इटहरी । इटहरी उपमहानगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । जेठ ३१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दर्ता भएको उक्त उजुरीको दर्ता नम्बर सी-०४५६२० रहेको छ ।अभिवाभकको तर्फबाट दिइएको उजुरीमा अभिभावकहरूलाई सूचनाको हकबाट वञ्चित गरेको, आर्थिक पारदर्शिता नभएको देखि विद्यालयलाई निजी कम्पनीजस्तो बनाएर अत्यावश्यक प्रतिवेदन समेत नल्याइएको उल्लेख गरिएको छ । यस्तै पुस्तक खरिदमा निश्चित पुस्तक पसलबाट ल्याउनु भन्ने, नेपाली माध्यमको शिक्षा प्रणाली बन्दको तयारी गरेको, दरबन्दीका शिक्षकहरूले नपढाइ जागिर खाएको, व्यवस्थापन समिति र टाठाबाठा शिक्ष
जुन १४/ कुनै पनि स्वास्थ्य व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा विरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ ।जस्तैः एक्सिडेन्ट बाट अत्याधिक रतmस्राब भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई,सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्य
इटहरी । शैक्षिक गतिविधिलाई अनुसन्धान मुलक वनाउने विषयमा सुनसरीको इटहरीमा विज्ञहरु विच छलफल सम्पन्न गरिएको छ । इटहरी नमुना कलेजको आयोजनामा कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल गरिएको हो । त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १का विभिन्न ठाउँका शिक्षा विदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट विद्यावारिधी गरेका तथा विद्यावारिधी गर्न अनुसन्धान मुलक विषयवस्तुहरु खेलन गर्न लागेका शिक्षासंग जोडिएका व्यक्तित्वहरुले आ आफनो धारणा कार्यक्
इटहरी । इटहरी ४ स्थित पिसजोन आवासीय स्कुलले विद्यार्थीका प्रतिनिधि चयनका लागि निर्वाचन गरेको छ । विद्यार्थी स्वयम् मतदाता रहने गरी शुक्रबार विद्यालयकै प्राङ्गणमा स्कुलको प्राइमरी र सेकेन्डरी लेबलको लागि क्याप्टेन महिला पुरुष, भाइस क्याप्टेन महिला पुरुष गरी ८ फरक पदका लागी निर्वाचन प्रकृया सम्पन्न गरेको हो ।विद्यालयबाट प्राप्त भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्दा भविष्यमा प्रतिनिधि चयनका निम्ति मतदान गर्दा बदर मतको सम्भावना न्यूनिकरण हुने साथै सफल र सबल नेतृत्व चयन गर्न सहज हुने उद्देश्यका साथ निर्वाचन गराइएको विद्यालयका प्रिन्सिपल केशव भट्टराईले जानकारी दिए ।निर्वाचनको लागी व
आज बिश्व वातावरण दिवसका आवसरमा बिभिन्न कार्यक्रम बिश्वभर मनाइरहदा इटहरीमा पनि बिभिन्न संघ संस्था तथा नगर पालिकाले बृक्षा रोपण तथा सरसफाइ गरेर मनाएको छ । तर इटहरी उपमहानगरपालिका गेटमै विभिन्न रुख बिरुवा काटेर पनि वातावरण दिवस मनाईएकाे देख्छदा आचम्ममा परेको स्थानीय जीबन चौधरीले बताए ।विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । " वातावरण बचाउ र भएको एउटै जिवयुक्त पृथ्वी बचाउ " भन्ने नारा सहित सन
धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध शहर ।’ यही नारालाई दीर्घकालीन विकास लक्ष्य भन्न थालिएको पनि दशकौं भइसक्यो । तर, धरानको सबैभन्दा विकट अनि दुर्गम क्षेत्र मानिएको धरान वडा नं. २० मा अध्ययन गर्ने स्कुले विद्यार्थीका लागि असहजता छ। पहाडै पहाडले घेरीएको यस वडामा वालबालिकालाई विद्यालय आउजाउँ गर्दा दैनिक चार घण्टादेखि छ घण्टासम्म लाग्ने गर्छ ।धरान वडा नं. २० की कक्षा ४ मा अध्ययनरत पम्फा तामाङ्लाई विहान सबेरै उठेर विद्यालय पुग्न दुई घण्टा लाग्छ । फर्कदा बिहान जादाको थकानले अरु बढी समय लाग्छ । वि
कक्षा १२ को परीक्षा आज (सोमबार)देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै शर्माले भने, ‘देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ।’ ७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ। विगत दुई वर्ष क
काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले जेठ ९ गते सोमबार एक सूचना जारी गर्दै २०७९ का लागि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका उम्मेदवारले आज (जेठ ९ गते) देखि असार ७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरको हकमा असार १४ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।त्यसैगरी उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालि
इटहरी । काठमाण्डौ मुख्यालय भएको संस्था सीटीएफले इटहरीमा यही जेठ ६ र ७ गते दुई दिने ‘एकीकृत पाठ्यक्रम र यसको प्रभावकारी कार्यान्वयन’ विषयक सम्मेलन गर्ने भएको छ । संस्थाका कार्यकारी निर्देशक बद्री प्रसाद दाहालले आज इटहरीको हिसान कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूले कार्यक्रममा सहजीकरण गर्ने बताए ।दाहालका अनुसार सजहकर्ताहरुमा प्राध्यापक डाक्टर बिजु थपलिया, युवराज अधिकारी, दिनेश थापा, रेखा हमाल, निर्मला पौडेल, अभिषेक घिमिरे, डाक्टर बासु सुवेदी देखी रत्न भण्डारी लगायत छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पुर्वान्चल विश्वविद्यालय
काठमाडौं । स्थानीय तहको चुनावमा तीन दिन विद्यालय विदा हुने भएको छ। मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा हुने भएका हुन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ।सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्याल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.