इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्
इटहरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ । पोस्ट प्रो सोलुसन प्रा।लि।की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्रीहरू प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठुलो स्वास्थ्य संस्थालाई आर्थिक सङ्कटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यसले बि
इटहरी । स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने भएको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एव
इटहरी । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ ।अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् ।विशेषगरी प्रसूति र शल्यक्र
सुनसरी | लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फ
इटहरी । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आइतबारका लागि तोकिएको छ । सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण बुझ्ने काम र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ । २०८१ साल माघ १० गते फोक्सो एवम् श्वासप्रश्वास
इटहरी । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् । स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिनुभयो । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेक
संखुवासभा । मादी नगरपालिका–६ पुलुङस्थित दीप ज्योति युवा क्लबको आयोजनामा रामनवमी पर्वको अवसरमा “पाँचौँ रामनवमी आमन्त्रित अन्तरपालिका खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।“मादी नगरको द्वार, शान्ति र समृद्ध मादी नगर, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल चैत्र ४ गतेदेखि ७ गतेसम्म मादी नगरपालिका–६ पुलुङमा सञ्चालन हुने खेल संयोजक राजेश राईले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई रु. ६१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई
इटहरी । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो । यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँप
इटहरी । खोटाङ जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.