन्द्र देवकोटा

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ११५ पटक पढिएको
  • सेभेन स्टार क्लबले इटहरीमा शुक्रबार खुल्ला दौड प्रतियोगिता गर्दै

    इटहरी / इटहरीमा सेभेन स्टार क्लबले भोलि खुला दौड प्रतियोगिता गर्ने भएको छ ।युथ ओपन सिक्स के रन नाम दिइएको प्रतियोगितामा महिला र पुरुष प्रतियोगिहरु सहभागि हुने प्रतियोगिताअन्तर्गत लविपुर चोकदेखि इटहरी गोल चोकसम्म र इटहरी गोल चोकदेखि पुनः लविपुर चोकसम्म सहभागिहरु दौडनेछन् । विजेतालाई प्रथम पुरस्कार पुरुष विधा तर्फ नगद रु ६००० मैडल तथा प्रमाण पत्र ,द्वितिय पुरस्कार पुरुष विधा तर्फ नगद रु ४००० मैडल तथा प्रमाण पत्र, तृतीय पुरस्कार पुरुष विधा तर्फ नगद रु २००० मैडल तथा प्रमाण पत्र ,पाचौँ पुरस्कार पुरुष विधा तर्फ नगद रु १००० मैडल तथा प्रमाण पत्र, प्रथम पुरस्कार महिला विधा तर्फ नगद रु ६०००मैडल तथा

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ११० पटक पढिएको
  • सहारा नेपाल सेवा केन्द्र रमाईलाे द्वारा मन्दिर सरसफाई तथा शुभकामना आदान प्रदान

    मोरङ / सहारा नेपाल साकाेस सेवा केन्द्र रमाईलाेले कानेपाेखरि ५ रमाईलाे महाराज थान मन्दिर परिसर सरसफाई तथा चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शेयर सदस्य तेज कुमारी भट्टराईकाे अध्यक्षता तथा कानेपोखरी गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष चरण गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन कर्मचारि पेसल कुमारि शर्मा र स्वागत मन्तब्य सरला कार्किले गर्नु भएकाे थियाे ।कानेपोखरी गाउँ पालिका वडा न ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चाैकि बाट सराेज घिमिरे,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ,JOA परियाेजनाका माेरङ जिल्ला अधिकृत मिथुनसेन चाैधरी,सहारा पशु प्राबिधिक संजि

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ३३० पटक पढिएको
  • नेपाल तरुण दल इटहरी वडा नम्बर ७ गर्यो रक्तदान ५४ पिन्ट रगत संकलन

    इटहरी / नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने भएकाले विरामीहरुलाई समस्या नहोस भनेर नेपाल तरुण दल इटहरी वडा नम्बर ७ ले रक्तदान कार्यक्रम गरेको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको प्रमुख आतिथ्य तथा आयोजक इटहरी वडा नम्बर ७ का सभापति अतिथ राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरेका हुन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।  रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का पुर्व वडाध्यक्ष नरबहादुर राई , नेपाली काँग्रेस इटहरी वडा ७का उपाध

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • १८४ पटक पढिएको
  • कुपोषण विरुद्ध वल्र्ड भिजनले अभियान संचालन गर्ने

    महोत्तरी /  खाद्य सुरक्षाका दृष्टिकोणले उर्वर भूमि भए पनि कुपोषणको उच्च अवस्था रहेको मधेश प्रदेशमा परिणाम आउने गरी सबै सरकारी एवं गैरसरकारी पक्षले एकजुट भएर काम गर्नु पर्ने कुरा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीले बताउनु भएको छ ।विश्व खाद्य दिवसका अवसरमा आज असोज २९ गते मधेश प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले नक्टाझिजमा आयोजना गरेको मधेश प्रदेशमा पोषण तथा खाद्य सुरक्षाको अवस्था विषयक नीति बहस कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष चौधरीले उक्त कुरा बताउनुभएको हो ।“पुड्कोपन, ख्याउटे र कम तौल भएका बालबालिकाको संख्या अरु प्र

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ३१३ पटक पढिएको
  • इटहरी २० वडा कार्यालय तरहराको आयोजनामा अनेकतामा एकता कार्यक्रम

    इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० कार्यालय तरहराको दशैँ तिहार तथा छैठ पर्वको अवसर पारेर बिभिन्न जात जातिको मौलिक परम्परा झल्किने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।वडा कार्यालयसँगै मंगलबार आयोजना भएको भव्य कार्यक्रममा अनेकतामा एकता झल्किने गरी बिभिन्न जात जातिका झाँकि सहिहको आफ्नो पहिचान झल्किने प्रस्तुतीले गरिएको थियोे ।इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम भएको हो । प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी उपस्थित भएकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले गत बर्षबाट वडा नम्

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १२९ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई पत्र

    सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले सप्तकोसीमा सञ्चालित वाटरबोट नियमन तथा सुरक्षाबारे चासो गरेको छ । हतुवागढी गाउँपालिकाले पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा समन्वयका लागि ८ वटा निकायलाई पत्राचार गरेको हो ।  केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए । उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]