विराटनगर / विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति भारततर्फ लैजाँदै गरेको ४० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति १० बजेतिर बरामद भएको प्रहरीले बताएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको बताएको छ ।
मोरङ / मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५÷७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । बसले बिहान ५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शव सोही अस्पतालमा राखिको छ । प्रहरीले मृतकको पहिचानको प्रय
सुनसरी / भोजपुरको पौवादुङ गाउँपालिकाले पातलो प्लाष्टिक झोला बिक्री वितरणमा निषेध गरेको छ ।गाउँपालिकाले एक सुचना जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख भए अनुसार प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ मा व्यवस्था भए बमोजिम गाउँपालिका भित्र ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध गरीएको छ ।सूचनालाई बेवस्था गरी उक्त कार्य गरेको वा गराएको पाईएमा कानुन बमोजिम कारबाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । पछिल्लो समय गाउँपालिकाले गाउँलाई विकासका काममा अगाडि बढाउने र व्यवस्थित बनाउन अगाडि ब
काठमाडौं / नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई देशभर सार्वजनिक बिदा दिएको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको मंगलबार बिहान निधन भएको हो। श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थ
सुनसरी / धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हातहतियार सहितको समूहले आक्रमण गरेको छ । घरमा प्रवेश गरी उक्त समूहले बेघाका भाइलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।धरान–१५, खोरिया बस्तीमा रहेको उनको घरमा पुगेर समूहले ढुंगामुढा समेत गरेको स्थानीयले बताए । उक्त समूहले उपप्रमुख बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको थियो । स्थानीयका अनुसार उनको देब्रे गालामा खुकुरी प्रहार भएको छ ।समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए । बेघा धरान १२ स्थित नगरपालिकाको कार्यालयबाट धरान १५ स्थित निवासमा पुग्दासम्म प्रहरी नपुगेको बेघाले गुनासो गरेका छन् ।इलाका
सुनसरी / इटहरीको सामुदायिक क्याम्पसहरू मध्य विद्यार्थीको माझ पढाइमा निकै परिचित जनता बहुमुखी क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।जनता बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षक बढेको हुँदा यस क्याम्पसले कक्षा ११ मा अध्यन गर्ने नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । जसमा दुई सयबढी विद्यार्थीलाई उक्त कार्यक्रममा स्वागत गरेको हो ।सो कार्यक्रममा कक्षा ११ , १२ स्नातकतह का विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सांस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र समेत आयोजकले दिएको छ । कार्यक्रममा जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक
काठमाडौं /नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो। उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो।एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै अन्त्येष्टिका दि
सुनसरी / कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश माछा पसलमा अस्वस्थकर माछा बिक्रीवितरण भइरहेको छ ।सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा कोसीको नाममा भारतीय माछा बिक्री गरिँदै आएको स्थानीय बद्री यादव बताउँछन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमै अनुगमन हुन नसकेको इनरुवाका हसबुल अन्सारीले बताए ।बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रीवितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीलाई सचेत गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनिता यादवले बताइन् ।
सुनसरी / लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
भोजपुर/ कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले हतुवागढीको चुहार पुल अनुगमन गरेकी छन् ।भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका- ९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको सो पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका बिभिद विषयमा सोमबार कोसी प्रदेश सामाजिक बिकास राज्यमन्त्री सिर्जना राई तथा कोसी प्रदेश निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण र इन्जिनियर लक्ष्मीप्रसाद सापकोटा साथै ( LRBP) का प्रतिनिधि सहितको टोली लिएर स्थलगत अनुगमन गरिएको थियोे । हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई वडा ९
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.