महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका
सुनसरी - राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भु
इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष सुब्बा बताउछन् ।अस्पताल
विराटनगर । विराटनगर - ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ’पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।झापाको हल्दीबारी गाउँपालिका -१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिबको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि वि
काठमाडौं । अनुहार हेरेरै थाहा पाउन सकिन्छ शरीरको कुन अंगमा के समस्या छ । मानव शरीरका हरेक अंग अनुहारका आखाँ, नाक, कान, मुख, गाला र छालासँग जोडीएका हुन्छन् । यसै कारणले विज्ञ तथा डाक्टरले अनुहारको दाग धब्बा, डण्डीफोर, नाक, मुख, आँखा तथा छालाको अवस्था हेरेरै शरीरको कुन अंगमा के समस्या छ बताइदिने गर्दछन् । विशेषज्ञले अनुहार हेरेरै रोग अथवा समस्या पत्ता लगाउनुलाई फेस म्यापिङ भनिन्छ ।सामान्यतया अनुहारमा देखिने डण्डीफोर, दाग, धब्बा, कालोपन, मुसा तथा कोठी भनेका रोगका बाहिरी लक्षण अथात संकेत हुन् ।नाकमा डन्डीफोर आउनेउच्च रक्तचाप भएको नाकमा चिलाउने डन्डिफोर आउने गर्दछ । जसको मतलब रगतमा खराबी भएको मान्न
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ६ मा रहेका सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईको अध्यता तथा सुन्दरहरैचा वडा ६ का अध्यक्ष सन्तोस लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नयाँ वर्षको अवसर पारेर विवीध कार्यक्रमको आयोजनाको विकल्पमा सन्देशमुलक काम गरौ भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । सामाजिक कार्य मार्फत रगतको आवश्यकता परिपुर्ती गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईले बताएका
एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ।अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन्
धरान । मुटु रोगबाट पिडित भोजपुर जिल्लाको आमचोककी अनु रानालाई टिकटक युजरहरुको समुह नेपाली हट टिकटक ग्रुपले उपचारमा सहयोगका लागि ६५हजार भन्दा वढी रकम उपलव्ध गराएको छ। सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुको समुह नेपाली हट टिकटक ग्रुपले समयसमयमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने गरे बमोजिम नै आर्थिक अवस्था कम्जोर रहेकी अनु रानालाई उपचारका लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको हो । मुटु रोगबाट पिडित रानाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कम्जोर भएका क
सुन्दहरैचा / सुन्दहरैचा स्थित सलकपुरमा एक कार्यक्रमका बिच सुन्दरहरैचा रेडक्रस सोसाइटी सहयोग समिति टिकाराम ढकालको अध्यक्षतामा गठन भएको छ । एक पालिका एक रेडक्रस रहने बिधान अनुसार सुन्दहरैचामा उपशाखा स्थापनाको पहिलो चरण सहयोग समिति गठन भएको हो ।कार्यक्रम प्रमुख अतिथि जिल्ला सभापतिले धेरै पहिला सुन्दरपुर, दुलारी क्षेत्रमा उपशाखा गठन भएपनि चलायमान हुन नसकेकोले यस क्षेत्रमा उपशाखाको आवस्यकता महसुस गरी यो कार्यक्रम राखिएको बताउनु भयो ।हाल सुन्दरहरैचामा ३९३ जना आजिवन सदस्य रहेको र चाडेै यो सहयोग समितिले सबैसँग समन्वय गरी उपशाखा बनाउन सफल हुने बताउनु भयो ।उक्त सदस्य समितिमा टिकाराम ढकाल अध्यक्ष, घ
इटहरी । इटहरीमा स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.