धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नीरेन तामाङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम तथा पहाडी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन
इटहरी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिसजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् । रगत परीक्षणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा एक जना, आव २०७९र८० मा दुई जना, आव २०८०र८१ मा छ जना, आव २०८१र८२ मा १४ जना
इटहरी । वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि बनेको हो । अटिजम, सिकाइ कठिनाइ तथा न्युरोटिपिकल (सामान्य विकासक्रम भएका) बालबालिकालाई एउटै शैक्षिक वातावरणमा समेट्ने उद्देश्यसहित स्थापना गरिएको यसै शैक्षिक सत्रबाट सञ्चालन प्रारम्भ गरिएको विद्यालयलाई प्रदेशमै पहिलो समावेशी मोडेलका रूपमा लिइएको छ । नेपाल सरकारले समावेशी शिक्षा, प्रारम्भिक बालविकास (इसिडी) तथा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा जोड दिँदै नीति तथा कार्यक्रम अगाडि सारेको सन्दर्भमा वेदा
इटहरी । इलाम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो । गाउँपालिकाले आफ्ना सातवटै वडामा पालिका अन्तर्गतका स्वास्थ्य, कृषि, पशुुपन्छी, पन्जीकरण लगायतका शाखाका सबै सुविधा प्रदान गरेको छ । वडा तहमै स्वास्थ्य सुविधा आउँदा सामान्य जाँच गर्न र औषधी लिन देउमाई नगरपालिकाको मंगलबारेसम्म जानुपर्ने झन्झट टरेको वडा नम्बर–६ का सेवाग्राही निलकण्ठ अधिकारीले बताउनुुभयो । यस्तै
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं। १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् । पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता स
मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,
इटहरी । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया सेवा सहितको विशेष आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल बिर्तामोड झापा, मेरिङदेन गाउँपालिका तथा सेवा फाउण्डेसन काठमाडौँको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुने भएको हो । डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इनचार्ज काजी गुरुङका अनुसार मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने छ । पहिलो चरणको शिविर यही वैशाख २१ र २२ गते दोभान बजारस्थित दोभान आँखा उपचार केन्द्रमा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणको शिविर वैशाख २४ ग
इटहरी । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । हाइड्रोपावरले आयोजनाका प्रभावित क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागेको हो । शिविर आगामी वैशाख १८ र १९ गते सञ्चालन गर्न लागिएको प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १८ गते आठराई त्रिवेणी गाउँपालिका(५, चाँगेको तिरतिरेस्थित श्री जालपा देवी आधारभुत विद्यालयमा र वैशाख १९ गते मिक्वाखोला गाउँपालिका(२, खोक्लिङस्थित चितुब्याङमा रहेको आयोजनाको विद्युत् गृह कार्यालयमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्
इटहरी / पिनाकल फिटनेस जिम पछिल्लो समय इटहरीमा स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै युवाहरूको पहिलो रोजाइ बन्दै गएको छ। आधुनिक उपकरण, अनुभवी प्रशिक्षक तथा स्वच्छ वातावरणका कारण यस इटहरीकै मुटु संगीत चोक मा रहेको यस जिमले छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ।पिनाकल फिटनेस जिममा कार्डियो, वेट ट्रेनिङ, क्रसफिट, योग तथा व्यक्तिगत प्रशिक्षण जस्ता सेवाहरू उपलब्ध छन्। विशेषगरी व्यस्त जीवनशैली भएका युवाहरूलाई लक्षित गर्दै लचिलो समय तालिका र व्यक्तिगत फिटनेस योजना प्रदान गरिनु यस जिमको मुख्य विशेषता हो। प्रशिक्षकहरूको निगरानीमा सुरक्षित र प्रभावकारी अभ्यास गर्न सकिने भएकाले नयाँ सदस्यहरू
इटहरी । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले आँखा स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य सहित ’डिजिटल ट्रेनिङ हब’ डी.टी.एच.को औपचारिक शुभारम्भ गरेको छ । बिहीबार अस्पतालको सम्मेलन हलमा आयोजित एक विशेष समारोहका बीच यस नवनिर्मित केन्द्रको उद्घाटन गरिएको हो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ओर्बिस इन्टरनेशनलकी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविन विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाहरूको पनि बाक्लो उपस्थिति रह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.